मुस्ताङका बगैँचामा लटरम्म स्याउ (फोटोफिचर)
स्याउ ‘हब’का रुपमा परिचित हिमाल पारीको जिल्ला मुस्ताङका बगैँचा अचेल राताम्मे भएका छन् । बारीमा फापर र उवा लगाउँदै आएका मुस्ताङका कृषकहरु पछिल्लो समय स्याउ खेतीमा आकर्षित भएका छन् ।
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।
आँधीखोला पुल छ वर्षमा पनि सकिएन
भिरकोट नगरपालिका–२ र ५ जोड्ने आँधीखोला मोटरेबल पुल छ वर्षमा पनि निर्माण सम्पन्न हुन सकेको छैन । तीन वर्षमा काम सक्ने गरी थालिएको पुल सम्झौता गरेको छ वर्षसम्म पनि पूरा नभई अलपत्र छ । पुलको हालसम्म भौतिक प्रगति ७२ प्रतिशत र वित्तीय प्रगति ७१ प्रतिशत भएको इन्जिनियर सागर भण्डारीले बताउनुभयो । रायमाझी–दी क्याराभान काठमाडौँले सडक डिभिजन कार्यालय पोखरासँग २०७५ असार २६ गते सम्झौता गरेर काम अगाडि बढाएको थियो । अनुमान लागतमा ३३.२६ प्रतिशत छाडेर निर्माण कम्पनीले १४ करोड २६ लाख ३७ हजार ४२० रुपियाँ सम्झौता गरेको थियो ।
राष्ट्रिय परिचयपत्रका लागि प्रशासन धाउँदै वृद्धवृद्धा
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन इलाका प्रशासन कार्यालय वालिङमा दिनहुँ भिड लागिरहेको छ । यसअघि वडा तहमा राष्ट्रिय परिचयपत्रको फोटो खिचाउन घुम्ती शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा फोटो खिचाए पनि राष्ट्रिय परिचयपत्र नम्बर भने नआएको र शिविरबाट छुटेका इलाका प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । फोटो खिचाउनेमा वृद्धवृद्धा बढी देखिन्छन् । धेरै वृद्धवृद्धा भने सामाजिक सुरक्षा भत्ता नपाइने डरले फोटो खिचाउन प्रशासन पुग्ने गरेका छन् ।
व्यावसायिक बाख्रापालनतर्फ किसानको आकर्षण
बर्दघाट सुस्तापूर्वका किसान व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन् । कम समयमा बढी आम्दानी हुने भएपछि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
पोखरेबगरको ऐतिहासिक राममन्दिर पुनःनिर्माण
म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ पोखरेबगरस्थित राममन्दिर पुनःनिर्माण भएको छ । करिब एक सय वर्षअघि निर्माण भएको मन्दिर र धर्मशाला जीर्ण बनेको थियो । साथै बेनी–जोमसोम–कोरला सडक विस्तार र कालीगण्डकीमा मोटरेबल पुलको पहुँचमार्ग निर्माणका क्रममा मन्दिर स्थानान्तरण गरिएको थियो ।
पोखरामा ब्युँताइयो ‘लाखेनाच’
पोखराका नेवार समुदायले घण्टाकर्णदेखि श्रीकृष्ण जन्माष्टमी पर्वसम्म (करिब १५ दिन) ‘लाखेनाच’ प्रदर्शन गर्दै आएका छन् । लाखेको मखुन्डो लगाएर बाजाको तालमा लाखे नचाइन्छ । बर्सेनि प्रदर्शन गरिने लाखेनाच केही समय स्थगित गरिएको थियो । २०७४ सालमा रामबजार तायःमचाः समितिले प्रदेश स्तरको लाखेनाच प्रतियोगिता आयोजना गरे पनि निरन्तरता पाउन सकेको थिएन । नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार दुई वर्षअघि प्रतियोगिताकै रूपमा लाखे नचाउन पुनः थालिएको हो । पोखरामा हरेक वर्ष देखाइँदै आएको लाखेनाचको पुनर्जागरण गरिएको पालिखेले बताउनुभयो ।
बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा
जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक
पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन ।
नगरपालिकाद्वारा विद्यार्थीलाई छात्रवृत्ति
नवलपुरको कावासोती नगरपालिकाले सामुदायिक विद्यालयमा विज्ञान विषय पढ्ने विद्यार्थीलाई नगर विशेष छात्रवृत्ति प्रदान गरेको छ ।
गँड्यौलापालनबाट मासिक दुई लाख आम्दानी गर्दै रिमाल
गैँडाकोटका किसान गोपीचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपनमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो ।
सम्बन्ध बिच्छेदमा करिब करोड खर्च
गत आर्थिक वर्ष २०८०–८१ मा म्याग्दी जिल्ला अदालतमा पेश भएका सम्बन्ध बिच्छेदका मुद्दाका लागि झण्डै एक करोड रुपियाँ कानुनी सहायताका लागि पीडितहरुले भुक्तानी गरेका छन् ।
दैनिक २० सवारीसाधन कारबाहीमा
पोखरा–बागलुङ सडक खण्ड अन्तर्गत मध्यपहाडी लोकमार्ग हेम्जाको सडक ‘भाइरल रोड’ को नामले परिचित छ ।
गलेश्वरधाममा भक्तजनको घुइँचो
म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा साउन महिनाको चौथो सोमबारसम्म करिब एक लाख भक्तजनले दर्शन गरेका छन् । साउन महिनाभरी मन्दिरमा भक्तजनको घुइँचो देखिएको छ ।
बलेफी–३ मा क्यानोनिङ र रक क्लाइम्भिङ सुरु
बलेफी गाउँपालिका–३ चिलाउनेस्थित ठूलो छाँगा(झरना)मा ‘क्यानोनिङ र रक क्लाइम्भिङ’ सुरु भएको छ । उक्त छाँगामा प्रशिक्षकहरुले तालिम दिन थालेपछि क्यानोनिङ र रक क्लाइम्भिकको मज्जा लिनेको घुँइचो लाग्ने गरेको स्थानीय युवा प्रितम गोले तामाङले जानकारी दिनुभयो ।
उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ आकर्षित मनाङी
मनाङको ङिस्याङ गाउँपालिका–१ भ्राताङमा रहेको एग्रो मनाङले ७ सय ३५ रोपनी क्षेत्रफलको जमिन भाडामा लिएर व्यावसायिक स्याउ खेती गरिरहेको छ ।
बडीगाड पहिरोपीडितको दुःख : गाउँमा खानेपानी र विद्युतकाे समस्या
पहिरोले प्रभावित बागलुङको बडीगाड गाउँपालिका–९ र १० का विभिन्न बस्तीमा विद्युत् सेवा र पिउने पानीको समस्या भएको छ । गत मङ्गलबार आएको पहिरोका कारण लघुजलविद्युत् आयोजना र खानेपानी योजनामा क्षति पुगेका कारण सर्वसाधारणको दैनिकी निकै कष्टकर बनेको हो । पहिरोका कारण यहाँका धेरै बस्ती जोखिममा परेका छन् । दर्लिङखोला लघुजलविद्युत् आयोजनाको मुहान र कुलोमा पहिरोले क्षति पु¥याएपछि वडा नम्बर ९ र १० का करिब एक हजार दुई सय घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरले बताउनुभयो ।
औपचारिकताका लागि भयो वृक्षरोपण
पछिल्लो समय सामुदायिक वनका साथै सामाजिक संस्थाले वातावरण संरक्षणका लागि वृक्षरोपणलाई तीव्रता दिइरहेका छन् । वृक्षरोपण त हुन्छ तर संरक्षणको अभावमा बिरुवा हुर्कन सक्दैनन् । संरक्षण मात्र होइन हावापानी, माटो र वनस्पतिको जीवनबारे जानकार नहुँदा वृक्षरोपण प्रभावकारी हुन छाडेको छ । जलवायु परिवर्तनलाई कम गर्न वृक्षरोपणले धेरै टेवा पु¥याउने भएकाले यसको संरक्षणमा सबै लाग्नुपर्ने सरोकारवालाले चासो दिएका छन् । औपचारिकताका लागि मात्र बिरुवा रोप्ने भन्दा पनि त्यसको प्रभावकारितामा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
बेनीमा मानव कंकाल फेला, बेपत्ता परियारको भएको आशङ्का
म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९, आँखखेत कालिमुलस्थित जङ्गलमा आइतबार मानव कंकाल र केही सामग्री फेला परेको छ । फेला परेको मानव शरीरको अस्थिरपञ्जर विगत ८ महिनादेखि बेपत्ता स्थानीयवासी १९ वर्षीय मिना परियारको भएको आशङ्का गरिएको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बारीकुनाबाट माटो लिई चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर चापाकोट नगरपालिका–१० को बायोडाँडामा अनियन्त्रित भई दुर्घटना भएकोे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिनुभयो ।
सहज रुपमा सेवा प्रवाह र सुशासन कायम गर्न सांसदको आग्रह
नागरिकलाई सहज रूपमा सेवा प्रवाह र सुशासन कायम गर्न सांसदले जिल्लाका सरकारी कार्यालयका प्रमुखलाई आग्रह गरेका छन्।
साइकलबाट लडेर महिलाको मृत्यु
मध्यविन्दु नगरपालिका वडा नम्बर ४ मदनपुरको भित्रि सडकबाट शेरीतर्फ जाँदै गर्दा साइकलबट लडेर मध्यबिन्दु २ कि ४८ वर्षीया रामकुमारी महतोको मृत्यु भएको नवलपुर प्रहरीले जाएको छ ।
नागरिकताभन्दा राहदानी लिने बढी
आर्थिक वर्ष २०८०-०८१ मा जिल्ला प्रशासन कार्यालय गोरखा र इलाका प्रशासन कार्याालय सिर्दिबासबाट नागरिकता लिने भन्दा राहदानी बनाउनेको सङ्ख्या ४ हजार ७० रहेको छ ।
ढुसीको प्रकोप पीडित पर्वतका किसानलाई निः शुल्क विषादी वितरण
ढुसीजन्य रोगको प्रकोपबाट पीडित बनेका यहाँका किसानलाई निः शुल्क औषधि वितरण गरिएको छ । यहाँका किसानले लगाएको धानबालीमा ढुसीजन्य रोगले नष्ट गर्न थालेपछि रोकथाम गर्न निः शुल्क विषादी वितरण गरिएको हो ।