पर्यटकीय गन्तव्य बन्दै बाइसधारा
प्युठान नगरपालिका –९ स्थित पाखाचितिमा रहेको बाइसधारा बुलबुले मूल जिल्लाको पर्यटकीय क्षेत्रको रूपमा पहिचान बोकेको छ । प्रचार प्रसार र भौतिक पूर्वाधार विकास नहुँदा ओझेलमा परेको बाइसधारा बुलबुलेमा पछिल्लो समय आन्तरिक पर्यटक पुग्न थालेका छन् ।
विषय विज्ञसहितको टोलीद्वारा सामुदायिक विद्यालय अनुगमन
गुल्मीमा विषय विज्ञसहितको टोलीले सामुदायिक विद्यालयमा अनुगमन सुरु गरेको छ । शिक्षा विकास तथा समन्वय एकाइले वार्षिक कार्यक्रमअन्तर्गत यस जिल्लाका सामुदायिक विद्यालयहरुको अवस्थाबारे जानकारी लिने उद्देश्यसहित अनुगमन थालेको हो ।
‘लेफ्ट साइड वाइडनिङ कन्सेप्ट’ कस्तो बन्दैछ गोरुसिङ्गे चन्द्रौटा सडक
सडक निर्माण गर्दा जनताले सास्ती नपाउन भन्ने उद्देश्यले गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड “लेफ्ट साइड वाइडनिङ कन्सेप्ट” मा डिजाइन गरिएको छ । बुटवल नारायणगढ सडक निर्माणमा स्थानीय जनता र यात्रुहरुले पाएको सास्ती हटाउन नेपालमा पहिलो पटक नयाँ कन्सेप्ट प्रयोग गरिने भएको छ । बुटवल गोरुसिङ्गे सडक खण्डमा पनि यही कन्सेप्ट प्रयोग गर्ने सोच रहेको छ ।
मौलिक भेषभूषामा थारू युवती
दाङको घोराही उपमहानगरपालिका १५ स्थित शहीद मञ्चमा थारू कल्याणकारिणी सभाको आयोजनामा शुक्रबार भएको माघ सांस्कृतिक महोत्सवमा मौलिक भेषभूषामा सजिएर आएका तुलसिपुर उपमहानग
‘थारू समुदायको प्रतिनिधित्व सुनिश्चित’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले थारू समुदायको प्रदेशका हरेक निकायमा १४ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभएको छ ।
हात्तीपाइले रोगको जोखिम उच्च
हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियान प्रभावकारी नहुँदा बाँकेका तीन पालिका अझै पनि सो रोगको उच्च जोखिममा छन् ।
क्षमताभन्दा बढी कैदी
जिल्ला कारागार गुल्मीमा २५ जनाको क्षमता भएको कारागार छ तर त्यहाँ तीन गुणाभन्दा बढी कैदी बस्न बाध्य छन् ।
माघ सांस्कृतिक महोत्सव सुरु
दाङको घोराहीमा शुक्रबारदेखि माघ सांस्कृतिक महोत्सव सुरु भएको छ ।
सेरामिक इन्डस्ट्रिज प्रथम
बुटवलमा सञ्चालन भएको औद्योगिक व्यापार मेलामा सहभागी पाँच सय स्टलमध्ये नेपाल सेरामिक इन्डस्ट्रिज प्रालि प्रथम भएको छ ।
कालीगण्डकीमा बालिकाको शव फेला
नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी नदी किनारमा फेला परेको हो ।
सातौं विद्यालयस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
नेपालगन्जमा शुक्रबारदेखि सातौं विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप खेलकुद प्रतियोगिता सुरु भएको छ।
थारु गाउँबस्तीमा माघीको रमझम सुरु
माघि आउन अझै ११ दिन बाँकी रहेपनि पश्चिम नेपालका थारु बाहुल्य जिल्ला बाँके र बर्दियालगायतका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ ।
'उत्तरदायी र व्यवसायिक पत्रकारिता आवश्यक'
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सञ्चार क्षेत्रको सबलीकरणका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर सञ्चार ऐनलाइ संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ ।
चार लाखले गरे अवलोकन, २५ करोडको कारोबार
बुटवलमा पुस ३ देखि १८ गतेसम्म चलेको औद्योगिक व्यापार मेलालाई चार लाख दर्शकले अवलोकन गरेका छन् । २५ करोड रुपियाँको कारोवार भएको आयोजकले जनाएको छ ।
बायो ग्यास सञ्चालनमा समस्या
बायो ग्यास सञ्चालनका लागि फोहोर नपाउँदा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना भएको बायो ग्यास प्लान्ट समस्यामा परेको छ ।
बजेट अभावमा सिद्धार्थ क्रिकेट मैदान अधुरै
रुपन्देहीको भैरहवामा सरकारीस्तरबाट निर्माण गरिरहेको सिद्धार्थ क्रिकेट मैदान स्तरोन्नती गरी अन्तर्राष्ट्रिय स्तरको बनाउन सुरु गरेको करिब डेढ दशक बितिसक्दा समेत अधुरै रहेको छ ।
अस्पताल निर्माण सुस्त
पाल्पा जिल्लाका छ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको काम सुस्त गतिमा अगाडि बढेको छ । बजेट अभावका कारण निर्माण गर्ने समयावधि सकिँदासम्म पनि काम सक्ने अवस्था देखिएको छैन ।
गुलेरियाताल
दाङ, पुस १९ गते । दाङको घोराही उपमहानगरपालिका १७ स्थित कृत्रिम गुलेरिया ताल र घोराही बजार । घोराही उपमहानगरपालिकाभित्र बनेका दुई दर्जन बढी कृत्रिम बहुउपयोगी तालबाट कृषकहरु लाभान्वित भएका छन । तस्बिरः रासस
मेडिकल कलेजको नाम परिवर्तन, कर्मचारीद्वारा आन्दोलन चर्काउने चेतावनी
नेपालगन्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीले नेपालगन्ज मेडिकल कलेजको नाम र बोर्ड हटाएर अस्पताल व्यवस्थापन पक्षले रातारात सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको नाम र बोर्ड
आँखा शिविरबाट लाभान्वित
कपिलवस्तुको यशोधरा गाउँपालिकामा आयोजित तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित भएका छन् ।
सिक्टा सिँचाइ आयोजना: सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो, भौतिक प्रगति उन्नाइस वर्षमा ४१ प्रतिशत
आर्थिक वर्ष २०६१(६२ मा स्थापना भई काम सुरु भएको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति १९ वर्ष पुग्दा समेत ४१ प्रतिशत मात्र भएको छ । यी आयोजनाको प्रगतिबारे सरकारले सोच्नै पर्ने समय भएको स्थानीयहरूको माग छ । बाँके, पुस १९ गते । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको ४१ प्रतिशत निर्माणकार्य सम्पन्न भएको छ । आर्थिक वर्ष २०६१-६२ मा स्थापना भई आव २०६२-६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो । आयोजना सुरू भएको १९ वर्षपछि आव २०८१-८२ सम्म आइपुग्दा आयोजनाको जम्मा ४१ दशमलव ७९ प्रतिशत भौतिक प्रगति भएको छ । सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९-९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । उहाँले भन्नुभयो, “आव २०६१-६२ मा रू सात अर्ब ४५ करोड अनुमानित लागतबाट सुरू भएको आयोजनाको १९ वर्ष बितिसक्दा तीनपटक लागत अनुमान संशोधित हुँदै रू ५२ अर्ब ८९ करोडको बजेट पुगिसकेको छ ।” विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च हुँदा वित्तीय प्रगति ४० दशमलव ७६ प्रतिशत रहेको र भौतिक प्रगति ४१ दशमलव ७९ प्रतिशत मात्र पुगेको इञ्जिनियर अनिल पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवका लागि रू एक अर्ब ६० करोड बजेट विनियोजन भएकामा हालसम्म रू २३ करोड खर्च भएको छ ।इञ्जिनियर पोखरेलका अनुसार सिक्टा सिँचाइ आयोजनाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार सात सय ६६ हेक्टर जमिनमा पानी सिँचाइको लक्ष्य लिएको छ । पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ । पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । “बयालीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य लिइएको आयोजनाबाट १९ वर्ष बित्दा हालसम्म २१ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ”, इञ्जिनियर पोखरेलले भन्नुभयो, “पश्चिमी मूल नहरको ४५ दशमलव २५ किलोमिटर निर्माण काम सम्पन्न भइसकेको छ । पूर्वी मूल नहरको ५३ दशमलव ५० किलोमिटरमध्ये ३७ दशमलव ६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।”पश्चिमतर्फका शाखा–उपशाखा–प्रशाखाको ६० प्रतिशत निर्माण सम्पन्न भएको इञ्जिनियर पोखरेलले बताउनुभयो । उहाँका अनुसार नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने चार सय ४० हेक्टरमध्ये हालसम्म केवल एक सय ७५ हेक्टर जमिन अधिग्रहण गरिएको छ । चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा शाखाको लागत अनुमान सम्पन्न भई ठेक्का आह्वान भइसकेको छ ।तेत्तीस हजार सात सय ६६ हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पश्चिमी मूल नहरबाट हाल १७ हजार हेक्टरमा सिँचाइ पुगेको र नौ हजार हेक्टर सिँचाइ गर्ने लक्ष्य राखिएको पूर्वी मूल नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइको सुविधा उपलब्ध गराइएको छ । त्यसैगरी मूल नहरभन्दा माथिल्लो भागमा रहेका जग्गामा सिँचाइ उपलब्ध गराउन राप्तीसोनारीका कचनापुर, बालापुर र ढकेरी क्षेत्रमा चारवटा लिफ्ट सिँचाइ योजना सम्पन्न हुने चरणमा छन् ।राष्ट्रिय गौरवको आयोजना भए तापनि स्रोत सहमतिमा सहजता नहुनु, बजेट विनियोजनमा प्राथमिकता नहुनु, मानव स्रोत र नेतृत्वको स्थायित्व नहुनु, प्रचलित ऐन कानुनमा सरलता नहुनु, जग्गा प्राप्ति प्रक्रिया र वातावरण अध्ययन सर्वेक्षण कार्य छिटोछरितो नहुनु पनि आयोजना कार्यान्वयनमा समस्या हुने गरेको सिक्टा सिँचाइका पदाधिकारीको भनाइ छ ।
सिक्टा सिँचाइ आयोजनाः साढे २१ अर्ब खर्च, ४१ प्रतिशत काम
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको १९ वर्ष बित्दा २१ अर्ब ५५ करोड रुपियाँ खर्च भइसकेको छ । ४१ प्रतिशत मात्र भौतिक काम सम्पन्न भएको छ ।
नरैनापुरका धार्मिकस्थललाई पर्यटकीय गन्तव्य बनाइने
बाँकेको नरैनापुर गाउँपालिकामा रहेको विभिन्न धार्मिक स्थललाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ ।
कर्णाली विकास बैंकद्वारा निक्षेप फिर्ता गर्न सुरु
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न सुरु गरेको छ।