च्याउखेतीबाट वार्षिक १० लाख आम्दानी
जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि रु १० लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।
स्याँगै झरना
विश्व चर्चित अन्नपूर्ण पदमार्ग छेउमै रहेको मर्स्याङ्दी गाउँपालिकामा रहेको धानको फाँट र स्याँगे झरना ।
कालीगण्डकीको छालले बाह्र लाखभन्दा बढी क्षति
शनिबार बिहानै कालीगण्डकीको छाल धिरच्याङस्थित कुखुरा फर्ममा पस्दा बाह्र लाख रुपियाँभन्दा बढीको क्षति हुन पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, धिरच्याङमा सोही गाउँपालिका–२, कटुङ्जेको भिरबाट पहिरो कालीगण्डकीमा खस्दा नदीमा आएको छालले धिरच्याङस्थित दाजुभाइ पोल्ट्री, कृषि तथा पशुपन्छी फर्ममा पस्दा क्षति पु¥याएको हो । नदीपारिको भिरबाट खसेको पहिरोका कारण आएको छालले खोरभित्र रहेका ८०० ब्रोइलर जातका कुखुरा मरेका छन् ।
धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण
धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको हो ।
बडिगाड पहिरोः ५० परिवार विस्थापित
बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् ।
रोकिएन मिटरब्याजको शोषण: ३६ लाख दिएर दुई करोड असुली
मिटरब्याज नियन्त्रणसम्बन्धी ऐन बनेर पीडकलाई कारबाही हुन थाले पनि मिटरब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन । नवलपुरमा मिटरब्याज र किर्ते जालसाजीको चरम नमुनाले समाजमा मिटरब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ । कावासोती नगरपालिका–२ का अमृत भुसालले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटरब्याजको समस्या कति विकराल छ भन्ने देखाएको छ । तथापि प्रहरीले भुसाललाई पक्राउ गरी कारबाही चलाएको छ ।
ज्येष्ठ नागरिकलाई सामूहिक सम्मान
स्याङ्जाको वालिङमा १५ ज्येष्ठ नागरिकलाई सामूहिकरुपमा सम्मान गरिएको छ । मातापिता प्रतिष्ठान र वालिङ नगरपालिकाको सहकार्यमा नगरभित्रका १४ वटै वडाका १५ ज्येष्ठ नागरिकलाई आज एक कार्यक्रमका बिच सम्मान गरिएको हो ।
बस दुर्घटना हुँदा १३ जना घाइते
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा आज बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । राजमार्गमा गुडिरहेको मिनीबस र माइक्रोबस अनियन्त्रित भई अचानक सडकमा पल्टिँदा दुर्घटना भएको हो ।
‘प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्को जिम्मेवारी दिनु हुँदैन’
नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्व कानुन मन्त्री धनराज गुरुङले संविधानको मूल मर्मलाई आत्मसाथ गरी कार्यान्वयन गर्ने पहिलो निकाय स्थानीय तह रहेको बताउनुभएको छ ।
‘बोरा’माथि बहस
पत्रकार एवम् आख्यानकार अखण्ड भण्डारी आज पोखरेली पाठकमाझ प्रस्तुत हुनुभयो । आफ्नो उपन्यास कृति ‘बोरा’माथिको परिचर्चा कार्यक्रममा उहाँले उपन्यास लेखनको अनुभव र रचना गर्भ सुनाउनुभयो ।
कृषि फार्ममा क्षति
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ । अन्नपूर्ण-२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाई कृषि तथा पशुपन्क्षी फार्ममा क्षति भएको हो ।
मुक्तिनाथको झल्को दिने तनहुँको च्यवनधाम धार्मिक पर्यटनको केन्द्र बन्दै
शुक्लागण्डकी नगरपालिका-२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाम ‘मिनी मुक्तिनाथ’को रूपमा विकास हुन थालेको छ । मुक्तिनाथको झल्को दिने गरी यहाँ पूर्वाधार निर्माण गरेपछि च्यवनधाम धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको हो ।
३९ जनाद्वारा नेपाली नागरिकता परित्याग
स्याङ्जामा आर्थिक वर्ष २०८०/०८१ मा ३९ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा ३२ पुरुष र सात महिला रहेका छन् ।
‘जनतामा विकासको आशा जगाउन वर्तमान सरकार गठन भएको हो’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक स्थायित्वसहित आर्थिक विकास र सुशासन कायम गर्न प्रमुख दुईदलका बिचमा सहकार्य भएको बताउनुभएको छ ।
३० करोड राजस्व सङ्कलन
यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले गत आर्थिक वर्षमा ३० करोड ३५ लाख ५३ हजार नौ सय ५३ राजस्व सङ्कलन गरेको छ ।
हुलाक सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा सञ्चार मन्त्रीको जोड
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई प्रभावकारी एवम् प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
कृषि सहकारीद्वारा ६७ लाखको सागसब्जी बिक्री
जिल्लाको वालिङमा रहेको त्रियासी कृषि उपज तथा बजार व्यवस्थापन सहकारीले एक वर्षमा ६७ लाख बढीको सागसब्जी बिक्री गरेको छ ।
नेवाद्वारा खानेपानी पहुँच विस्तार
म्याग्दीको मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका नौसय ५० घरधुरीमा निजी धारा जडान गरेर खानेपानी पहुँच विस्तार गरिएको छ ।
बेनी सुरु भयो लाखे नाच
बेनीका युवाहरूको सक्रियतामा लाखे नाच प्रदर्शन सुरु गरिएको छ । नवार समुदायको बर्खे नाचअन्तर्गत पर्ने परम्परागत लाखे नाच नागपञ्चमीका दिनदेखि देखाउन थालिएको छ ।
विद्युत महसुल घटेसँगै बिपिसीमा लागेको ताला खुल्यो
बुटवल पावर कम्पनी लिमिटेड(बिपिसी)अन्तर्गत आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित र वितरित विद्युत् महसुल घटेसँगै कार्यालयमा लागेको ताला खुलेको छ ।
भादगाउँ आसपासको दृश्य
तनहुँको व्यास नगरपालिका–१ माइलीडाँडाबाट देखिएको भादगाउँ लगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ ।
तनहुँमा सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण
तनहुँ जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएको छ । शुक्रबारसम्म जिल्लाका पाँच स्थानीय तहका सात सय ५४ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ ।
घोडा चर्दै
बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ स्थित रिगताल क्षेत्रमा चर्दै गरेका घोडा । यहाँ खाद्यान्न ओसारपसार र यात्राका लागि घोडा प्रयोग गरिन्छ ।
पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध
सडक माथिबाट खसेको पहिरोले म्याग्दीको सदरमुकाम जोड्ने बेनी–दरबाङ सडकमा सिधा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, बेनी–दरबाङ सडक अन्तर्गत मङ्गला गाउँपालिका–२,स्थित पानाबगर र खहरे खोलाको बिच भागमा पहिरो खसेको हो ।