• ५ जेठ २०८१, शनिबार

चन्द्रकोटमा माओवादी केन्द्रका युवराज केसी भारी मतले विजयी

blog

चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा विजयी माओवादी केन्द्रका युवराज केसी । तस्बिर : गोरखापत्र

तिलाचन पाण्डे

तम्घास, जेठ २ गते । चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रका युवराज केसी विजयी हुनुभएको छ । उहाँले ५ हजार ७ सय मत ल्याएर विजयी भएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चेतन बस्नेतले ३ हजार २४७ मत प्राप्त गर्नुभयो ।

यस्तै उपाध्यक्षमा माओवादी कांग्रेसको गठबन्धनबाट काँग्रेसका विष्णु भण्डारीले ५ हजार १६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेकी राधिका अर्यालले ३ हजार ८१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।