• १६ भदौ २०८१, आइतबार

तनहुँको आबुुखैरेनीमा पक्की पुल निर्माण

blog

तनहुँ,  साउन ३० गते ।  जिल्लाको आबुुखैरेनी गाउँपालिका–२ र ३ को सिमानास्थित खहरेखोलामा रु दुई करोड ६२ लाख ५७ हजार सात सय ६७ मा पुल निर्माण सम्पन्न भएको छ । 

जिल्ला पूूर्वाधार विकास कार्यालयका अनुसार निर्धारित मितिभन्दा ११ महिना अगावै निर्माण पूरा भएको हो । निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि शेरबहादुर गुरुङलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा उक्त कार्यालयका पदाधिकारीले मङ्गलबार  सम्मान गर्नुभयो । 

पूर्वाधार विकास कार्यालयसँग २०८० मङ्सिर १३ गते १२ मिटर लामो पुल निर्माणका लागि चितवनस्थित भीमज्योति–छिम्केश्वरी जेभीले ठेक्का सम्झौता गरेको थियो । रासस