बेनी-दरबाङ सडक अवरुद्ध, यात्रुलाई सास्ती
म्याग्दीको मुख्य बेनी–दरबाङ सडकमा एक सातादेखि सिधा यातायात अवरुद्ध भएको छ ।
लक्ष्यभन्दा झण्डै पाँच अर्ब कम राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय दमौलीले गत आर्थिक वर्ष २०८०-०८१ मा लक्ष्यको ७६.५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
जनप्रतिनिधि बुद्धिवीरको लोभलाग्दो तरकारी खेती
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तानका वडा सदस्य बुद्धिवीर पुन सामाजिक कार्यसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । विदेशबाट फर्किएर विगत १५ वर्षदेखि हिस्तान टिकोट गाउँका पुनले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
गण्डकी प्रदेश : सरकार पुनगर्ठनमा सहमति खोजिँदै
प्रमुख दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचमा नयाँ सत्तासमीकरणका लागि भएको सहमतिअनुसार सङ्घीय सरकार गठन भइसक्दा पनि गण्डकी प्रदेशमा नयाँ सरकार गठनबारे छलफल नै सुरु भएको छैन ।
उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।
आन्तरिक पर्यटनबाटै क्व्होलासोथारको समृद्धि
लमजुङको क्व्होलासोथार गाउँपालिकाको उत्तर र पूर्वमा मस्र्याङ्दी गाउँपालिका, पश्चिममा कास्की, दक्षिणपूर्वमा बेँसीसहर नगरपालिका र दक्षिणपश्चिममा मध्यनेपाल नगरपालिका पर्दछन् । साबिकको बाग्लुङपानी गाविसका वडा
गोरखा–आरुघाट सडक अवरुद्ध
गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।
तेत्तिस वर्षमा पनि पूरा भएन सडक
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्गको काम ट्र्याक खुलेको ३३ वर्षसम्म पूरा भएको छैन । भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारदेखि ठुलो
यसै वर्षबाट एआई पढाउँदै गण्डकी विश्वविद्यालय
ण्डकी सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालयले यसै वर्षबाट कृत्रिम बौद्धिकता (एआई)को अध्यापन सुरु गर्ने भएको छ। आधुनिक युगमा प्रविधिमैत्री उच्च शिक्षा प्रदान गर्ने एआई अध्यापन सुरु गर्न लागिएको विश्वविद्यालयले जनाएको छ।
चैते धान खेती गर्ने कृषकलाई अनुदान
चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले आठ लाख अनुदान सहयोग उपलब्ध गराएको छ ।
सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका ८ वटा वडामा सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन गरिएको छ ।
स्याङ्जा सवारी दुर्घटनाः एक वर्षमा १२ जनाको मृत्यु
जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
सिमलताल पहिराे : नारायणीमा हराइरहेका यात्रु खाेज्न सेना परिचालन
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा बेपत्ता भएका यात्रुको खोजी गर्न नवलपुरमा सेना परिचालन गरिएको छ ।
लमजुङवासीद्वारा मन्त्री गुरुङको सफल कार्यकालको कामना
यहाँको क्व्होलासोथर गाउँपालिका-९ गिलुङ निवासी पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी सम्हालेपछि जिल्लावासी हर्षित बनेका छन् ।
तनहुँमा एक अर्ब ५३ करोड ८८ लाख फ्रिज
तनहुँ जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा झण्डै एक अर्ब ५४ करोड रुपियाँ विकास बजेट फ्रिज भएको छ । सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित विकास बजेट फ्रिज भएको हो।
तनहुँको भादगाउँमा एक सातादेखि खानेपानी आपूर्ति बन्द
जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ ।
१३२ केभी बुर्तिबाङ ‘सबस्टेशन’ अन्तिम चरणमा
बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सबस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो ।
नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक दुई दिनपछि सुचारु
गोरखामा नाम्जुङ-घैरुङ बतासे-मनकामना सडक दुई दिनपछि सुचारु भएको छ । शनिबारदेखि परेको अविरल वर्षाका कारण सहिद लखन गाउँपालिकाको नाम्जुङ-घैरुङ बतासे सडक खण्डको वडा नम्बर ६ को खगी र ९ नम्बर वडाको गौथाले भन्ने ठाउँमा गएको ठुलो पहिरो पन्छाइएपछि सडक सुचारु भएको हो ।
म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार
म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो ।
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’
बारपाकको परम्परा, इतिहास, कला र संस्कृति झल्कने गरी निर्माण गरिएको ‘बुद्ध पार्क’ पुगेपछि पर्यटक तस्बिर खिचाउन मात्र होइन सिङ्गो बारपाकको दृश्यावलोकनका लागि घण्टौँसम्म त्यहाँ भुल्ने गरेका छन् ।
जोखिम मोलेर फड्केबाट गन्तव्यतर्फ जाँदै
यही असार १८ गते आएको बाढीले हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–१ तिमाङ खोलाको काठेपुल बगाएपछि फड्केबाट जोखिम मोलेर वारपार गर्दै स्थानीयवासी ।
छोराले हानेको ढुङ्गा लागेर बाबुको मृत्यु
नवलपुर सदरमुकाम कावासोतीमा छोराले हानेको ढुङ्गाले लागेर बाबुको मृत्यु भएको छ। कावासोती नगरपालिका –५ ठकुरीचोकका १८ वर्षीय छोरा निराजन कुमालले हानेको ढुंगाले लागेर ४३ वर्षीय बाबु प्रेम कुमालको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुलेन
अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन । अविरल वर्षासँगै आएको बाढीले मनाङस्थित चामे गाउँपालिका–१ स्थित तिमाङखोलाले काठेपुल तथा तिमाङ ठूलो छहराको पक्की मोटरेवल पुल गत असार १८ गते बगाएपछि आवागन रोकिन पुगेको थियो ।