एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ
पार्टी नेतृत्वको रोजाइमा परेका नेतालाई पराजित गर्दै नेकपा एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ ।
किसानलाई धानको उन्नत बीउ वितरण
कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले नगरपालिका भित्रका किसानलाई १० हजार ३५० किलो उन्नत जातको धानको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।
‘तातो हावा परियोजना’ सुरु
४२ डिग्रीभन्दा बढी तापक्रम पुगेर अत्यधिक गर्मीको सामना गरिरहेका बाँके र बर्दियामा विपन्न वर्गलाई तातो हावाको लहर ‘लु’ को असरबाट जोगाउन ‘तातो हावा परियोजना’ सुरु गरिएको छ ।
रेबिजको जोखिम बढेपछि कुकुरको बन्ध्याकरण सुरु
बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कुकुरले मानिसलाई टोकेका घट्ना बढ्न थालेपछि उपमहानगरमा रेबिजको जोखिम बढेको छ ।
छोरी बसिन् बुवाको किरिया
दाङको लमही नगरपालिका –३ बनगाउँ निवासी २३ वर्षीया स्मृति केसी दिवंगत बुवा शेरबहादुर केसीको किरिया बस्नुभएको छ ।
एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित
नेकपा (एमाले) बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित हुनुभएको छ । सोमबार घोषणा गरिएको मतगणना अनुसार गुरुङले दुई सय ९१ मत प्राप्त गर्नुभएको छ ।
नौ वटा मोटरसाइकलसहित चार पक्राउ
बाँके प्रहरी पछिल्लो समयमा जिल्लामा भइरहेका मोटरसाइकल चोरीका घटनाप्रति गम्भीर बन्दै गएको पाइएको छ । दैनिकरुपमा नेपालगन्जबाट मोटरसाइकल हराइरहेको भन्ने स्थानीयले गुनासो गरेपछि बाँके प्रहरी मोटरसाइकल चोरविरुद्ध खरोरुपमा उत्रिएको हो ।
स्थापनाकालदेखि वडा सचिवविहीन!
पुथा उत्तरगङ्गा गाउँपालिकाका सबै वडा सचिवविहीन छन् । गाउँपालिका स्थापनाकालदेखि नै १४ वडा रहेको पुथा उत्तरगङ्गाका सबै वडा सचिवविहीन अवस्थामै छन् । स्थानीय तह कार्यान्वयनमा आएदेखि नै यो गाउँपालिकाका सबै वडामा कहिल्यै निजामती कर्मचारी पूर्ति भएनन् । वडा सचिवको जिम्मेवारी अर्थात् पञ्जिकाधिकारीको काम सम्बन्धित वडाका स्थायी स्वास्थ्यकर्मीले धान्दै आइरहेका छन् । गाउँपालिकामा पनि कर्मचारी अभाव छ । वडासहित गाउँपालिकामा ६२ जनाको दरबन्दी छ तर हाल गाउँपालिका कार्यालयमा शाखागत नौ जना मात्रै कर्मचारी छन् भने सबै वडामा सचिव छैनन् । गाउँपालिकाको कृषि शाखामा एक, पशु शाखामा एक, शिक्षा शाखामा एक, प्रशासन शाखामा एक, योजना तथा अनुगमन शाखामा एक, महिला तथा बालबालिका शाखामा एक यसै गरी कम्प्युटर सहायक एक र स्वास्थ्य शाखामा दुई गरी जम्मा गाउँपालिकामा स्थायी कर्मचारी नौ जना मात्र रहेको गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद खड्काले बताउनुभयो ।
एमाले बाँकेको अध्यक्षमा गुरुङ र उपाध्यक्षमा खत्रीको जित नजिक
नेकपा (एमाले) बाँकेको अध्यक्ष पदको जारी मतगणनामा निरक गुरुङले जित्ने करिब पक्का भएको छ । निरकले सोमबार बिहानसम्म गरिएको गणनामा १४५ मत प्राप्त गर्नुभएको छ ।
एमाले बाँके अध्यक्षमा बिसी र गुरुङबिच प्रतिस्पर्धा
नेकपा (एमाले) बाँकेको अध्यक्ष पदका लागि निरक गुरुङ र डिल्ली बिसीबिच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन मण्डलका अनुसार आइतबार बेलुका ६ बजेदेखि निर्वाचन सुरु हुने तय भएको थियो ।
देशलाई बलियो राष्ट्रिय शक्तिको आवश्यकता छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनतामा देखिएको निराशालाई चिर्दै देशको विकास गर्नका लागि वर्तमान गठनबन्धनको विकल्प नभएको बताउनुभएको छ।
फैसला कार्यान्वयन अनुगमन संयन्त्रको आवश्यकतामा जोड
उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका मुख्य न्यायाधीश चन्द्र बहादुर सारुले फैसला कार्यान्वयन अनुगमन संयन्त्रको आवश्यकता औंल्याउनु भएको छ।
पाल्पामा 'आईपीभी' खोप अभियान
जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको 'आईपीभी' खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत ९ हजार ४ सय ६७ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख राजेन्द्र गिरिले बताउनुभएको छ ।
मोबाइल एप्सबाटै मेट्रो कलेजकाे भवन उद्घाटन
तुलसीपुर मेट्रो कलेज बहुप्राविधिक शिक्षालयकाे नवनिर्मित भवनको मोबाइल एप्सबाट उद्घाटन गरिएको छ ।
विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धन बाह्य हस्तक्षेप बिना गठन भएको बताउनुभयो ।
भन्सार राजस्व सङ्कलनमा कमी
चालु आर्थिक वर्ष सकिन दुई महिना मात्र बाँकी रहँदा भैरहवा भन्सार कार्यालयले राजश्व सङ्कलनमा ५१ प्रतिशत मात्रै लक्ष्य पूरा गरेको छ ।
एमाले बाँके अध्यक्षमा तीनको उम्मेदवारी
नेकपा (एमाले) बाँके अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । एमाले बाँकेका वर्तमान अध्यक्ष किस्मतकुमार कक्षपतिसहित डिल्ली बिसी र निरक गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ ।
रिडीमा आँखा उपचार केन्द्र स्थापना
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ रिडी बजारमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो ।
गर्मीमा विद्युत अनियमितताले सर्वसाधारणलाई सास्ती
देशकै अत्यधिक गर्मी हुने मध्येको एक नेपालगन्जमा दैनिक विद्युत आपूर्ति अनियमितता हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । नेपालगन्जमा दैनिक बढ्दै गइरहेको गर्मीमा विद्युत अनियमितता हुँदा स्थानीयले सास्ती भोगिरहेका हुन् ।
नेपालगन्जको तापक्रम वर्षकै उच्च, ४२ डिग्री पुग्यो
देशकै अत्यधिक गर्मी हुने मध्येको एक नेपालगन्जमा यस वर्षकै उच्च तापक्रम मापन भएको छ । शनिवार नेपालगन्जको अधिकतम तापक्रम यस वर्षकै उच्च ४२ दशमलव ६ डिग्री मापन भएको हो ।
आरोपकै आधारमा दोषी ठहर हुँदैन: महासचिव
नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले आरोपकै आधारमा कोही दोषी ठहर नहुने बताउनुभएको छ । प्रेस चौतारी दाङ शाखाले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रेलले संसद्मा बोल्न पाउने अधिकारलाई कसैले कुण्ठित गर्न नहुने बताउनुभयो ।
लागुऔषध ओसारपसार गर्ने २०६ जना पक्राउ
भारतसँग सीमा जोडिएका कारण बाँकेमा लागुऔषधको ओसारपसार, कारोबार तथा सेवनकर्ता वृद्धि हुँदै गएको पाइएको छ । प्रहरीले खुला सीमा नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौती रहेको बताउँदै आएको छ । खुला सीमा भएका कारण मुख्य नाकाबाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ ।
एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
कोइलावासमा खानेपानीको समस्या, भारतको भर पर्नुपर्ने बाध्यता
लामो समयसम्म भएको खडेरीका कारण नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत दाङको कोइलावास क्षेत्रमा खानेपानीको सङ्कट परेको छ । कोइलावासमा खानेपानीका लागि खनिएको डिप बोरिङसँगै खोलामा भएका जरुवासमेत सुकेपछि स्थानीयलाई खानेपानीको सङ्कट परेको हो । बस्तीमा भएका खानेपानीका मुहान सुकेपछि स्थानीयलाई पानीकै लागि भारतीय व्यापारीको भर पर्नुपर्ने अवस्था रहेको छ । स्थानीय ध्रुवरत्न तुलाधर सीमा क्षेत्रका स्थानीयलाई खनेपानीका लागि भारतको भर पर्नुपर्ने बाध्यता भएको बताउनुहुन्छ । सुक्खा समय सुरु भएसँगै कोइलावासमा पानीका मुहान सुक्दा प्रत्येक वर्ष स्थानीयले खानेपानीको समस्या झेल्नुपर्ने बाध्यता भएको तुलाधर बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुक्खा समय सुरु भएसँगै गएको माघ महिनादेखि कोइलावासमा रहेको डिप बोरिङ बन्द छ । डिप बोरिङ नचल्दा भारतीय व्यवसायीको भर पर्नुपर्ने बाध्यता छ ।