सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन
बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् ।
किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।
पहिरोले बुद्धसिंह मार्ग एक सातादेखि अवरुद्ध
जिल्लाको बन्दीपुर गाउँपालिका–६ ढापमा पहिरा जाँदा बुद्धसिंह मार्ग एक सातादेखि पूर्ण रुपमा अवरुद्ध भएको छ । यसअघि पनि वर्षाका बेला बुद्धसिंह मार्गका विभिन्न स्थानमा पहिरा जाँदा आवागमन अवरुद्ध हुँदै आएको थियो ।
‘डेङ्गीलाई सामान्य रुपले नसोचौँ’
यही साउन १० गते तनहुँको व्यास नगरपालिकाका–७ का ४८ वर्षीय पुरुषको डेङ्गी सङ्क्रमणबाट निधन भयो । यसको दुईसातापछि गत शनिबार हल्दीबारी गाउँपालिका–३ झापाकी ४२ वर्षीया शिक्षिकाले डेङ्गीकै कारण ज्यान गुमाउनुप¥यो ।
गुम्दामा आलु मेला हुँदै
उत्तरी गोरखाको धार्चे गाउँपालिका –५ गुम्दामा आलु मेला २०८१ हुने भएको छ । मङ्गलबार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै आलुको पकेट क्षेत्रमा आउँदो भदौ १ गतेदेखि आलु मेला सञ्चालनमा आउने आलु मेला संयोजक मिनबहादुर सुनारले जानकारी दिनुभयो ।
कालीगण्डकी करिडोर अवरुद्ध
मुख्य करिडोर एक सातादेखि बन्द थियो । सहायक सडकबाट सवारीसाधन सञ्चालन हुँदै आएकामा मङ्गलबार रातिको पहिरोले सो क्षेत्रको आवागमन अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।
मुक्तिनाथस्थित चरण क्षेत्रमा च्याङ्ग्रा
म्याग्दी (दरबाङ), साउन ३० गते । हिमाल पारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मुक्तिनाथस्थित चरण क्षेत्रमा चर्दै गरेका च्याङ्ग्राका बथान । तस्बिर : साधन घर्ती
प्लास्टिक ओढाएर जोगाइँदै सडक
बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर पहिरो र नदी कटानले सताएपछि अहिले गुइँठे तथा बैसरीमा प्लास्टिकले छोपेर सडक जोगाउने काम गरिएको छ । बर्सातको सुरुवातसँगै पवित्र तीर्थस्थल मुक्तिनाथ दर्शन तथा चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरला नाका पुग्ने उक्त सडकको पहिरोले निकै धेरै सताउने गरेको छ । अन्नपूर्ण गाउँपालिका–३, दानाको गुइँठेमा सडकको बेससहितको पर्खाल उठाउने काम गर्दा वर्षाले बाधा पु¥याउने भएकाले प्लास्टिकले छोप्ने गरिएको छ । अन्नपूर्ण गाउँपालिका–३ का पर्यटन व्यवसायी एवं बेनी–जोमसोम–कोरला कालीगण्डकी कोरिडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले दिएको जानकारी अनुसार अहिले साँघुरो भएको सडकलाई अलिक फराकिलो बनाउनुका साथै
राष्ट्रिय परिचयपत्र लिन झिसमिसेदेखि लाम
झमझम झरी परोस् कि टन्टलापुर घाम, अचेल जिल्ला प्रशासन कार्यालय कास्की छिर्नेबित्तिकै लामो लाइन देखिन्छ । सार्वजनिक बिदाबाहेकका दिन बिहान झिसमिसेबाट मानिस लाइन बस्न सुरु गर्छन् । कार्यालय समय बिहान १० बजेबाट सुरु हुने राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन आउनेको लाइन हो यो ।
तनहुँको आबुुखैरेनीमा पक्की पुल निर्माण
जिल्लाको आबुुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ ।
चुड्का संरक्षणमा जुटे धार्चेवासी
स्थानीय संस्कृति संरक्षण, प्रवर्धन र पुस्तान्तरण गर्ने उद्देश्यसति धार्चेवासीले परम्परागत चुड्का नाच सुरु गरेका छन् । धार्चे तमू सेवा समाजको आयोजनामा गुरुङ समुदायको रीतिरिवाज, वेशभूषा र संस्कृति जोगाउन चुड्का नाच संरक्षण थालिएको हो । गुरुङ समुदायमा ज्येष्ठ नागरिकले मात्र चुड्का नाच्ने प्रचलन भए पनि त्यसलाई तोड्दै युवाले चुड्का नाचेर परम्परा जोगाउने अभियान सुरु गरेका हुन् ।
नारायणघाट–बुटवल सडक खण्ड फेरि पूर्णरुपमा अवरुद्ध
पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।
दाउन्नेमा भासिएको सडक मर्मतको काम मङ्गलबार सकिएन
पूर्व–पश्चिम राजमाार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको दाउन्नेमा भासिएको सडक मर्मतको काम मङ्गलबार पनि नसकिने भएको छ । भासिएको सडक मर्मतको काम नसकिएपछि बुधबार बिहानदेखि फेरी सुरु गरिने नवलपुर प्रहरीले जनाएको छ ।
गोरखा र बागलुङका बाढी पहिरोपीडितलाई लायन्स क्लबको सहयोग
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरोपीडितलाई राहत सामाग्री प्रदान गरेको छ ।
बेनी-जोमसोम सडक मर्मत हुँदै
बेनी–जोमसोम–कोरला कालिगण्डकी कोरिडोर पहिरो र नदी कटानले सताएपछि अहिले गुइँठे तथा बैसरीमा प्लाष्टिकले छोपेर सडक जोगाउने काम गरिएको छ ।
बागलुङ बजारमा लाखेको रौनक
बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात् गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखे यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखे नाच संरक्षणको अगुवाइ गर्दै आएको छ ।
वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल सञ्चालनमा
नवलपुरको प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।
पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत
गत साता बागलुङको बडिगाड गाउँपालिका-९ र १० मा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालयले राहत उपलब्ध गराएको छ ।
भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । सडक भासिएसँगै केही समयका लागि यातायात सञ्चलनमा रोक लगाइएपनि अहिले मर्मतपछि आवतजावतका लागि खुला गरिएको हो ।
धारिलो हतियार देखाई लुटपाट गर्ने पाँच जना पक्राउ
पोखरा ६ स्थित लेकसाइडमा बाटोमा हिडिरहेकी एक महिलालाई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्ने बाध्यता हट्यो
चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रम जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ । वाल्मीकि आश्रम पुग्न पदमार्ग निर्माण भएर सञ्चालनमा आएसँगै भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेकोे हो ।
गलेश्वर शिवालय मन्दिरमा १५ लाख भेटी सङ्कलन
हिन्दुहरुको पवित्र तीर्थस्थल गलेश्वरधाम मन्दिरमा साउन महिनाका चार वटा सोमबार पूजा अर्चना तथा दर्शनका लागि आएका भक्तजनले चडाएको भेटी रकम १५ लाख १० हजार सात सय २४ रुपियाँभन्दा धेरै सङ्कलन भएको छ ।
म्याग्दीमा कृषि र पशुपालनका क्षेत्रमा करिब पाँच करोड बजेट
चालु आर्थिक वर्षमा म्याग्दीमा कृषि र पशुपालनका क्षेत्रमा करिब पाँच करोड बजेट खर्च हुने भएको छ ।
दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।