• ११ मंसिर २०८१, मङ्गलबार

कालीगण्डकीको छालले बाह्र लाखभन्दा बढी क्षति

blog

दरबाङ समाचारदाता 

म्याग्दी (दरबाङ), साउन २७ गते । शनिबार बिहानै कालीगण्डकीको छाल धिरच्याङस्थित कुखुरा फर्ममा पस्दा बाह्र लाख रुपियाँभन्दा बढीको क्षति हुन पुगेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, धिरच्याङमा सोही गाउँपालिका–२, कटुङ्जेको भिरबाट पहिरो कालीगण्डकीमा खस्दा नदीमा आएको छालले धिरच्याङस्थित दाजुभाइ पोल्ट्री, कृषि तथा पशुपन्छी फर्ममा पस्दा क्षति पुर्‍याएको हो । नदीपारिको भिरबाट खसेको पहिरोका कारण आएको छालले खोरभित्र रहेका ८०० ब्रोइलर जातका कुखुरा मरेका छन्  । 

दुई वटा कुखुराको खोर छालले भत्काएको छ । बिक्री गर्ने समय भएका कुखुरा मरेका फर्मका सञ्चालक ईश्वर खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “दुई वटा खोरमा छाल पसेर भत्काएको छ । बिक्री गर्ने समय भएका कुखुरा मरेका छन् ।” कालीगण्डकीको छालले करिब १२ लाख रुपियाँ बराबरको क्षति पु¥याएको उहाँको भनाइ छ । कुखुरालाई खुवाउन राखेको आठ बोरा दाना पनि नष्ट भएको छ । छालले वरपरको करिब १० रोपनी खेतबारीमा हिलो थुपारेको छ । कालीगण्डकीको सतहभन्दा करिब २० मिटरमाथिसम्म छाल आएको थियो । उक्त स्थानमा स्थानीय, जनप्रतिनिधि, नेपाल प्रहरी र सशस्त्र प्रहरीलगायतको टोलीले उद्धार गरेको थियो ।