बजेटमा दोहोरोपन नल्याउन प्रदेश सरकारलाई आग्रह
लुम्बिनी प्रदेश सरकारले लमही नगरपालिकामा बाली कटानी रिपोर्टिङका लागि चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी ५० हजार रुपियाँ बजेट विनियोजन गर्यो । सोही पालिका अन्तर्गत काम हुने गरी कृषि पशुपन्छी अनुगमनका लागि एक लाख रुपियाँ बजेट विनियोजन गरियो । जुन शीर्षकमा विनियोजन गरेको बजेट यदि आवश्यकता नै भएको खण्डमा वडा कार्यालयबाटै सहजै विनियोजन गरेर काम हुन सक्छ । सामान्य सिद्धान्त पालिकास्तरबाट हुन नसक्ने ठुला खालका योजना प्रदेश सरकारबाट सम्पन्न गर्ने भनिए पनि राजनीतिक पहुँच र भनसुनका आधारमा यति साना योजनामा पनि प्रदेश सरकारले लगानी गर्ने गरेको छ ।
नेपाल भारत जमुनाहा नाका दुई दिन बन्द
भारतको बहराईच जिल्लामा सोमवार हुने लोकसभाको निर्वाचनका लागि यहाँस्थित नेपाल भारत जमुनाहा नाका शनिबारदेखि बन्द गरिएको छ।
कमलले सजिएको ताल (फोटो फिचर)
बुद्धभूमि नगरपालिकाले पर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सुरु गरेको बुड्ढी ताल कमल फुलेर घुम्न लायक बनेको छ। नगरपालिकाको वडा नम्बर ४ मा रहेको ताल अहिले कमलका बोटले भरिभराउ छ ।
मौरीले टोक्दा दम्पती घाइते
तुलसीपुर उपमहानगरपालिका-३ अम्बासका एक दम्पती मौरीको टोकाइबाट घाइते भएका छन् ।
स्वास्थ्य शिविरमा १७ सयभन्दा बढीले सेवा लिए
गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालन भएको बृहत् नि:शुल्क स्वास्थ्य शिविरमा एक हजार ७५४ जनाले सेवा लिएका छन् ।
प्राचीन तिलौराकोटस्थित मौर्यकालीन पोखरीको उत्खनन
राजा शुद्धोधनको राज दरबार एवम् गौतम बुद्धले जीवनको २९ वर्ष बिताएको ठाउँ कपिलवस्तुको प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ ।
छड्के अनुगमन, तीन होटललाई जरिवाना
कपिलवस्तुमा राजमार्ग क्षेत्रका होटलमा छड्के अनुगमन गरिएको छ । बसमा सवार यात्रुलाई लक्षित गरी सञ्चालन गरिएका बुद्धभूमि नगरपालिकाका होटेलमा सरसफाइ, खाना–खाजाको गुणस्तर, मूल्य सूचि उपभोग्य बस्तुको म्याद लगायतको अनुगमन गरिएको छ ।
भगिनीसम्बन्धले फेरियो विद्यालयको मुहार
तुलसीपुर उपमहानगरपालिकामा रहेका दुई विद्यालयबिचको भगिनी सम्बन्धले विद्यालयको मुहार फेरिएको छ ।
तीन साहित्यकार पुरस्कृत हुँदै
बाँकेको तीन जना वरिष्ठ साहित्यकारलाई सुदूरपश्चिमाञ्चाल साहित्य समाजले पुरस्कृत गर्ने भएको छ ।
गाउँपालिकामा मातृ मृत्युदर घटाइँदै
बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको छ । नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जनप्रतिनिधिले जोड दिएका छन् ।
भैँसीलाई नदी तार्दै
नवलपुरको नन्दपुरस्थित नारायणी नदी पारि चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा चराउन लगेका भैँसीलाई नदी तार्दै गोठालाहरू । तस्बिर : रासस
दुई मासु पसललाई जरिवाना
बुटवल उपमहानगरपालिकाले दुई मासु पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा वध गर्ने गरेको भन्दै ती मासु पसललाई १०–१० हजार रुपियाँ जरिवाना गरेको हो ।
माछा मार्न जाल थाप्दै
नवलपुरको कावासोती नगरपालिका–१७ अमलटारीस्थित नारायणी नदीमा माछा मार्न जाल थाप्दै ।
कृष्णसार हेर्न मचान
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा आन्तरिक तथा बाह्य पर्यटकलाई कृष्णसार अवलोकनका लागि निर्माण गरिएको मचान [टावर] ।
किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ
दाङमा ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । दंगीशरण गाउँपालिका कृषि शाखाले गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको हो ।
बरघरलाई मेलमिलाप र अपराधसंहिता तालिम
थारु संस्कृति जोगाउँदै समुदायमा मेलमिलाप र अपराधका घटना निरुत्साहन गर्न बरघरलाई नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरिएको छ ।
कांग्रेसले संसदमा विकृति जन्मायो : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेसले संसदीय राजनीतिमा विकृति र गलत संस्कार भित्र्याएको आरोप लगाउनुभएको छ ।
दाङको बेलझुण्डीमा बस दुर्घटना, १० यात्रु घाइते
घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जाँदै गरेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्बरको बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।
बुटवल उपमहानगर पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा
रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। सबै सर्तहरू पूरा गरी बुटवललाई पूर्ण खोप सुनिश्चितता उपमहानगरपालिका घोषणा गरिएको हो ।
पठनमा शुद्धता ल्याउन शिक्षकलाई तालिम
सिद्धार्थनगर नगरपालिकाले विद्यार्थीको शुद्ध पठन, द्रुत पठनका लागि शिक्षकहरुका लागि तालिम कार्यशाला सञ्चालन गरेको छ । कार्यालयले आधारभूत तहदेखि नै विद्यार्थीको पठनमा शुद्धता र द्रुतता ल्याउनका लागि मेरो सेरोफेरो र अनिवार्य नेपाली विषयका शिक्षकहरुका लागि तालिम कार्यशाला सञ्चालन गरेको हो ।
'प्रदेश सरकार छाडा चौपाया व्यवस्थापनमा गम्भीर छ'
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले छाडा चौपाया व्यवस्थापनमा सहयोग गर्ने बताउनुभएको छ ।
रुखबाट लडेर महिलाको मृत्यु
पाल्पामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५, धाकरडाँडाकी ३१ वर्षीया मीना कुमारी लामिछानेमगर रहनुभएको प्रहरीले जनाएको छ ।
सबै दलको छलफलबाट राजनीतिक निकास आउँछ : मन्त्री अर्याल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सबै राजनीतिक दलको छलफलबाट राजनीतिक निकास आउने बताउनुभएको छ ।
विमानस्थलका सेवा सुविधा सुधारसम्बन्धी प्रतिवेदन बुझाउन अदालतको आदेश
नेपालगन्ज विमानस्थलमा क्यान्टिन, पार्किङ्, सेवाग्राहीले पाउनुपर्ने सुविधा लगायतमा विषयमा परेको रिटमा उच्च अदालतले अध्ययन समिति बनाएर प्रतिवेदन पेश गर्न आदेश दिएको छ।