• १६ भदौ २०८१, आइतबार

दाउन्नेमा सडक भासियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

blog

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्नेमा भासिएको सडक । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, साउन २९ गते ।
पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको दाउन्नेमा सडक भासिएको छ । सडक भासिएपछि यातायात पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चाल भए पनि सडक थप भासिएपछि बिहान ८ः३० बजेदेखि पूर्णरुपम यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।

अहिले बाटो पूर्णरुपमा अवरुद्ध गरी मर्मतको काम भइरहेको पौडेलले बताउनुभयो । बाटो पूर्णरुपमा मर्मत गरी सञ्चालनमा आउन कम्तीमा पाँच/छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । एउटा स्काभेटर प्रयोग गरेर बाटो मर्मत गर्न १५/१६ घण्टा लाग्ने भएपछि अहिले दुईवटा स्काभेटर प्रयोग गरी चिनीयाँ ठेकेदार कम्पनीले मर्मतको काम गरिरहेको उहाँको भनाइ छ ।

बाटो धेरै भासिएपछि तलैदेखि जग हालेर मर्मत गर्न लागिएकाले धेरै समय बाटो अवरुद्ध हुने प्रहरीको भनाइ छ । एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधानलाई भने मर्मत कार्य रोकी आवतजावत गराइने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।