पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण
म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०÷८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको रु एक करोड ५६ लाख बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् ।
पोखरामा पहिरोले घर बगायो, एक जनाको मृत्यु
मङ्गलबार साँझबाट निरन्तरको वर्षापछि आएको पहिरोमा परी पोखरा महानगरपालिका वडा नम्बर २७ मा एक जनाको ज्यान गएको छ । बिहान ४ बजेतिर सहेलपाटामा घरमाथिबाट आएको पहिरोले घर बगाउँदा त्यसमा पुरिएर पोखरा २७ का २२ वर्षीय भीमबहादुर थापाको ज्यान गएको हो ।
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
मङ्गलबार साँझदेखि परेको निरन्तरको वर्षासँगै खसेको पहिराले पूर्वपश्चिम पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । गलकोट नगरपालिका–१ दुदीलाभाटीमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
पहिरोले सडक अवरुद्ध
तनहुँको बन्दीपुर गाउँपालिका–५ आँधीखोलास्थित सडकमा मङ्गलबार साँझ झरेको पहिरोले अवरुद्ध भएको सडक ।
साढे तीन अर्बमा पोखराका तीन सडक स्तरोन्नति
विश्व बैङ्कको करिब साढे तीन अर्ब लगानीमा पोखराका तीन सडक खण्ड स्तरोन्नति गरिँदै छ। महानगरको तालचोकदेखि बेगनास, शिशुवादेखि खुदीखोला र कालिकास्थान–पुडिटार–लामेआहाल स्तरोन्नतिको काम जारी छ।
नारायणी नदीमा तीन जनाको बेवारिसे शव फेला
नवलपुरको गैँडाकोट–१ नारायणी नदीमा सडेगलेको अवस्थामा तीनजनाको शव फेला परेको छ ।
गाउँ जोगाउन लगाएको तालगाउँको पर्खाल भत्कियो
अविरल वर्षापछि आएको बाढीले हिमाली जिल्ला मनाङमा क्षति पु र्याएको छ ।
‘नयाँ बन्ने सरकारको मूल उद्देश्य संविधान संशोधन’
नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको भन्दै संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गर्नुभयो ।
थोँचे–ताचै सडकखण्ड सुचारु
निरन्तरको वर्षाले अवरुद्ध भएको सडक खुलाउन मनाङका युवाहरु लागिपरेका छन् । नासोँ गाउँपालिका–५ थोँचेबाट वडा नं. ८ ताचै जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा आवतजावतमा समस्या परेको थियो ।
पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
वर्षाले पहिरो जाँदा डुम्रे– बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो ।
प्रसारण लाइन सुधार गर्न पोल सारिँदै
तनहुँको सहरी क्षेत्रमा प्रसारण लाइन सुधारको काम धमाधम भइरहेको छ । सुधारको कामले गति लिएसँगै पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्डको विस्तारको कामलाई सहज भएको छ । मुख्य बाधकका रूपमा रहेको बिजुलीको पोल सार्ने कामले गति लिएपछि सहज भएको हो । नेपाल विद्युत् प्राधिकरणले विद्युत्का पोल धमाधम हटाउन थालेपछि सडक विस्तारको काम गर्न सहज भएको सडक आयोजनाले जनाएको छ ।
‘मङ्की पार्क’ निर्माण
बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावना खोजिँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको लामो समयपछि यसको सम्भावनाको खोजी सुरुभएको छ ।
खाली जग्गामा वृक्षारोपण गर्न बिरुवा वितरण
डिभिजन बन कार्यालय गोरखाले खाली जग्गामा वृक्षारोपण गर्न निःशुल्क बिरुवा वितरण गरेको छ ।
नारायणगढ-बुटवल सडक मर्मत गरिँदै
स्तरोन्नति र निर्माणका लागि भत्काइएका राजमार्ग मर्मत गरिने भएको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षातले बाटो चिप्लो भएको ठाउँमा गिटीराख्ने, पहिरो हटाउने लगायतको काम एक सातामा सम्पन्न गर्ने गरी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता जनाएको छ ।
अवरुद्ध बेनी-दरबाङ सडक खुल्यो
पहिराका कारण अवरुद्ध बनेको म्याग्दीको बेनी-दरबाङ सडक तीन दिनपछि सञ्चालनमा आएको छ । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा गत शुक्रबार पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।
राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण
निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ ।
भीमसेन थापा गाउँपालिकामा सामूहिक दुर्घटना बिमा कार्यक्रम
गोरखाको भीमसेन थापा गाउँपालिकाले सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको छ । पालिकाको चालु आर्थिक वर्ष २०८०-२०८१ मा पालिका भित्रका सम्पूर्ण नागरीहरूको सामूहिक दुर्घटना बिमा कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
पहिरोले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध
पृथ्वीराजमार्गको वैकल्पिक सडकको रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्ग पहिराका कारण दुई दिनदेखि अवरुद्ध भएको छ ।
कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द
गलकोट (बागलुङ), असार २४ गते । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो । करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताउनुभयो । करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ । रासस
नवलपुरमा व्यावसायिक स्याउ खेती
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ ।
मुस्ताङका सबै नाका बन्द,पाँच जनाको मृत्यु
लगातारको वर्षापछि आएको पहिरोले सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङका सबै नाका बन्द भएका छन् । मुस्ताङका लागि पोखरा–जोमसोम हवाई र बेनी–जोमसोम सडकमार्फत जोडिने भए पनि दुवै मार्ग बन्द हुँदा मुस्ताङ जिल्ला नाकाबन्द जस्तै भएको छ ।
पिपलबोट फाँट
वर्षाले हरियाली छाएको डाँडाकाँडा तथा धान रोपेपछि हरियाली छाएको म्याग्दीको मङ्गला गाउँपालिका–५ मा पर्ने पिपलबोट फाँटको दृश्य । पिपलबोट क्षेत्र गौरीया र गुडुरा जातको धानको पकेट क्षेत्र हो ।