• ३० साउन २०८१, बुधबार

सिआइडी हुँ भन्दै दुःख दिने दुई पक्राउ

blog

लेखनाथ समाचारदाता

लेखनाथ, साउन ३० गते । सर्वसाधारणलाई प्रहरी (सिआइडी) हुँ भन्दै दुःख दिने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले पोखरा महानगरपालिका वडा नं. २ बागलुङ बसपार्क स्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई शरीरको तलासी तथा चेकजाँच गर्ने, पैसा असुल गर्ने तथा कानुनी दायरामा ल्याउने भनी त्रास देखाउने गर्दै आएका थिए ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले पोखरा–१७, छोरेपाटन बस्ने वर्ष ३२ का सन्दीप श्रेष्ठ र पोखरा ७ बस्ने वर्ष २६ का सरोज थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । 

प्रारम्भिक सोधपुक्षका क्रममा उनीहरूले प्रहरीमाथि नै दुर्व्यवहार गरेको शर्माले जानकारी दिनुभयो । आइतबार पक्राउ परेका उनीहरूलाई सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी छ ।