• ११ मंसिर २०८१, मङ्गलबार

तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, भदौ १८ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ। 

काम गर्ने क्रममा प्लाइले लागेर २० मिटर तल खस्दा घाइते भएका बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–१ का वर्ष ३८ का रामकुमार थारुको मृत्यु भएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । 

खसेर गम्भीर घाइते भएपछि पोखरास्थित मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको भण्डारीले बताउनुभयो । भण्डारीका अनुसार थारु दिउँसो करिब १ बजे खसेर घाइते भएका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।