• २६ पुस २०८१, शुक्रबार

कुकुर पाल्न नगरपालिकाको स्वीकृति

blog

तम्घास समाचारदाता

तम्घास, पुस २६ गते । सदरमुकाम तम्घासमा कुकुरले हैरान बनाएपछि कुकुर पाल्नका लागि नगरपालिकाको स्वीकृति अनिवार्य गरेको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीका अनुसार घरपालुवा कुकुरका लागि नगरमा अनिवार्य दर्ता हुनुपर्ने गरी कार्यविधि निर्माण गर्न लागेको बताउनुभयो । घरपालुवा कुकुरका लागि नगरपालिकामा अनिवार्य दर्ता गर्नुपर्ने र सामुदायिक अर्थात् भुस्याहा कुकुरको व्यवस्थापनका लागि बन्ध्याकरणका साथै रेबिज खोप लगाउने गरी तयारी गरेको उहाँको भनाइ छ । 

नगरभित्रका नागरिकबाट गुनासो आएका कारण कुकुर व्यवस्थापन गर्नका लागि अनिवार्य देखिएकाले सरोकारवालासँग पनि छलफल गरिएको उहाँको भनाइ छ ।