दुई तहका विद्यार्थी एउटै कक्षामा पढाइ
दाङको राप्ती गाउँपालिका-४ स्थित रात्रि प्रावि मौरीघाट गाउँको बिचमा भए पनि विद्यार्थीको अवस्था न्यून छ । गाउँ ठुलो भए पनि उचित व्यवस्थापन नहुँदा विद्यार्थीको आकर्षण रहँदैन भन्ने कुराको एउटा उदाहरण उक्त विद्यालय बनेको छ ।
'बर्फानी बाबा'मा खानेपानीको काम अन्तिम चरणमा
बाँकेको राप्तीसोनारी गाउँपालिका-४ स्थित अति दुर्गम स्थान चुरे पहाडमा अवस्थित धार्मिक पर्यटकीय स्थल ‘बर्फानी बाबा’ मन्दिरमा खानेपानीको काम अन्तिम चरणमा पुगेको छ ।
ड्युटीमा खटिएका प्रहरीलाई जुस वितरण
४० डिग्री भन्दा बढीको तापक्रम र त्यसमाथि तातो हावा ‘लु’ को कहरले अत्यधिक गर्मी हुँदा बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ।
आँप उत्पादनमा वृद्धि हुने
बाँकेमा यस वर्ष आँपको उत्पादन क्षेत्रफल केही घटेको भए पनि आँप उत्पादनमा भने वृद्धि हुने भएको छ ।
बबईको पानी तुलसीपुर ल्याइँदै
दाङ जिल्लाको दक्षिणी क्षेत्र भएर बग्ने बबई नदीको पानी लिफ्टिङ प्रविधिबाट तुलसीपुर ल्याउन थालिएको छ । तुलसीपुरको उत्तरी क्षेत्रका मुहान सुक्दै गएपछि बबईको पानी ल्याउन थालिएको हो । तुलसीपुर उपमहानगरपालिकाको बजार र ग्रामीण क्षेत्रका वडामा खानेपानी वितरण गर्दै आएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ५६ करोड ८० लाखको लागतमा पानी ल्याउन थालेको हो ।
छाताले गर्मी छल्दै
अत्यधिक गर्मी र तातो हावा छल्न बिहीबार छाता ओडेर कार्यालयबाट घर फर्किदै घोराही उपमहानगरपालिकाका कर्मचारीहरु ।
बस दुर्घटना अपडेट : एक जनाको मृत्यु
गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको छ । यस जिल्लाको रुरुक्षेत्र गाउँपालिका( १, मक्वादिस्थित रिडि तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको थियो ।
नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी बढे
पाल्पाको तानसेन नगरपालिकामा अनियमित्ता भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिनेको संख्या बढेको छ ।
गुल्मीमा बस दुर्घटना हुँदा १३ घाइते
गुल्मीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिका-१, मक्वादिस्थित रिडि–तम्घास पक्की सडक खण्डमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'युएसजी' मेसिन जडान
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक भिडियो एक्स-रे (युएसजी) मेसिन जडान गरिएको छ ।
विद्युत महसुल वृद्धि गर्ने निर्णयप्रति कांग्रेस रामपुरको ध्यानाकर्षण
बुटवल पावर कम्पनी लिमिटेड आँधीखोला विद्युत वितरण केन्द्रको विद्युत महसुल वृद्धि गर्ने निर्णयप्रति नेपाली कांग्रेस रामपुर नगर कार्य समितिले ध्यानाकर्षण गराएको छ ।
रैथाने बाली उत्पादन सम्बन्धी किसानलाई तालिम
बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका किसानहरूलाई स्थानीय स्तरमा पाइने रैथाने बाली उत्पादन प्रविधि सम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ । तीन दिने उक्त तालिमको बिहीबार बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले उद्घाटन गर्नुभएको हो ।
मदानेमा आठ हजार बढीलाई सामाजिक सुरक्षा भत्ता वितरण
पश्चिम गुल्मीमा अवस्थित मदाने गाउँपालिकाले चालु आर्थिक वर्ष २०८० र ०८१ को हालसम्म कुल २७६ योजनामध्ये १६८ योजनाहरूको भुक्तानी गरिसकेको छ ।
लागूऔषध विरुद्धको अभियानमा प्रहरी र नेपालगन्ज उपमहानगरबिच सम्झौता
जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान २०८१ सञ्चालनमा ल्याएको छ । अभियान सफल पार्नका लागि जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगन्ज उपमहानगरपालिकाबिच सम्झौता गरिएको हो ।
नक्कली चिकित्सक पक्राउ
आफूलाई चिकित्सक भनेर बिरामीको शल्यक्रिया गर्ने एक भारतीय नागरिक पक्राउ परेका छन् । रुपन्देहीको मर्चवारी गाउँपालिका–३, सेमरहवास्थित नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित नैना हेल्थ क्लिनिकमा बसेर आफूलाई चिकित्सक भन्दै धमाधम स्थानीयको शल्यक्रिया गर्दै आएका भारतीय नागरिक नागेन्द्र मिश्रालाई प्रमुख जिल्ला अधिकारी गणेश अर्याल नेतृत्वको टोलीले नियन्त्रणमा लिएको हो ।
रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन
बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ ।
बाँकेमा २८ हजार बालबालिकालाई पोलियो विरुद्धको 'आईपिभी' खोप
बाँके जिल्लामा पोलियो रोग विरुद्धको 'आईपिभी' खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत यही जेठ १३ गतेबाट २६ गतेसम्म सो अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
आयुर्वेद शिक्षण अस्पताल बन्दै
लुम्बिनी प्रदेश सरकारले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पताल निर्माण गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले आयुर्वेद स्नातक तह (विएएमएस) सञ्चालन गर्दैआएको छ ।
एमाले गुल्मीको अधिवेशन जेठ २९ र ३० गते हुने
नेकपा (एमाले) गुल्मीको १२ औँ जिल्ला अधिवेशन यही जेठ २९ र ३० गते हुने भएको छ । एमाले गुल्मी जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाको अध्यक्षतामा मदन आश्रित स्मृति भवन तम्घासमा सम्पन्न ११ औँ बैठकले जेठ २९ र ३० गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
मक्का मदिना जाने हजयात्रीकाे बिदाइ
साउदी अरबको मक्का मदिनामा हज गर्न जाने बाँकेका हज यात्रीहरूलाई नेपालगन्जमा भव्यरुपमा बिदाइ गरिएको छ । स्थानीय बीपी चोकस्थित इदगाहमा उहाँहरूलाई आफन्त, जनप्रतिनिधि र समुदायका अगुवाहरुले बिदाइ गर्नुभयो ।
बिजुलीको सास्ती हट्यो
रुपन्देहीको सैनामैना नगरपालिका–९, पिपलडाँडामा ३३ केभिएको विद्युत् सबस्टेसन सञ्चालन भएपछि सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाका स्थानीय हजारौँ घरपरिवारले ‘लो भोल्टेज’ बाट मुक्ति पाएका छन् । विद्युत् सबस्टेसन नबन्दासम्म विद्युत् भोल्टेज नहुँदा निकै सास्ती पाएका स्थानीयले अहिले गर्मीयाममा भोल्टेजमा सुधार भएकोमा ठुलो सुविधा पुगेको बताएका छन् । सैनामैना नगरपालिका वडा नं. ९ का पूर्ववडाध्यक्ष डोलराज भण्डारीले सब–स्टेसन निर्माण भएपछि सैनामैना र कञ्चन गाउँपालिकामा लो भोल्टेज समस्या हल हुँदा गर्मीको समयमा जनतालाई राहत मिलेको बताउनुभयो ।
हिउँदे मकै भित्र्याउन भ्याइनभ्याइ
लमही नगरपालिका–४ निवासी सुन्दरलाल चौधरीले ११ कट्ठा जग्गामा गरेको हिउँदे मकै खेती भित्र्याउन अहिले व्यस्त हुनुहुन्छ । खेतबारीमा लगाइएको मकै तयार भएपछि चौधरीको परिवार मकै व्यवस्थापनमा जुट्नुभएको हो । वर्षमा दुई बाली मकै खेती गर्दै आउनुभएका चौधरीले राम्रो आम्दानीसमेत गर्दै आउनुभएको छ । यो वर्ष मकैको राम्रो घोगा लागेकाले आम्दानी बढ्ने आशामा रहनुभएका चौधरी मकै बिक्री गरेर घरायसी आवश्यकता पूर्तिसँगै बर्खे धान खेतीका लागि मल र बिउ किन्ने तयारीमा रहेको बताउनुहुन्छ ।
बच्चा बोकेर काफल बिक्री गर्दै महिला
दाङ घोराहीको न्यूरोड सडक किनारामा दुधे बालक काखमा राखेर काफल, काँक्रा तथा तरकारी बिक्री गर्दै रोल्पा रुन्टिगढी गाउँपालिका(४ स्थित सुर्पालकी बिपना बिक ।
निकुञ्जमा त्रियासी वटा कृत्रिम पोखरी निर्माण
बाघ संरक्षणका लागि स्थापना गरिएको देशकै कान्छो निकुञ्ज बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिसकिएको निकुञ्जले जनाएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत सुकेर जाने तथा त्यसपछि वन्यजन्तुलाई खानेपानीको निकै समस्या हुने गरेकोमा सो समस्या समाधान गर्न हालसम्म निकुञ्जभित्र ८३ वटा कृत्रिम पानीपोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनुभयो ।