• ८ वैशाख २०८१, शनिबार

गुल्मीको कालीगण्डकीमा पुनः थापा विजयी

blog

कालीगण्डकी गाउँपालिकामा अध्यक्षमा विजयी नेपाली कांग्रेसका बेदबहादुर थापा । तस्बिर : गोरखापत्र

तिलाचन पाण्डे

तम्घास, जेठ ३ गते । कालीगण्डकी गाउँपालिकामा नेपाली काँग्रेसका वेदबहादुर थापा दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ । उहाँले ४ हजार ८१० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका रामजी ढकालले ४ हजार ६७७ मत ल्याउनुभएको हो ।

यस्तै उपाध्यक्षमा  माओवादी केन्द्रकी मञ्जु दर्लामी मगर विजयी हुनुभएको छ । उहाँले  ४ हजार ४८४  मत प्राप्त गर्नुभएको हो । उहाँकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी तारा थापाले ४ हजार ३८४ मत प्राप्त गर्नुभएको हो ।