सडक स्तरोन्नतिको माग गर्दै स्थानीयको ध्यानाकर्षण
निस्दी गाउँपालिकाको मुख्य सडक स्तरोन्नतिको माग गर्दै स्थानीयले ध्यानाकर्षण गराएको छ । रामपुर–बेलडाँडा– ढुङ्गानाबेशी–मित्याल–अरुणखोला खण्डसडक सञ्चालनमा आएको बसौँ बित्दा समेत पाल्पा क्षेत्रमा स्तरोन्नतिको कार्यले गति नलिएको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको हो ।
कपिलवस्तुको सातौं शताब्दीको ऐतिहासिकस्थल सोनवागढ (फोटो फिचर)
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ मा अवस्थित सातौं शताब्दीको गुप्तकालीन ऐतिहासिक स्थल सोनवागढ ।
बौद्ध तीर्थस्थल लुम्बिनी
नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा परिचय गराउने दुई प्रमुख स्थलमध्ये पहिलो स्थल विश्वको सर्वोच्च शिखर सगरमाथा हो भने दोस्रो हो, विश्वशान्तिका महान् अग्रदूत भगवान् गौतम बुद्धको जन्मथलो लुम्बिनी क्षेत्र । भगवान् बुद्ध लुम्बिनीमा जन्मेकाले पनि नेपाल विश्व परिचित छ । हिन्दु धर्मावलम्बीका लागि काशी, मुसलमानका लागि मक्का मदिना र ख्रिस्टहरूका लागि जेरुसेलमले जुन स्थान ओगटेको छ, त्यस्तै बौद्ध धर्मावलम्बीका लागि लुम्बिनी क्षेत्र महत्त्वपूर्ण रहेको छ । बुद्धको जन्मस्थान लुम्बिनी भएकाले लुम्बिनी बौद्ध तीर्थस्थलका रूपमा विश्वमा चिरपरिचित छ । लुम्बिनी भगवान् बुद्ध सिद्धार्थ राजकुमारको जन्म भएको पवित्र स्थल हो । लुम्बिनी एउटा रमणीय, सुन्दर, राम्रो उपवनको नामले प्रसिद्ध छ । बुद्धत्व प्राप्त भएपछि बुद्ध स्वयंको धर्मदेशनाका सिलसिलामा लुम्बिनी
गुल्मीमा होटल व्यवस्थापनसम्बन्धी तालिम
गुल्मीको तम्घासमा होटल व्यवसायीलाई तालिम प्रदान गरिएको छ । यस जिल्लाका होटल व्यवसायीलाई साना तथा मझौला होटल व्यवस्थापन सम्बन्धी एक हप्तासम्म तालिम प्रदान गरिएको हो ।
ढोरपाटन सिकार आरक्षमा बढे पर्यटक
रुकुमपूर्व, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको राजस्व हरेक वर्ष बढ्ने क्रममा छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म चार करोड ४८ लाख १५ हजार राजस्व सङ्कलन भएको छ । गत वर्ष तीन करोड ४८ लाख मात्रै राजस्व सङ्कलन भएको थियो तर यो वर्षको असारसम्ममा गत वर्षको दोब्बर राजस्व सङ्कलन हुने अपेक्षा छ । कोरोना सङ्क्रमण, स्थानीयको विवादलगायतका कारण सिकारी आउन नसक्दा राजस्व सङ्कलन घटेको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढीबढाउमा सिकारी छानिने अवसरले राजस्व बढेको हो ।
खानेपानी सहज बन्दै
तानसेनमा खानेपानी समस्या समाधान हुँदै गएको छ । विगत दुई दशकदेखि खानेपानीको समस्या भोग्दै आएका तानसेनवासीले पछिल्लो समय सहज रूपमा खानेपानी पाउन थालेका हुन् । कालीगण्डकी खानेपानी आयोजनाबाट पर्याप्त पानी आएपछि तानसेनको खानेपानीको समस्या हट्दै गएको हो ।
तानसेनमा पर्यटक तान्ने कमलपोखरी
तानसेन नगरपालिका ७ मा रहेको पाल्पाकै प्रख्यात ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय महत्त्व बोकेको प्रभास तालको सौन्दर्यीकरण र संरक्षणमा चासो देखाउन थालिएको छ ।
राँझा विमानस्थलबाट १८ लाख बराबरको मोबाइल डिस्प्ले बरामद
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका २० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको जनाएको छ ।
नेपालगन्जका विद्यालय असार ७ गतेसम्म बन्द
नेपालगन्जको तापक्रम ४४ डिग्री सेल्सियस नाघेपछि विद्यालयको बिदा थप गरेर असार ७ गतेसम्मका लागि बढाइएको छ।
गर्मी बढेपछि डुडुवाका शैक्षिक संस्था बन्द
अत्यधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपालिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गतका सबै शैक्षिक संस्था बन्द गरेको छ ।
बाँकेमा जिल्ला व्यापी नकआउट फुटबल हुँदै
बाँकेमा जिल्लाव्यापी नकआउट फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
तरकारी खेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा
दाङ तुलसीपुर उपमहानगरपालिका-१२ डोक्रेनामा १० बिघा जग्गामा बक्सिङ खेलाडी राजु थापाले व्यावसायिक तरकारीखेती गर्नुभएको छ । दिउँसो र साँझ जागिर र होटेलतिर व्यस्त भए पनि बिहानको समय तरकारी खेतीलाई दिने गरेको उहाँ बताउनुहुन्छ ।
नेपालगन्जमा एक सय ५० नयाँ ‘ट्रान्सफर्मर’ थप्नुपर्ने
बाँकेको नेपालगन्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगन्ज विद्युत वितरण केन्द्रले जनाएको छ ।
सडक विकासले गाउँको मुहार फेरिँदै
देश सङ्घीयतामा गएसँगै गाउँगाउँमा स्थानीय सरकार बनेका छन् । सर्वसाधारण नागरिकले अहिले सबै सेवा सुविधाहरू गाउँमै भएको स्थानीय सरकारमार्फत उपभोग गर्न पाइरहेका छन् । स्थानीय सरकारमार्फत गाउँमा हुने गरेका विकासका कामबाट सर्वसाधारण खुसी छन् ।
मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने
मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक स्तरोन्नति कार्य गर्नका लागि जेठ १८ गतेदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो ।
अनियमित विद्युतको समस्या समाधानका लागि संयन्त्र
नेपालगन्जमा भइरहेको अनियमित विद्युतको समस्या समाधानका लागि सर्वपक्षीय संयन्त्र निर्माण गरिएको छ ।
तात्यो नेपालगन्ज, वर्षकै सबैभन्दा बढी ४४.२ डिग्री मापन
अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिकतम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो ।
नदी किनाराका विद्युत् टावर संरक्षण गरिँदै
नदीजन्य सामग्री उत्खनन गर्दा जोखिममा रहेका विद्युत्का टावर संरक्षण गरिने भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–७, भर्तापुर नाकाको नदीजन्य सामग्री उत्खनन गर्दा विद्युत्का टावर असुरक्षित बनेका छन् । जिल्ला समन्वय समितिको पहलमा अनुगमन तथा निरीक्षण गरी नदी तथा विद्युत् टावर संरक्षणका लागि सहकार्य गर्ने निर्णय गरिएको छ । तिनाउ खोलाबाट नदीजन्य सामग्री विद्युत् प्रसारण लाइनलाई असर नपर्ने गरी निकाल्नुपर्ने निर्णय गरिएको छ ।
विपन्नका लागि करिब आठ सय घर निर्माण
दाङ जिल्लामा आर्थिक रूपमा विपन्न समुदायका लागि पाँच वर्षको अवधिमा करिब आठ सय घर निर्माण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत दलित, मुस्लिम, पिछडा वर्गलगायत लोपोन्मुख समुदायलाई सुरक्षित आवास व्यवस्था गर्ने सरकारको उद्देश्य अनुसार पाँच आर्थिक वर्षको अवधिमा ७८९ वटा घर निर्माण गरिएको हो ।
बखडा टिप्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते
गुल्मीमा बखडा टिप्ने क्रममा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन् ।
मदन भण्डारी राजमार्गका चार वटा पुल निर्माणमा ढिलाइ
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मी जिल्लाको तम्घास–सिमलटारी खण्डमा चारवटा पक्की पुल निर्माणको कार्यमा ढिलाइ भएको छ ।
अटो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
तुलसिपुर उपमहानगरपालिका २ कुमलगढीमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
गोरखापत्रकर्मी खान सम्मानित
गोरखापत्र दैनिकका नेपालगन्ज समाचारदाता सिराज खानलाई भारतको हिन्दी पत्रकारिता दिवसको अवसरमा भारतको बहराईचमा सम्मानित गरिएको छ।
गुल्मीका स्थानीय तहको बेरुजु २९ करोडभन्दा बढी
गुल्मीका स्थानीय तहमा आर्थिक वर्ष २०७९-०८० मा २९ करोडभन्दा बढी बेरुजु देखिएको छ । यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीयमा २९ करोड २३ लाख ६० हजार रुपियाँ बेरुजु देखिएको बताइएको छ ।