नेपालगञ्ज-गुलरिया सडक खण्डको पेडारीमा पक्कि पुल बन्ने
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा चारलेनको पक्कि पुल निर्माण हुने भएको छ ।
२२ जना फरार प्रतिवादी पक्राउ
जिल्ला प्रहरी कार्यालय प्युठानले चालु आर्थिक वर्षमा २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
शिक्षकलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी प्रशिक्षण
कोहलपुर नगरपालिकाले भूकम्पसम्बन्धि जनचेतना बढाउने उद्धेश्यले विद्यालय विपद् व्यवस्थापन सम्पर्क शिक्षकहरुलाई भूकम्प जोखिम न्यूनीकरण सम्बन्धी तालिम प्रदान गरेको छ ।
जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई
बाँकेको नरैनापुर गाँउपालिका जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि नेपालगन्ज ८ ले हात पार्न सफल भएको छ ।
कुटपिटबाट मजदुरको मृत्यु
कुटपिटबाट रुपन्देहीमा एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सियारी गाउँपालिका–७, हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको हो ।
लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र
दाङ, माघ ४ गते । दाङ देउखुरीको राप्ती गाउँपालिका ३ स्थित लुम्बिनी प्रदेशको प्रशासनिक केन्द्र । तस्बिरः रासस
च्यामाताल
बाँके, माघ ४ गते । बर्दियाको बाँकसगढी नगरपालिका वडा नं २ राँझा टापुमा रहेको च्यामाताल । मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको झण्डै सात हेक्टर क्षेत्रफलमा रहेको उक्त ताल सिमसार क्षेत्रमा पर्छ । तस्बिरः रासस
तीन लाख बालिकालाई क्यान्सरविरुद्ध खोप
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
वन्यजन्तुमैत्री बनाइँदै गोरुसिङ्गे सडक
बुटवल–गोरुसिङ्गे सडकलाई वन्यजन्तुमैत्री बनाइने भएको छ । बुटवल–गोरुसिङ्गे कुल ५० किलोमिटर सडक विस्तारका क्रममा करिब १५ किलोमिटर जङ्गल क्षेत्र पर्ने भएकाले उक्त क्षेत्रमा वन्यजन्तु वारपार गर्न मिल्ने गरी १९ स्थानमा अन्डरपास बनाइने भएको छ ।
‘ब्रेक थ्रु’ को पर्खाइमा सिद्धबाबा सुरुङ (फोटो फिचर)
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्ध बाबा सुरुङ मार्ग केही दिनपछि ब्रेक थ्रु हुँदै छ । पाल्पाको तिनाउ–३, स्थित सिद्ध बाबा सुरुङ मार्ग छिचोल्न अब डेढ मिटर मात्र बाँकी छ । आगामी माघ ११ गते विशेष कार्यक्रम गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु भएको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
विद्यालयको स्रोत जुटाउन तरकारी खेती
रुपन्देहीको सैनामैना नगरपालिका–२ मा रहेको कालिका आधारभूत विद्यालयको आर्थिक अवस्था कमजोर भएको भन्दै तरकारी खेती गरेर आर्थिक स्रोत जुटाउन अभियान नै थालिएको छ ।
बाँझो जग्गामा बाह्र लाखको किवी
बर्सौंदेखि वनमाराले ढाकेको शिरकोटको बाँझो जग्गामा ४० क्विन्टल किवी उत्पादन भएको छ ।
महिलाहरुलाई बाध्यवादन तालिम
सांस्कृतिक मौलिकता जोगाउने उद्देश्यले बुटवल उपमहानगरपालिका १५ सेमलारमा बाध्यवादन तालिम गरिएको छ ।
बाँकेमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम
बाँकेमा सशस्त्र प्रहरीले सञ्चालन गरेको ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमले नेपाल–भारत नाका क्षेत्रमा बसोबास गर्ने जनतासँग प्रहरीको सम्बन्ध सुदृढ हुन थालेको छ।
हुलाकी राजमार्ग अवरुद्ध
सडक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिने विषयमा सहमति नहुँदा मृतकका आफन्तले बिहीबार हुलाकी राजमार्ग अवरुद्ध गरेका छन् ।
सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन
जिल्लाको नरैनापुर गाउँपालिका–१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको आज उद्घाटन गरिएको छ ।
स्कुटर दुर्घटनामा एकको मृत्यु
स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नवजात शिशु मृत फेला
प्युठानको सरुमारानी गाउँपालिका वडा २ दर्भानमा आज बिहान नवजात शिशु मृत अवस्थामा भेटिएको छ । सालनाल समेत नकाटिएको अवस्थामा शिसु फेला परेको स्थानीयले जनाएका छन् ।
पाताल भूमेश्वरको तलाउ सङ्कटमा
नेपालकै लामो र गहिरो दाबी गरिएको पाताल भूमेश्वर गुफासँगै रहेको तलाउको पानी बर्सेनी घट्दै जान थालेपछि तलाउको अस्तित्व सङ्कटमा परेको छ ।
खुर्सानी खेतीबाट लाखौँको आम्दानी
व्यवसायिक खुर्सानीसँगै तरकारी खेती गर्न थालेपछि आर्थिक आम्दानी समेत वृद्धि भएको चौधरी बताउनुहुन्छ ।
बाँकेमा ३२ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले यस वर्ष बाँकेका किसानहरुसँग ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको छ ।
मोटरसाइकल एक आपसमा ठोक्किँदा दुईको मृत्यु
कपिलवस्तुको बाणगङ्गा नगरपालिकामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
थारू युवती
दाङ, माघ ३ गते । माघी मनाउने क्रममा मौलिक भेषभूषामा सजिएका दाङ देउखुरीको गढवा गाउँपालिका ७ स्थित झारबैराका स्थानीय थारू युवती । तस्बिर ः रासस
दाङबाट देखिएको धौलागिरि हिमाल
तुलसीपुर, माघ ३ गते । दाङको पर्यटकीय स्थल तुलसीपुर उपमहानगरपालिका १९ चिल्लीकोटबाट देखिएको धौलागिरि हिमाल । तस्बिर ः रासस