बजेट अभावले अस्पताल निर्माण अधुरै
बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् ।
घोरेपानी हिँडेका स्पेनिस पर्यटक बेपत्ता
चक्रीय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।
जलवायु परिवर्तनको असर, हराए मौलिक माटाका घर
सडक सञ्जालको विकास र आधुनिकताका नाउँमा मनाङमा पुरानो मौलिक परम्परा र सभ्यता हराउँदै गएको छ । हिमालको फेदसम्मै यातायात पुग्नाले पनि पुराना संस्कृति संस्कार हराउँदै गएका छन् । सडक सञ्जाल विस्तारले पर्यटकलाई आकर्षित गर्दा होटेल व्यवसाय पनि फस्टाउन थालेको छ ।
मीना हत्या प्रकरण : न्यायका लागि दैनिक दबाबमूलक आन्दोलन
म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीय मीना परियारको न्यायका लागि दलित अधिकारकर्मी, परिवार र आफन्तले दैनिक रूपमा बेनीमा दबाबमूलक आन्दोलन गर्दै आएका छन् । आइतबार पनि दलित अधिकारकर्मीसहित पीडित पक्षले बेनीमा प्रदर्शन गरेका छन् । २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी परियारको गत साउन २७ गते गाउँनजिकको आँखेत कालीमूलको जङ्गलमा गाडेको तथा सडेगलेको अवस्थामा शव फेला परेको थियो । मीनाको शव फेला परेपछि पीडित पक्षले हत्या भएको ठहर गर्दै न्यायका लागि दैनिक रूपमा आन्दोलन गरेका छन् ।
करोडौँको योजना कार्यान्वयन हुन सकेन
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रुपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको रु एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन भएको हो ।
कास्कीको अन्नपूर्णबाट दुई पर्यटक सम्पर्कविहीन
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ९, तिखेढुङ्गाबाट उल्लेरी हुँदै घोरेपानी जाने क्रममा आइतबार दुई स्पेनिस नागरिक सम्पर्कविहीन हुनुभएको छ । उहाँहरू म्याग्दीको पर्यटकीय स्थल घोरेपानीसम्म पदयात्रामा जाँदै हुनुहुन्थ्यो ।
अर्जुनचौपारी पहिलो
अर्जुनचौपारी गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८६ अङ्क ल्याएर जिल्ला पहिलो भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निकालेको आर्थिक वर्ष २०७९/८० को नतिजामा ११ स्थानीय तहमा पहिलो भएको हो भने गण्डकी प्रदेशमा दोस्रो भएको हो ।
म्याग्दीमा बस दुर्घटना : चारजना घाइते
म्याग्दी सदरमुकाम बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
मुग्लिन–आँबुखैरेनी खण्ड सुचारु
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडक खण्ड सुचारु गरिएको छ । आबुखैरेनी–२ ऐनापहरामा शुक्रबार दुर्घटनामा परेको बस निकाल्न बिहान ७ः४५ बजेबाट बन्द गरिएको सडक आठ घण्टापछि सुचारु गरिएको हो ।
विद्यालयस्तरीय तिज गीत प्रतियोगिता
नवलपुरमा श्री कृष्ण जन्माष्टमीको अवसर पारेर विद्यालयस्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको छ । नेपाली कला, संस्कृति संरक्षण गर्ने उद्देश्यले हरेक वर्षझैँ यो वर्ष पनि श्री कृष्ण जन्माष्टमी उत्सव गरेर राष्ट्रिय भजन, शंखध्वनि र विद्यालय स्तरीय तिज गीत प्रतियोगिता आयोजना गरिएको हो ।
अपाङ्गता भएकालाई सहायता सामग्री
पुतलीबजार नगरपालिका–१ स्याङ्जामा अपाङ्गता भएका २३ जनालाई सहायता सामग्री उपलब्ध गराइएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाले अपाङ्गता सशक्तीकरण तथा सामुदायिक विकास केन्द्र स्याङ्जाको समन्वयमा सामग्री उपलब्ध गराइएको हो ।
सकियो माओवादी केन्द्र गण्डकीको केन्द्रीय परामर्श बैठक
नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी खण्ड तत्काल नखुल्ने
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने भएको छ । सोमबार बिहानदेखि क्रेनको सहायतामा दुर्घटनामा परेको बस निकाल्नको लागि सडक बन्द गरिएको हो ।
काभ्रे भिरमा पहिरो जाँदा बेनी-जोमसोम सडक बन्द
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे भिरमा पहिरो जाँदा बेनी–जोमसोम सडक खण्डको सोझो यातायात सेवा बन्द भएको छ । मुस्ताङका पर्यटन व्यवसायी अमृत सुवेदीका अनुसार बिहान १० बजेपछि पहिरो जाँदा ठुला ढुङ्गा सडकमा थुप्रिएकाले सोझो यातायात सञ्चालनमा अवरोध भएको हो ।
बेनी–मालढुङ्गा सडक : ढुङ्गाको लोभमा पहरा काट्दा पहिरोको जोखिम
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी कोरिडोरअन्तर्गत मालढुङ्गा–बेनी सडकखण्डमा पर्ने केराबारीमा आयोजना र ठेकेदारको लापरबाहीका कारण नयाँ पहिरो उत्पत्ति भएपछि जोखिम बढेको छ ।
पृथ्वी राजमार्गको मुग्लिङ–आँबुखैरेनी सडकखण्डको अवरोध कायमै
यहाँ दुर्घटनामा परेको बस निकाल्नको लागि पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक खण्ड बन्द भएको छ । सोमबार बिहानबाट बन्द भएको हो ।
उद्धार गर्न चिठी पठाउँदा...
समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो ।
पुरस्कारको रकमबाट विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान
म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र १२ को विज्ञान विषयको पठनपाठनमा स्मार्ट बोर्डलाई प्रयोगमा ल्याइएको हो ।
पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’
अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ ।
मिर्गौला पीडितलाई आर्थिक सहयोग
उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लापुबेशीका मिर्गौला पीडित ११ वर्षीया अनुजा गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको छ । धार्चे–७ लापुबेशीका स्थायी घर भएका हाल हङकङमा बसोबास गर्दै आएका तमु प्ये ल्हु सङ्घ प्रवास शाखा हङकङले गोरखा शाखामार्फत नगद सहयोग गरेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहिद लखन प्रथम
गोरखामा रहेका ११ वटा स्थानीय तहहरूमध्ये सहिद लखन गाउँपालिका सबैभन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । गत आर्थिक वर्ष २०८०-२०८१ मा सहिद लखन गाउँपालिकाले ८४.२५ प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो ।
विपन्न परिवारको घरमा धारा
नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैं खोला, इनार र ट्युवेलको पानी पिउँदै आउनुभएका मोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउनुभयो ।
राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी सडक अवरुद्ध
शनिबार बेलुकादेखि परेको अविरल वर्षा पछिको बाढीले हिमाली जिल्ला म्याग्दी सदरमुकाम बेनी जोड्ने सडक अवरुद्ध हुनुका साथै एउटा गाडी र केही घरहरूमा पनि क्षति पुगेको छ ।
पोखरामा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आइतबारदेखि पोखरामा सुरु भएको छ । यही भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहभागी रहेका पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिनुभयो ।