• ११ मंसिर २०८१, मङ्गलबार

पृथ्वी राजमार्गको दमौली–डुम्रे खण्डको अवरोध हट्यो

blog

सुचारु भएको पृथ्वी राजमार्ग । तस्बिर: अमरराज नहर्की ।

अमरराज नहर्की

तनहुँ, भदौ २१ गते । पृथ्वी राजमार्गको दमौली–डुम्रे खण्डको अवरोध हटेको छ ।  व्यास नगरपालिका–१२ घाँसीकुवामा खसेको पहिरो पन्छाएर अवरोध हटाइएको थियो  ।

 यहाँ परिरहेको अविरल वर्षाले गर्दा शुक्रवार बिहान ४ बजे पहिरो खसेको थियो । पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपककुमारी रायले जानकारी दिनुभयो । राजमार्ग लामो समय देखि अवरोध हुँदा यात्रु अलपत्र परेका थिए । यस अघि भदौ ४ गते सो ठाउँमा ठुलो पहिरो खसेको थियो । सो पहिरो हटाउन दुई दिन लागेको थियो । रायले भन्नुभयो, यात्रुलाई समस्या नपरोस् भन्नको लागि एकतर्फी सुचारु गरेका छौँ ।’ मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले पहिरो हटाएको प्रहरीले जनाएको छ । वर्षा परिरहेकोले पहिरो हटाउन समय लागेको रायले जानकारी दिनुभयो । रायका अनुसार पहिरो पन्छाउन चार घण्टा लागेको थियो ।