सामाजिक सेवामा लगानी गर्दै नगरप्रमुख
तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफ्नो तलब भत्ताबाट विपन्न परिवार तथा विभिन्न विद्यालयलाई सहयोग गर्दै आउनुभएको छ । नगर प्रमुख भएवापत राज्यले दिने सेवा सुविधा सामाजिक सेवामा लगाउने घोषणा गर्नुभएका श्रेष्ठले तलब भत्ताको रकमले सहयोग प्रदान गर्दैआएको बताउनुभयो ।
घोराहीमा छैठौं कृषि, पर्यटन महोत्सव हुने
कृषि तथा साना उद्योग व्यवसायको प्रवर्धनसँगै पर्यटन क्षेत्रको विकासका लागि दाङको घोराहीमा छैठौं कृषि, पर्यटन तथा व्यापार महोत्सव हुने भएको छ ।
नेपाल-भारत सीमा क्षेत्रमा संयुक्त गस्ती
नेपाल–भारत सीमा क्षेत्रको सुरक्षालाई मजबुत बनाउने उद्देश्यले कपिलवस्तुमा सीमा क्षेत्रमा संयुक्त गस्ती गरिएको छ ।
महायज्ञबाट दुई करोड दान संकलन
शहिद बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि भइरहेको महायज्ञमा दुई करोडभन्दा बढी रुपियाँको दान संकलन भएको छ । रामपुर नगरपालिका –७ किसानबारीस्थित क्याम्पस परिसरमा जारी महायज्ञमा आइतबारसम्ममा दुई करोड दुई लाख ६ हजार तीनसय २९ रुपियाँ ७७ पैसा दान संकलन भएको हो ।
घोराहीमा तीन वर्षपछि कालोपत्रे
तीन वर्षदेखि घोराही बजारका अलपत्र सडक कालोपत्रे गरिएको छ । निर्माण व्यवसायीको लापरवाहीका कारण घोराही उपमहानगरपालिका–१५ अन्तर्गत सहिदगेटदेखि जिल्ला प्रशासन कार्यालयसम्मको सडक कालोपत्रे गर्न थालिएको हो ।
किसानलाई प्रतिफलको आधारमा प्रदेश सरकारको अनुदान
“प्रदेश सरकारले खसीबोका विक्री गर्दा अनुदान दिएको छ,” उहाँले भन्नुभयो, “हामीलाई खुशी लागेको छ ।” आफूले गरेको व्यवसायमा सहयोग र हौसला मिलेको उहाँको भनाइ छ ।
बिरामीलाई सहुलियतमा सेवा दिन प्रतिबद्ध छौंः मन्त्री सारु
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले अस्पतालमा एमआरआई मेसिन आएपछि बिरामीले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएकाले बिगतमा देखापरेका कमजोरी सुधार गर्दै छलफलका आधारमा नयाँ बोलपत्र आह्वान गरिएको बताउनुभयो ।
बाँकेमा १५१ फिटको शिव प्रतिमा निर्माण
बाँकेको डुडुवामा देशकै सबैभन्दा अग्लो १५१ फिटको शिव प्रतिमाको निर्माण सुरु गरिएको छ ।
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिनुभयो ।
गोरुसिङ्गे–चन्द्रौटा सडक चार लेनको बन्दै
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको गोरुसिङ्गे–चन्द्रौटा चार लेन सडक निर्माणमा १० अर्ब लागत लाग्ने अनुमान गरिएको छ । बुद्धभूमि नगरपालिका–९, पुल्चोकदेखि
चखेवाका बथान
बाँके, पुस २२ गते । नेपालगञ्ज उपमहानगपालिका वडा नं २१ र २२ को सिमानामा रहेको कान्तितालमा जाडो छल्न आएका आगन्तुक चखेवाको बथान । दक्षिणपूर्वी युरोप तथा मध्य एसियाबाट हिउँ छल्न चखेवा चरा पाहुना बनेर दक्षिण एसियाका नेपालसहित विभिन्न ठाउँमा आउने गर्दछन् । तस्बिरः रासस
नवलपरासी आलुमा आत्मनिर्भर
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यसवर्ष थप ११ हेक्टर क्षेत्रफलमा आलुखेती विस्तार भएको छ । किसान आलुखेती तर्फ आकर्षित हुँदा गत वर्षभन्दा यसवर्ष जिल्लामा आलुखेती थप ११ हेक्टर क्षेत्रफलमा विस्तार भएको हो ।
आन्दोलनरत कर्मचारीले हटाए शिक्षण अस्पतालको बोर्ड
नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा लगाइएको सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड हटाइदिएका छन् ।
पोखराथोकका कृषकको बगैँचामा सुन्तला पाकेर पहेँलपुर
अर्घाखाँचीको पाणिनी गाउँपालिका २ स्थित पोखराथोकका कृषक भाष्कर पौडेलको बगैँचामा पहेँलपुर भएर पाकेको सुन्तला।
बिदेशबाट फर्केर कृषि कार्यमा जमेका कृषक
बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका किसान गोकुलबहादुर वली विदेशबाट फर्केर आफ्नै ठाउँमा भैंसीपालन गरी राम्रो आम्दानी गरिरहनुभएको छ ।
बाँकेको कोहलपुरमा क्याफे कविता
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा क्याफे कविताको पहिलो शृंखला कोहलपुरमा सम्पन्न भएको छ।
बाँकेमा साहित्यिक सांस्कृतिक विधागत प्रशिक्षण
बाँकेको खजुरा गाउँपालिकाको खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यमा रुचि राख्नेहरूलाई नेपाली भाषाको साहित्यबारे जानकारी गराउने उद्येश्यले सञ्चालन गरेको विधागत प्रशिक्षण सम्पन्न भएको छ ।
कुहिरो लक्षित अभियानमा ट्राफिक प्रहरी
कुहिरोको कारणले हुने दुर्घटनाको सम्भावित जोखिम कम गर्न कपिलवस्तु ट्राफिक प्रहरीले सक्रियता बढाएको छ ।
भैरहवा नाका हुँदै भित्रिए १९७ देशका साढे ९२ हजार पर्यटक
रुपन्देहीको बेलहिया नाका हुँदै सन् २०२४ मा १ सय ९७ देशका पर्यटक नेपाल आएका छन् । जसमध्ये सर्वाधिक धेरै पर्यटक आएका प्रमुख पाँच मुलुकमा क्रमशः श्रीलङ्का, थाइल्यान्ड, म्यानमार, भियतनाम र दक्षिण कोरिया छन् ।
पर्यटकीय स्थल कमल दह
रुकुम पूर्व, पुस २१ गते । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा अवस्थित पर्यटकीय स्थल कमल दह । तस्बिरः रासस
माघी अघि मघौटा र सिङ्गारु नाचको रमाइलो
मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो । दर्शक पनि त्यसमा रमाइरहेका थिए । बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए । नयाँ पुस्ता केही नयाँ शैलीमा नाच्न खोज्दै थिए भने बूढापाका परम्परादेखि नाच्दै आएको मघौटा नाच नाचिरहेका थिए ।
बाँके फुटबलमा मनोनित पदाधिकारीको पदभार ग्रहण
बाँके जिल्ला फुटबल संघले मनोनित गरेका पदाधिकारी र महिला फुटबल समितिमा मनोनित पदाधिकारीको पदभार ग्रहण र बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
सिपयुक्त जनशक्ति उत्पादन प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गुणस्तरीय र सिपयुक्त जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ ।
शीतलहरले जनजीवन प्रभावित
नेपालगन्ज लगायत बाँकेका विभिन्न स्थानमा मध्य पुसदेखि सुरु भएको चिसो बढ्दै गएको छ । केही दिनदेखि शीतलहरसमेत पर्न थालेपछि यहाँको जनजीवन झनै कष्टकर बन्दै गएको हो ।