बाढी पहिरोमा परेर ११ को मृत्यु, चार घाइते
लगातार परेको अविरल वर्षाका कारण गए राती कास्कीमा आएको बाढी पहिरोले ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
म्याग्दीमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु
म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिँदा सातको मृत्यु, दुई घाइते
पोखरा महानगरपालिका १९ पुरनचौरमा पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खोलाले बगाएर दुई जना बेपत्ता
नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन्। मध्यविन्दु नगरपालिका र बौदीकाली गाउँपालिकाका एक एकजना बेपत्ता भएका प्रहरीले जनाएको छ।
रकम सङ्कलन गरी पदमार्गमा पूर्वाधार निर्माण
जिल्लाको अन्नपूर्ण गाउँपालिका-४ मा रहेको मौरिस हर्गोज पदमार्गमा दाताको सहयोगमा रकम सङ्कलन गरी पूर्वाधार निर्माण गरिएको छ । रघुगङ्गा गाउँपालिका-१ बेगकी ललिता शेरपुञ्जाले दातासँग सहयोग जुटाएर पदमार्गको सङ्धीखर्कमा दुईकोठे सार्वजनिक शौचालय, खानेपानीलगायत पूर्वाधार निर्माण गर्नुभएको हो ।
निःशुल्क स्वास्थ्य सहायता कक्ष स्थापना
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।
डुबानमा शवदाह
लगातारको वर्षासँगै सेती नदीमा आएको बाढीका कारण बिहीबार कास्कीको पोखरा–९ स्थित रामघाटमा डुबानमा परेका घर तथा शवदाह ।
गोरखाका विपद् जोखिम क्षेत्रको पहिचान
गोरखा जिल्लामा सम्भावित विपद् जोखिम क्षेत्रहरूको पहिचान गरिएको छ । जिल्लाका ११ वटा पालिका क्षेत्रभित्रका २२५ स्थानलाई विपद्को उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको हो ।
डुबानमा पुलको निर्माणाधीन संरचना
वर्षाका कारण सेती नदीमा आएको बाढीले डुबानमा परेको तनहुँको व्यास नगरपालिका–३ र ऋषिङ गाउँपालिका–१ जोड्ने पुलको निर्माणाधीन संरचना ।
चिर्पट प्रहार गरी एकको हत्या
पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५ मलम्पारका एक युवकले चिर्पट प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् ।
गण्डकीमा एक महिनामै एक्काइस प्रतिशत खर्च
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६६ दशमलव पाँच नौ प्रतिशत बजेट खर्च गरेको छ । सरकारको यो वर्षको बजेट तेत्तिस अर्ब बयालिस करोड बहत्तर लाखमध्ये असारमा मात्र २१ प्रतिशत खर्च भएको छ ।
तीन तहका सरकारको समन्वय आवश्यक
बिरुवा गाउँपालिका सदरमुकाम स्याङ्जा बजारबाट दक्षिणपूर्वमा पर्दछ । साबिकका बिरुवाअर्चले, मनकामना, ओरस्टे गाविसका सबै वडा तथा पेल्काचौर, राङभाङ, चिन्नेबास तथा किचनास गाविसका केही वडा
पहिरोले घर पुरिँदा एकको मृत्यु
वर्षाका कारण पहिरोेले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गए राति पहिरोेमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो ।
कागबेनीमा बाढी नियन्त्रण गर्न पक्की पर्खाल निर्माण
बाढीले तहसनहस बनाएको मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएको छ ।
औषधी पसलमा भएन सुधार
म्याग्दी सदरमुकाम बेनी बजार क्षेत्रमा सञ्चालित औषधी पसल तथा स्वास्थ्य सेवा दिने संस्थामा पटक पटक अनुगमन गर्दा पनि सुधार देखिएको छैन । स्वास्थ्य कार्यालय म्याग्दीको वार्षिक कार्यक्रम अनुसार बुधबार बेनी बजार क्षेत्रमा रहेका औषधी पसलमा अनुगमन गर्दा पनि पुरानै समस्या देखिएका छन् ।
डुबानमा फसेका चार जनाको उद्धार
पोखरा महानगर-२७ स्थित दिपाङ्ग तालमा पानीको सतह बढेपछि एकै परिवारका ४ जना डुबानमा फसेका थिए । सशस्त्र प्रहरी बल नं.२४ कालिका गण हेडक्वार्टर कास्कीबाट खटिएको विपद् उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ ।
लागूऔषधसहित दुई पक्राउ
वालिङ नगरपालिकाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० बस्ने ३७ वर्षीय सन्तोष बहादुर नेपाल र वडा नं १६ बस्ने ३४ वर्षीय कमल भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष सो
पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष सो सम्पन्न भएको छ । पोखरा ट्रेडमलको क्युएफएक्स सिनेमा हलमा विशेष सो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो।
तेस्रो परियोजना अन्तर्गतको सडक शिलान्यास
विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना अन्तर्गतको सडक शिलान्यास गरिएको छ ।
अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालन
पहिरोले अवरुद्ध डुम्रे–बेँसीसहर सडक खुलेको छ । मङ्गलबार साँझदेखिको वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ अँधेरिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
दुध किसानले पाए सोह्र लाख अनुदान
जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु. १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दुधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।
वर्षातमा उर्लेको त्रिशूली नदी
मनसुन सक्रिय भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ गाईघाटस्थित मादी, सेती र त्रिशुलीनदीको सङ्गमस्थलमा बढेको पानीको सतह र आसपासका डाँडाकाँडाको हरियाली ।
तालमा फसेका चार जनाको उद्धार, एक मृत अवस्थामा फेला
कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपाङ् तालको पानी बस्तीमा पस्दा एक तले घर डुवेर फसेका एकै परिवारका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
प्रेमको प्रतीक यार्तुङ मेला सुरु
मनाङमा यार्तुङ मेला सुरु भएको छ ।