गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ७ गते । सीमा गुरुङ निर्देशित चलचित्र ‘रङ डेस्टिनेसन २’ को पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ । गायिका समीक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको प्रेमिल गीतमा सङ्गीत पनि गायक सुनारको रहेको छ । गीतका शब्द मुना शाहले लेख्नुभएको छ ।
नृत्यलाई प्राथमिकतामा राखेर निर्माण गरिएको चलचित्रमा आयशा तामाङ, किरण श्रेष्ठ, कालु राणा, आकी थेक्पा, उज्ज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतको अभिनय रहेको छ । चलचित्र फुलमुन मोसन फिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो ।