दोवा गाउँ
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ मा पर्ने दोवा गाउँ । प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त यो गाउँ ढुङ्गेघरको गाउँ भनेर पनि चिनिन्छ ।
पहिराले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध
गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
केरा खेतीबाट मनग्गे आम्दानी
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर बिदेसिने क्रम बढ्दो छ तर केही युवा भने मेहनत गरे स्वदेशमा नै स्वरोजगार बन्न सकिन्छ, भन्दै कृषिमा लागेका छन् । चितवन कालिकानगर–५ का ३९ वर्षीय निर्मल भट्टराई अहिले केरा खेतीमै स्याहारसुसार गर्दै दिन बिताउनुहुन्छ । नेपाल सरकारको जागिरबाट रिटायर भएपछि उहाँ व्यावसायिक केरा खेतीमा लागेको बताउनुभयो । विगत तीन वर्षदेखि नवलपुरको कावासोती नगरपालिका–१०, रतवलमा व्यावसायिक केरा खेती गर्दै आएका उहाँ सफल व्यवसायी बन्नुभएको छ । अहिले उहाँले व्यावसायिक केरा खेतीबाट नै मनग्गे आम्दानी लिइरहनुभएको छ ।
पदाधिकारीको सुविधामै छयसट्ठी प्रतिशत खर्च
कास्कीको रूपा गाउँपालिकाको आन्तरिक आम्दानीले पदाधिकारीको सुविधा र आर्थिक सहायतालाई मात्र धानेको देखिएको छ । आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले विभिन्न व्यक्ति, सङ्घ, संस्थालाई ३८ लाख १६ हजार ९५२ आर्थिक सहायता गरेको छ । पालिकाका पदाधिकारीको सुविधामा ७८ लाख ८० हजार रुपियाँ खर्च भएको छ । पालिकाले गरेको आर्थिक सहयोग आन्तरिक आम्दानी एक करोड १९ लाख ३१ हजार ३४ रुपियाँको ३२ प्रतिशत र पदाधिकारीको खर्च ६६ प्रतिशत हो । पालिकाले मापदण्ड र कार्यविधि तयार गरी आर्थिक सहयोग भएको भए पनि त्यसको उपादयेतामाथि महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रश्न उठाएको छ ।
पूर्ण क्षमतामै सञ्चालनमा आयो मर्स्याङ्दी जलविद्युत्
मर्स्याङ्दी जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । दैनिक रूपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकाले हिमाल धेरै पग्लिएर नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ । सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रका प्रमुख पशुपति गौतमले बताउनुभयो । गौतमका अुनसार तीन वटा युनिटबाट २३/२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरूपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकाले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिउँ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ ।
उपप्रधानमन्त्री महासेठद्वारा निर्माणाधीन मुग्लिन-पोखरा सडकको अनुगमन
उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाको आज अनुगमन गर्नुभएको छ ।
पालिकाले नागरिकको दुर्घटना बिमा गर्ने
आँधिखोला गाउँपालिकाले पालिकाका सबै नागरिकको दुर्घटना बिमा गर्ने भएको छ । पालिका गाउँसभाको १५ औ अधिवेशनको नीति तथा कार्यक्रममा पालिका भित्रका १३ हजार ९७० जनाको बिमा गर्ने भनिएको छ ।
म्याग्दीमा डेढ करोड लगानीमा पर्यटन पूर्वाधार निर्माण
म्याग्दीमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले डेढ करोड रुपियाँभन्दा बढी लगानीमा पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण गरेको छ ।
मुन्द्रा चढाउने डाँडामा पाहुना घर
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।
व्यावसायिक केरा खेतीबाट राम्रो आम्दानी
पछिल्लो समय युवा जनशक्तिले देशमा अवसर नदेखेर विदेशिनेक्रम बढ्दो छ । आर्थिक उन्नति र पारिवारिक दायित्वको बाध्यताले वैदेशिक रोजगारीको सपना बुन्दै राहदानीका लागि दैनिक सयौँ युवा प्रशासनमा भिड लगाउँदै आएका छन् ।
सडक स्तरोन्नतिका लागि सम्झौता
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडा सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ ।
निर्वाचन पद्धतिमात्र होइन, सोच पनि बदल्नुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको निर्वाचन पद्धतिले कसैको बहुमत नआउने उल्लेख गर्दै त्यसमा परिवर्तन जरुरी भएको औँल्याउनुभएको छ ।
पर्यटकको मन जित्दै कलात्मक प्रवेशद्वार
गोरखा र तनहुँको सिमानामा पर्ने मुख्य प्रवेशद्वार गोरखा नगरपालिका –१३ को मजुवामा रहेको कलात्मक प्रवेशद्वारले धेरै आन्तरिक तथा वाह्रय पर्यटकको मन जित्न सफल भएको छ ।
म्याग्दीका चार स्थानीय तहको बजेट सार्वजनिक
म्याग्दीका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
पोखरामा इनड्राइभ र पठाओ चलाउन रोक
कास्कीको पोखरामा अनधिकृत रूपमा ‘एप’मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य तुरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको हो ।
प्रादेशिक विवादमा कालीगण्डकी डाइभर्सन
मुस्ताङको दामोदर कुण्डबाट निस्कने पानी र मुक्तिनाथ मन्दिरमा उत्पत्ति भएको पानी कागबेनीमा एक ठाउँमा मिसिन्छ र कालीगण्डकी नदी बन्दछ । विभिन्न जिल्ला हुँदै तनहुँको देवघाट पुग्दा नदीको बहाव मात्रै होइन, यसको महत्व पनि बढेको पाइन्छ । जिल्ला र प्रदेशको सिमानाको काम गरेको यो नदी वैदिक सनातन धर्म मान्नेको आस्थाको केन्द्र हो । भगवान् विष्णुको साक्षात् स्वरूप मानिने शालग्राम (शालिग्राम) यही नदीमा पाइन्छ । विभिन्न चाडपर्वमा कालीगण्डकी नदीमा घुइँचो नै लाग्ने गर्दछ । ए
रत्नमन्दिर : प्रचार नहुँदा छैनन् पर्यटक
पोखराको फेवाताल छेउमा रहेको रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरिएको एक वर्ष पूरा भइसके पनि यो पर्यटकको गन्तव्य बन्न सकेको छैन । गणतन्त्र दिवसको अवसर पारेर गत वर्ष तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले रत्नमन्दिर र पार्क खुला हुने गरी उद्घाटन गर्नुभएको थियो ।
थापा अमेरिकी ‘फेबरेट सेफ’ उत्कृष्ट तीनको प्रतिस्पर्धामा
तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङ निवासी अर्जुनबहादुर थापा अमेरिकी रियालिटी सो ‘फेबरेट सेफ’ (मन पर्ने सेफ) मा उत्कृष्ट पाँच भित्र पर्नु सफल हुनु भएको छ । उत्कृष्ट व्यञ्जन तथा परिकारका सिर्जना प्रस्तुत गर्नेसम्बन्धी अमेरिकी प्रतिस्पर्धा फेबरेट सेफमा उत्कृष्ट पाँचमा शुक्रवार छनोट हुनु भएका थापा अहिले उत्कृष्ट तीन सेफका लागि प्रतिस्पर्धामा हुनुहुन्छ ।
फेवातालमा डुबेर युवकको मृत्यु
शुक्रवार साँझ पोखरा महानगरपालिका वडा नम्बर २२, चिसापानी भन्ने स्थानमा फेवातालमा डुबेर एक युवाको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ नौ डाँडाका २५ वर्षीय सञ्जय भण्डारीलाई तालबाट उद्धार गरी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
सहकारी ठगीमा सञ्चालकदेखि नियामकसम्म
पोखराबाट साढे तीन सय किलोमिटर टाढा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का वडाध्यक्ष अहिले कास्की कारागारमा हुनुहुन्छ । पोखरा–४ मा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको ठगी अभियोगमा वडाध्यक्ष कैलाशकुमार दर्लामी पुर्पक्षका लागि कारागार चलान हुनुभएको हो । उहाँ सूर्यदर्शनको उपाध्यक्ष हुनुहुन्छ । सूर्यदर्शन घोटालाका मुख्य योजनाकार गितेन्द्रबाबु (जिबी) राईको घर ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ को साँदीमा पर्छ । ओखलढुङ्गाका अध्यक्ष र रामेछापका बासिन्दा उपाध्यक्ष रहेको पालिकास्तरको यो सहकारीबाट कास्कीमा एक अर्ब ३५ करोड ५३ लाख अपचलन भएको छ । जिबी, उहाँका दाजु भूपेन्द्र र पूर्वअध्यक्ष थानबहादुर बुढाविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ ।
ट्याक्टरबाट खसेर एकको मृत्यु, एक बेवारिसे शव फेला
नवलपुरमा एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका –२ नन्दपुरस्थित नारायणी नदी किनारमा एक जना पुरुषको बेवारिसे शव फेला परेको हो ।
आकाश गर्जंदा झस्किन्छन् मनाङी
वर्षायाममा पानी पर्दा खुसी नहुने को होला र ? कृषिप्रधान मुलुक भएर होला बालीनाली लगाउन वर्षा नै कुर्नुपर्छ । सिँचाइको प्रबन्ध नभएका ठाउँमा आकाशेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता अझै हटेको छैन । यसको ठीक उल्टो भएको छ मनाङमा ।
पोखरामा मनाइयो योग दिवस
पोखरामा दशौं अन्तर्राष्ट्रिय योग दिवस शुक्रबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । भारतीय राजदूतावास, पोखरा महानगरपालिका र पतञ्जली योगपीठको विशेष आयोजनामा योग दिवस मनाइएको हो ।
मिरकोटमा दुना टपरी बनाउने उद्योग सञ्चालन
गोरखाको पालुङटार नगरपालिका मिरकोटमा दुना टपरी बनाउने उद्योग सञ्चालनमा आएको छ ।