• ११ मंसिर २०८१, मङ्गलबार

दुर्घटनामा सेनाका पिउठको मृत्यु

blog

गुणबहादुर रोका

सुलीकोट, भदौ ३० गते । टिपर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई गाउँपालिका – २ देउमाई इलामका २६ वर्षीय सुरेन राई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिवार बेलुका ५ गोरखाबाट लक्ष्मी बजार जाँदै गरेको ग १ क ५६५४ नम्बरको ट्रिपरले गोरखा नगरपालिका – ९ लक्ष्मी बजारबाट ठिङगुरे स्वाँराको रिपु मर्दन गण तर्फ आउँदै गरेको बा ७० प २८७१ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा नेपाली सेनाका पिउठ सुरेन राई गम्भीर घाइते भई जिल्ला अस्पताल गोरखामा उपचारको क्रममा बेलुका ७ बजे चिकित्सकले मृतक घोषण गरेको उहाँले बताउनुभयो । 

मोटरसाइकल चालक २५ वर्षीय जनम राई भने घाइते अवस्थामा रहेका छन् । दुवै जना रिपु मर्दन गणमा कार्यरत पिउठ रहेको जनाएको छ ।