• ६ जेठ २०८१, आइतबार

बुटवलका प्रमुखमा काँग्रेसका खेलराजको अग्रता

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ ४ गते ।
रुपन्देहीको एकमात्र उपमहानगर बुटवलमा नेपाली काँग्रेसले फराकिलो मतान्तर बनाएको छ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा बुटवलका प्रमुख पदका उम्मेदवार कांग्रेस नेता खेलराज पाण्डेयले मतान्तरलाई फराकिलो बनाउँदै अघि बढ्नुभएको छ ।

बुटवल उपमहानगरपालिकामा २७ हजार ५५७ मतगणना भइसकको छ । काँग्रेसका खेलराज पाण्डेयले १५ हजार ५८९ र नेकपा एमालेका बाबुराम भट्टराई १० हजार ५७६ पाउनुभएको छ । काँग्रेस एमालेको मतान्तर पाँच हजार १३ पुगेको छ ।

यस्तै, राप्रपा मृगे्रन्द्र शेरचन दुई हजार ६४० मत पाउनुभएको छ । उपप्रमुखमा एमाले सावित्रा अर्याल ११ हजार ७२५, नेकपा एस चिनबहादुर गुरुङ आठ हजार ६४१ मत रहेको छ । मतान्तर तीन हजार ८४  छ ।

यहाँ १९ र १८ एमालेले जितेको छ भने १ मा स्वतन्त्रले जितेको हो । त्यस्तैगरी २ मा समाजवादी, ३ मा माओवादी केन्द्र ४, ५, ६, ७, १५, १६ र १७ मा काँग्रेसले जितेको छ ।

वडा नं. १ मा नरेन्द्र बस्नेत, २ मा सुनिल शाक्य, ३ मा विष्णु ढकाल, ४ मा नरिश्वर शर्मा, ५ मा हरि श्रेष्ठ तथा १९ मा चन्द्रसिंह थापा, १८ मा गुरु पंगेनी, १७ मा ज्ञानबहादुर रेश्मी र १६ मा कृष्णप्रसाद पौडेल विजयी हुनुभएको छ । त्यस्तै, वडा नं. ६ मा लोकनाथ न्यौपाने, ७ मा पदम गाहा, र १५ मा शिव रानाले जित्नुभएको छ ।

१९ वटा वडा रहेको बुटवलमा अहिलेसम्म १, २, ३, ४, ५, ६, ७, १५, १६, १७, १८ र १९ को नतिजा सार्वजनिक भइसकेको छ । अहिले वडा नं. १४ र ८ को मतगणना जारी छ ।