मुहानमा क्षति पुगेपछि खानेपानी अभाव
गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको पृथ्वीनारायण साना सहकारी खानेपानी उपभोक्ता संस्थाले केही दिन पानी प्रवाह गर्न नसक्ने भएको छ । बुधबार रातिको अविरल वर्षाले सहिद लखन गाउँपालिका–७ को ढाकेखोला र छाङखोलाको मुहानमा पाइपलाइन तथा संरचनामा क्षति पुगेपछि सदरमुकाममा पानीको अभाव भएको संस्थाका अध्यक्ष सीता खड्काले जानकारी दिनुभयो ।
धार्मिक पर्यटकलाई छैन शाकाहारी भोजनालय
पर्वतको मालढुङ्गादेखि मुस्ताङ र चीनको सिमाना कोरलासम्म लामो धार्मिक क्षेत्रमा कुनै पनि शाकाहारी भोजनालय छैनन् । सामान्यतया धार्मिक पर्यटकले शाकाहारी भोजन गर्ने गर्छन् । शुद्ध शाकाहारी भोजनालय अनिवार्य आवश्यकता जस्तै हुने गर्छ । व्यापारका हिसाबले पनि राम्रो सम्भावना हुने भए पनि यसतर्फ ध्यान पुगेको पाइँदैन ।
बागलुङको बोङ्गाखोलामा पक्की पुल निर्माण
तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल दुई करोड ७१ लाख २७ हजार ९६४ मा निर्माण भएको छ ।
म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण
आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् ।
शिरीषको 'देश फर्किरहेको देश' प्रथम
लेखक तथा कवि सुन्दर शिरीष (सिन्धुपाल्चोक) को 'देश फर्किरहेको देश' खुला कविता प्रतियोगिता २०८१ मा प्रथम भएको छ ।
निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिकको रुख काटेपछि...
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा निजी वनको रुख काट्ने अनुमति लिएर सामुदायिक वन र सार्वजनिक स्थानमा भएको खयरका रुख कटानी भएको छ ।
सार्वजनिक जग्गा सरकारको मातहत ल्याउन प्रशासन सक्रिय
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अतिक्रमित भएका सरकारी तथा सार्वजनिक जग्गा सरकारको मातहतमा ल्याउन सक्रियता देखाएको छ ।
शुद्ध शाकाहारी भोजनालयको खोजी
नेपालमै चर्चित कालिगण्डकी करिडोर सडक अन्तर्गत पर्वतको मालढुङ्गादेखि चीनको सीमा कोरला नाकासम्मको लामो दूरीमा शाकाहारी भोजन चाहने भक्तजनका लागि भोजनालय छैन ।
साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार
साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको हो ।
गण्डकीको प्रेस रजिष्ट्रारमा पाँच जनाको आवेदन
गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पाँच जनाले आवदेन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रेस रजिष्ट्रार नियुक्तिका लागि १५ दिनभित्र आवेदन दिन १६ साउनमा सूचना जारी गरेको थियो।
कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता
“पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भन्नुभयो ।
आहा ढोरपाटन... (फोटो फिचर)
बागलुङ ,म्याग्दी र पूर्वी रुकुम जिल्लासम्म फैलिएको ढोरपाटन सिकार आरक्षका वन जङ्गल, उपत्यका र डाँडाकाँडाको सेरोफेरो अहिले मनसुनमा हरियाली ,रङ्गीबिरङ्गी हुँदा मनै लोभ्याउने गरेको छ ।
बुकी पाटनमा भेडा गोठाला
म्याग्दी, साउन ३१ गते । रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको दहखर्कको बुकी पाटनमा बुधबार भेडा चराउदै ७२ वर्षीय गोठाला रनबहादुर बिक । तस्बिरः रासस
कृषिको बजार खोज्नु पर्दैन
मुस्ताङको घरपझोङ गाउँपालिकामा जिल्ला सदरमुकाम जोमसोम बजारसहितका स्थान पर्छन् । जिल्लामा साबिक मार्फा गाविस, टुकुचे गाविसका वडा नम्बर ८ र ९ र जोमसोम गाउँ विकास समितिलाई समेटेर घरपझोङ गाउँपालिका बनाइएको हो । पाँच वडा रहेको यो पालिकाको जनसङ्ख्या तीन हजार १८४ छ । घरपझोङको पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी छन् । सडक सञ्जाल पुगेपछि पर्यटकीय
बाँसको फड्के बगाएपछि समस्या
स्याङ्जाको चापाकोट र हरिनासको सिमानामा रहेको खानीखोलामा व्यवस्थित पुल नहुँदा स्थानीयवासी समस्यामा परेका छन् । चापाकोट नगरपालिका–४ र हरिनास गाउँपालिका–५ को धेरै भूभाग खानीखोलाले छुट्याएको छ । हिउँदको समयमा दुवै पालिकाका नागरिक खोलाको बाटो प्रयोग गर्ने गरेका छन् तर बर्खामा भने घण्टौँ लगागेर वारपार गर्नुपर्ने अवस्था रहेको स्थानीय विश्वास पुरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा बनाएको बाँसको फड्के खोलाले बगाइदियो, नजिकै पुल छैन, वारपार गर्न निकै समस्या छ ।”
उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण
पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ ।
आम्दानीको स्रोत बन्दै गँड्यौले मल
स्याङ्जाको वालिङमा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक गँड्यौले मलबाट राम्रो आम्दानी गर्न सफल भएको छ । वालिङ नगरपालिकाका १४ वटै वडाका कृषकलाई व्यावसायिक गँड्यौले मल उत्पादनमा जोडेको सहकारीले पछिल्लो समय आफैँ पनि उत्पादन सुरु गरेको हो । सहकारीले विगत दुई वर्षदेखि आफैँ व्यावसायिक रूपमा गँड्यौले मलको उत्पादन गर्दै आइरहेको छ । सहकारीले चार रोपनी जमिन भाडामा लिएर व्यावसायिक उत्पादन गर्दै आएको छ ।
सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु
भिजल लुम्बिनी ऊर्जा कम्पनीको २५ मेगावाटको सेतीनदी जलविद्युत् आयोजनाको यान्त्रिक परीक्षण सुरु भएको छ।
बालिका बन्धक बनाउने तीन जना पक्राउ
बालिकाको भविष्य सुन्दर हुने लोभ देखाएर बन्धक बनाउने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया बालिकाका अभिभावकलाई जानकारी नदिई भविष्य उज्ज्वल हुन्छ
बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क
तनहुँको देवघाट क्षेत्र विकास समितिले बेवारिसे र विपन्नको दाहसंस्कार निःशुल्क गर्दै आएको छ । दाहसंस्कार गर्न रकम अभाव हुने विपन्न र बेवारिसे शवको निः शुल्क दाहसंस्कार गर्दै आएको क्षेत्र विकास समितिले जनाएको छ ।
सिआइडी हुँ भन्दै दुःख दिने दुई पक्राउ
सर्वसाधारणलाई प्रहरी (सिआइडी) हुँ भन्दै दुःख दिने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश विकास समस्या समाधान समितिको बैठकबाट ९ वटा एजेण्डा पारित
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा सम्पन्न गण्डकी प्रदेशको प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ९ वटा एजेण्डालाई सर्वसम्मतले पारित गरेको छ ।
आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध
उत्तरी गोरखाको धार्चे गाउँपालिका अन्तर्गत आरुघाट-लार्के भञ्ज्याङ सडक दुई हप्तादेखि अवरुद्ध भएको छ । गत साउन १६ गते परेको अविरल वर्षाले धार्चे गाउँपालिका–७ खानीबेशीको खोलामा आएको भीषण बाढीले सडक बगाउँदा सो सडक अवरुद्ध भएको हो ।
बोलेरो दुर्घटनामा एकको मृत्यु
म्याग्दीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका–७, टिकोटमा बुधबार बिहान बेनीतर्फ आउन लागेको ग १ ज ७९४५ नम्बरको बोलेरो जिप भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको हो ।