• २२ भदौ २०८१, शनिबार

बाढीमा मृत्यु हुनेको सङ्ख्या ३ पुग्यो

blog

फाइल तस्विर

ठाकुरप्रसाद आचार्य

बागलुङ, भदौं २१ गते । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित बान्द्रे खोलामा आएको बाढीले बगाएर मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । अविरल वर्षासँगै खोलामा आएको बाढीले गए राति तीन जना युवालाई बगाएको थियो । 

बिहीबार राति खोलामा आएको बाढीमा बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव फेला परेसँगै बाढीमा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको प्रहरीले जनाएको छ । बाढीमा परेर यसअघि २ जनाको मृत्यु भएको थियो । 

बागलुङ नगरपालिका ४ बान्द्रे अढाइथरका सापकोटाको शव घटनास्थलभन्दा पाँचसय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो । प्रहरीका अनुसार सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मी र २३ वर्षीय अर्जुन सापकोटाको मृत्यु भएको थियो । 

सापकोटा र रेग्मीको शव करिब दुईसय मिटर तल मृत फेला परेको प्रहरीले जनाएको छ । बिहीबार राति कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटरमा चढेर बान्द्रे खोला तर्ने क्रममा उहाँहरूलाई बगाएको थियो । 

मोटरसाइकल र स्कुटर बगाउँदा मृत्यु भएका बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अविशेक रेग्मीको शव राति नै घटनास्थलदेखि दुईसय मिटर तलबाट उद्धार गरी धौलागिरि अस्पतालमा लगिएको थियो । तीनै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।