रुपन्देहीको देवदह नगरपालिकाको दुवै पदमा एमाले विजयी
रुपन्देहीको देवदह नगरपालिकामा एमालेले जितेको छ । देवदहको मेयरमा पाँच दलीय गठबन्धनबाट मेयर उम्मेदवार काँग्रेसका क्षेत्रीय सभापति समेत रहेका हिराबहादुर खत्रीलाई हराउँदै एमालेका ध्रुव खरेल विजयी हुनु भएको हो ।
ठाकुरबाबाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी
बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार तिलकराम लम्साल विजयी हुनुभएको छ ।
बुटवलमा बम विस्फोट गराएको आरोपमा तीन पक्राउ
स्थानीय तह निर्वाचनको अघि बुटवलको मिलनचोकमा प्रेसकुकर बम विस्फोट गराउने तीनजना पक्राउ परेका छन् । जेठ १ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
बुटवलका प्रमुखमा काँग्रेसका खेलराजको अग्रता
स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार काँग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढ्नुभएको छ ।
रुपन्देहीको शुद्धोदनमा काँग्रेसका बस्याल र उपाध्यक्षमा एमालेकी ज्ञवाली विजयी
रुपन्देहीको शुद्धोदन गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार विष्णुप्रसाद बस्याल विजयी हुनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेकी शान्तादेवी ज्ञवाली विजयी हुनुभएको छ । १६ स्थानीय तह रहेको रुपन्देहीमा मतगणना सकिएको यो दोस्रो पालिका हो ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा काँग्रेस विजयी
क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका तप्तबहादुर पौडेल विजयी हुनुभएको छ ।
गुल्मीको कालीगण्डकीमा पुनः थापा विजयी
कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसका वेदबहादुर थापा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । प्रतिष्ठान विज्ञप्ती निकाल्दै हप्तामा छ दिन नै ओपीडी सेवा सञ्चालन गरी सेवा पु-याउने जनाएको हो ।
छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी
गुल्मीको छत्रकोटमा नेकपा एमालेका रामप्रसाद पाण्डे विजयी हुनुभएको छ । उहाँले छ हजार ५८६ मत ल्याएर विजयी हुनुभएको हो ।
प्रधानमन्त्री देउवाले गर्नुभयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । २५सय६६औँ बुद्धजयन्तीको अवसर पारेर प्रधानमन्त्रीले देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको हो ।
काँग्रेस लुम्बिनीका सहमहामन्त्री मुस्कानद्वारा राजीनामा
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल (मुस्कान) ले सहमहामन्त्री पदबाट राजिनामा दिनुभएको छ । स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो गृह जिल्ला अर्घाखाँचीमा कांग्रेसले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै उहाँले पदबाट राजीनामा दिनुभएको हो ।
रुकुम पूर्वको पुथा उत्तरगंगामा माओवादीका घर्ती निर्वाचित
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भुपेन्द्रा बुढा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सिस्नेको अध्यक्षमा माओवादीका रेग्मी र उपाध्यक्षमा एमालेका रेउले
रुकुम पूर्वको सिस्ने गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कृष्ण रेग्मी विजयी हुनुभएको छ । रेग्मीले ३ हजार ७७९ मत ल्याई जित हाँसिल गर्नुभएको हो ।
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार पुन र जिसी विजयी
दाङको बंगलाचुली गाउँपालिकामा गठबन्धनका उम्मेदवार बिजयी हुनुभएको छ । गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका तुलसीराम पुन (सुवास) र उपाध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर जिसी निर्वाचित हुनुभएको हो ।
पाल्पाको पूर्वखोला गाउँपालिकामा एमालेकामा एमालका थापा विजयी
पाल्पामा दुई वटा पालिकामा एमालेका उम्मेदवारले जित हासिल गरेका छन् । पूर्वखोला गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार नुनबहादुर थापा विजयी हुनुभएको छ । उहाँले ६ हजार ३९ मत ल्याएर विजयी हुनुभएको हो ।
विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्छु : नगरप्रमुख पन्थी
रेसुंगा नगरपालिका नव निर्वाचित नगर प्रमुख खिलध्वज पन्थीले आफ्नो पहिलो काम विपन्नहरुको जीवनस्तर उकास्ने रहेको बताउनुभयो । समृद्धि र समुन्नत नगरपालिका निर्माणको लागि आफु सबै भन्दा पहिले विपन्नहरुको जीवनस्तर उकास्नतर्फ लाग्ने बताउनुभयो ।
चन्द्रकोटमा माओवादी केन्द्रका युवराज केसी विजयी
चन्द्रकोट गाउँपालिकामा नेकपा (माओवादी) केन्द्रका युवराज केसी विजयी हुनुभएको छ ।
सुस्त गतिमा मतगणना कार्य हुँदै
शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना सुस्त गतिमा हुुँदा लुम्बिनी प्रदेशका पालिका प्रमुखहरूको नतिजा आउन सकेको छैन । गुल्मीको एक स्थानीय तहको प्रमुख र उपप्रमुखको नतिजा आए पनि अन्य पालिकाको आएको छैन । वडातर्फको नतिजा भने आउन थालेको छ ।
चन्द्रकोटमा माओवादी केन्द्रका युवराज केसी भारी मतले विजयी
चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रका युवराज केसी विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले ३ हजार २४७ मत प्राप्त गर्नुभयो ।
बौदीकाली गाउँपालिका अध्यक्षमा एमालेको ओझा निर्वाचित
होमराज रानाभाटनवलपरासी, जेष्ठ १ गते । नवलपरासी पुुर्बमा रहेका चार गाउँपालिकामध्ये बौंदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार प्रकाशन ओझा निर्वाचित हुनुभएको छ । आज दिउँसो सार्बजनिक भएको मतपरिणामअनुुसार एमालेका ओझा ३ हजार ९७६ मतका साथ अध्यक्षमा निर्बाचित हुुनुुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका खडग्बहादुुुर राना मगरले ३ हजार ५४१ मत प्राप्त गर्नुुभएको थियो । यसैगरी उपाध्यक्षमा एमालेका डिलकुुमारी सारु मगरले ३ हजार ९६२ मतका साथ बिजयी हुुनुुभयो । काग्रेसका धनकान्ती घिमिरेले ३ हजार ५०६ मत प्राप्त गर्नुुभएको थियो । २०७४ को निर्बाचनमा काग्रेसले जित हात पारेको थियो ।साथै ६ वटा वडा रहेको सो गाउँपालिकामा काग्रेसले दुुई वडा अध्यक्षसहित प्यानल र एमालेले चार वडा अध्यक्षसहित प्यानलमा जित हात पारेको छ ।
गुल्मीको छत्रकोट-१ मा कांग्रेसको प्यानल विजयी
गुल्मी, जेठ १ गते। गुल्मी छत्रकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। कांग्रेसका वडा अध्यक्ष उम्मेदवार घनश्याम न्यौपानेको प्यानल नै विजयी भएको हो। न्यौपानेले एमालेका वडाध्यक्ष उम्मेद्वारलाई ३९५ मतले पराजित गर्नुभएको छ। न्यौपाने १३ सय १८ मतसहित वडाध्यक्षमा निर्वाचित हुनुभएको हो। उहाँंका निकटतम प्रतिद्वन्द्वी एमालेका रणबहादुर पल्लीले ९२३ मत ल्याउनुभएको छ। अध्यक्ष न्यौपानेसहित वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो।
गोरखापत्रका सबै प्रकाशनलाई प्रविधिमैत्री बनाउँछौ : अध्यक्ष सुवेदी
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुवेदीसहितको टोलीले बुटवलमा रहेको लुम्बिनी प्रदेश कार्यालयको अवलोकन गरेको छ । आइतबार भएको कार्यक्रममा कार्यकारी अध्यक्ष सुवेदी, प्रशासन प्रमुख ओम भुसाल र कमला श्रेष्ठलाई कार्यालयमा स्वागत तथा सम्मान गरिएको छ ।
मतगणनामा फर्जी मतपत्र भेटिएपछि झपड, पाँच जना घाइते
रेखीराम रानापाल्पा, जेठ १ गते । मतगणनाको विषयमा विवाद भएपछि पाल्पाको रम्भामा प्रहरी र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । भीड नियन्त्रण गर्न नसकेपछि शसत्र प्रहरी र नेपाल प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । भीड नियन्त्रण गर्ने क्रममा प्रहरीतर्फ तीन जना र दुई जना अन्य सहभागी घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रम्भा–५, ताहुँको मत गणना गर्ने क्रममा ७४ वटा फर्जी मतपत्र भेटिएको गठबन्धनमा आबद्ध दलहरूको आरोप छ । गठबन्धनमा आबद्ध दलहरू विज्ञप्ति निकाल्दै पुनः मतदान गर्नुपर्ने र मतदान अधिकृतलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । विवाद भएको विषयमा सहमतिका लागि पटक–पटक छलफल भएपनि निष्कर्ष निस्कन सकेको छैन । मतगणना गर्ने क्रममा फर्जी भेटिएको मतपत्र बारेमा दलका नेताहरूबीच छलफल भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिनुभयो । आइतबार बिहान दलका नेताहरू बसेर मतपत्र सङ्ख्याको यकिन गरेपछि कसरी अगाडि बढ्ने भन्ने सहमति भएको थियो उहाँले भन्नुभयो । तर मतगणना गर्ने कर्मचारीले पतपत्रको हिसाब मिलाउन नसकेपछि विवाद बढेको हो । विवाद बढेपछि भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो । अहिले भने भीड नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।
स्वतन्त्र उम्मेदवार मल्ल विजयी
मुकुन्द सुवेदीबर्दिया, जेठ १ गते । बर्दियाको मधुवन नगरपालिका ३ मा बागी उम्मेदवार वडा अध्यक्षमा विजयी हुनुभएको छ । वडाध्यक्षमा बागी स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मधुवन नगरपालिकाका ४७ वर्षीय नारायण मल्ल अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार होमबहादुर चौधरीले ७ सय ७ मत प्राप्त गर्नुभएको छ । चौधरीलाई १९ मतले पछि पार्दै मल्ल विजयी हुनुभएको हो । वडा अध्यक्षमा निर्वाचित मल्लले ७ सय २६ मत ल्याउनुभएको छ । यसअघिको स्थानीय निर्वाचनमा उहाँ काँग्रेसको तर्फबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । उक्त वडामा नेकपा एमालेका उम्मेदवार बासुराम थारुले ५ सय ४९ मत प्राप्त गर्नुभएको छ ।कांग्रेसले वडाध्यक्षमा टिकट नदिएपछि मल्ले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको थियो । टिकट वितरणमा असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका मल्लसहित ६४ जनाले कांगेसको क्रियाशील सदस्यले राजिनामा दिएर वडाध्यक्षमा उमेदवारी दिनुभएको थियो ।