बाँकेमा निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन
बाँकेमा स्थानीय तह निर्वाचनका लागि चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । खुला सीमानाका कारण बाँकेमा निर्वाचन सुरक्षा निकायको लागि ठूलो चुनौती रहेकोले सो चुनौतीको सामना गर्न जिल्लामा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको हो ।
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार बिरामी
झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
उम्मेदवार मृत्युपछि आज मनोनयन दर्ता
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो ।
उद्घाटन हुँदै पाँच हजार क्षमताको लुम्बिनी अन्तर्राष्ट्रिय सभाहल
लुम्बिनीमा निर्माण सम्पन्न गरिएको पाँच हजार मानिस अट्ने क्षमताको सभाहल र ध्यान केन्द्रको निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त ध्यान केन्द्रको जेठ २ गतेको बुद्ध जयन्तीका दिन उदघाटन गरिने लुम्बिनी विकास कोषले जनाएको छ ।
नसुधारिएको बालसुधारगृह
कानुनी विवादमा परेका बालबालिकालाई सुधार गर्न २०७५ भदौ ५ गते भैरहवामा बालसुधारगृह स्थापना भयो । सङ्घीय सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहयोगमा सिद्धार्थनगर—७ गार्गी पथमा स्थापित बालगृह ६० जना क्षमताको भए पनि १०२ बालक सो गृहमा छन् ।
सीमा नाका आजदेखि बन्द हुँदै
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ । भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो । यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिने उहाँले बताउनुभयो ।
प्रशासनिक सेवा बन्द
जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता वितरणलगायतका सेवा बन्द रहने जनाएको छ । स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता, नाबालक परिचयपत्र, पेन्स
भ्रष्टाचार विकासको बाधक : डा.भण्डारी
नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनु भएको छ ।कतिपय स्थानीय तहमा भ्रष्टाचार र वेथिति मौलाएको भन्दै उहाँले भ्रष्टाचार मुलुकको विकासको सबै ठूलो चुनौती बनेको छ भन्नुभयो ।
‘मोतिपुर औद्योगिक क्षेत्रका स्थानीयलाई विस्थापन गरिँदैन’
गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ । रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।
बुद्धजयन्ती भव्य रूपमा मनाइने
लुम्बिनी विकास कोषले २५६६औँ बुद्धजयन्ती भव्यतासाथ मनाउने भएको छ । आइतबार लुम्बिनीमा कोषले आयोजना गरेको पत्रकार अन्तत्र्रिmया कार्यक्रममा बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती र लुम्बिनी दिवस भव्य रूपमा मनाउने जनाएको छ ।
मृत्यु भएका मतदाताको नाम हटाइएन
दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो ।
उम्मेदवारका प्रतिबद्धता कार्यान्वयनका लागि लिखित करारनामा
निर्वाचनको बेलामा गरिएका प्रतिबद्धता पूरा गराउन मतदाताले उम्मेदवारहरुसँग लिखित करारनामा गराउन थालिएका छन् ।
मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेदवार घरघरमा
तिलोत्तमाको प्रमुख पदका उम्मेदवार रामकृष्ण खाँणले निर्वाचनमा नयाँ मतादाता तथा ज्येष्ठ नागरिकले आफुले चाहेको निर्वाचन चिह्नमा कसरी मतदान गर्दा बदर हुँदैन भनेर सिकाउन जनताकै घरदैलोमा पुगेको बताउनुभयो ।
समन्वय नै समृद्धिको आधार
‘नेपाल गाउँ नै गाउँले बनेको मुलुक हो । गाउँलाई नै आधार बनाएर योजना बनाउनुपर्दछ । गाउँबाटै विकासको मूूल फुटाउनुपर्दछ ।’पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनको क्रममा नेताहरूको यो भनाइ धेरै लोकप्रिय बनेको थियो । यो भनाइमा केन्द्रीकृत अधिकार विकेन्द्रित हुनुपर्दछ र गाउँघरबाटै जनताले शासकीय सेवा पाउनुपर्दछ भन्ने मर्म झल्किन्थ्यो । आन्दोलनका दौरान नेताहरूले देखेको सङ्घीय शासन व्यवस्थाको त्यो सपना अहिले आएर पूरा भएको छ ।
विरासत र प्रतिष्ठा जोगाउने दाउमा दल
स्थानीय तहको निर्वाचनमा दाङका दुई उपमहानगरमा विरासत र प्रतिष्ठा जोगाउन दलहरू तल्लीन देखिन्छन् । अहिले नेकपा एमाले आफ्नो विरासत जोगाउन लागेको छ । गठबन्धनका दलहरूका लागि दुवै उपमहानगरको निर्वाचन प्रतिष्ठा जोगाउन जुटेका छन् ।
निर्वाचन आचारसंहिता कार्यान्वयनमा नरैनापुर गाउँपालिका उदाहरणीय
सिराज खाननेपालगञ्ज, वैशाख २३ गते । निर्वाचन आचारसंहिता कार्यान्वयनमा बाँकेको नरैनापुर गाउँपालिका जिल्ला भरिकै पालिकाहरुका लागि उदाहरणीय बनेको छ ।दलहरुसँग गरिएको सामान्य आग्रहकै भरमा सो गाउँपालिकामा पूर्ण रुपमा निर्वाचन आचारसंहिता कार्यान्वयन भइरहेको नरैनापुरका निर्वाचन अधिकृत रेशम आचार्यले बताउनुभयो ।पालिकामा आचारसंहिता पूर्ण रुपमा पालना गराउन दल र उम्मेदवारहरु नै निकै गम्भीर भएर लागिपरेको उहाँले जनाउनुभयो । बाँकेका अन्य पालिकाबाट आचार संहिता उल्लङ्घन भएको सुनिए पनि नरैनापुरमा पूर्ण पालना भैरहेकोमा खुशी लागेको समेत आचार्यको भनाइ छ ।‘हामीले दल तथा उम्मेदवारले गरिरहेका निर्वाचन लक्षित गतिविधिमा देखिएका सामान्य त्रुटिलाई मौखिकरुपमै औंल्याइदिन्छौं । उहाँहरु निर्वाचन आचारसंहिता कार्यान्वयनमा सचेत हुनुहुन्छ । सबैको सहयोगले निकै सजिलो भएको छ,’ निर्वाचन अधिकृत आचार्यले भन्नुभयो ।जिल्लाकै सबैभन्दा दुर्गम र पिछडिएको मानिने सो गाउँपालिकामा सुरुमा खटिँदा काम गर्न गाह्रो हुन्छ कि भन्ने लागेकोमा अहिले त निकै सजिलो र सहज भएको उहाँले बताउनुभयो ।नरैनापुरमा दलहरुले आचारसंहिताको पालना गर्न सक्रिय सहयोग गरिरहेका छन् भने प्रहरीले पनि निकै सक्रियता देखाएको छ । अध्यक्ष पदका उम्मेदवार इश्तियाक अहमद शाहले आचारसंहिता पालना गर्न सबै कार्यकर्ता र समर्थकलाई गम्भीर रुपमा निर्देशन दिइएको बताउनुभयो ।उहाँले अन्य दलका उम्मेदवारहरुले पनि सो कार्यमा राम्रो सहयोग गरिरहेको पाइएको बताउनुभयो ।यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार रामचन्द्र मौर्यले पनि आचारसंहिता पालना र शान्तिपूर्ण प्रतिस्पर्धा गर्न सबै नेता कार्यकर्तालाई कडा निर्देशन दिइएकाले राम्रो परिणाम आएको बताउनुभयो ।उता, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक बीरबहादुर सुनारले आचारसंहिता कायान्वयनमा कडाई गरिएको जनाउँदे आफ्नो क्षेत्रमा आचारसंहिता विपरीतका कुनै पनि गतिविधि हुन नदिएको बताउनुभयो ।वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण सम्पन्न गर्न सबै दल र उम्मेदवारहरु प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
निर्माण नसकिँदै उद्घाटन गरिएको तिलोत्तमा भ्यूटावरमा प्रवेश निषेध
एमालेका अध्यक्ष केपी ओलीले गतवर्ष चैत्त १५ गते उक्त भ्यूटावरको तामझामका साथ उद्घाटन गर्नुभएको थियो । टावरको माथिल्लो भागमा पुगेर ओलीले दुर्विनबाट वरिपरिको दृष्य नियालेपछि यसको चासो सर्वत्र बढेको थियो । एमाले नेतृत्वको सरकारले जनताका आधारभूत कुरामा ध्यान नदिएर भ्यूटावरमा राज्यको पैसा खन्याएको भन्दै त्यो बेला सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरुमा व्यापक आलोचना पनि भएको थियो ।
काईनेटिक ढुङगा सहित एक युवा पक्राउ
जाजरकोट ,वैशाख २३ गते । अवैध रुपमा विक्रीका लागि लैजाँदै गरेको काईनेटिक ढुङगा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका– ६ गर्खाकोटका २२ वर्षीय सुरत सिंहलाई पक्राउ गरिएको जनाएको छ ।प्रहरी चौकी छेडाबजारले सवारीसाधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका– १ छेडाबजारमा प्लास्टिक झोला भित्र काईनेटिक ढुङगा (पत्थर) नौ किलोग्राम पाँच सय ग्राम बरामद गरि युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्वरको बोलेरो पिकअप जीपमा सवार युवालाई कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत पठाईएको प्रहरीले जनाएको छ । जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिकामा वहुमुल्य पत्थरखानीहरु प्रसस्तै मात्रामा पाइने गरेको स्थानीयबासीको भनाई छ ।
तालमेलको इमान्दारीपूर्वक पालना गर्न महामन्त्री शर्माको आग्रह
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारीपूर्वक पालना गर्न आग्रह गर्नुभएको छ । कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
मतदाता शिक्षा दिँदै घरदैलो
पाल्पामा उम्मेदवार तथा दलका कार्यकर्ता मतदाता शिक्षासहित घरदैलो अभियानमा व्यस्त बनेका छन् । निर्वाचन आयोगले यस पटक मतदाता शिक्षा सचेतना सञ्चालन नगरेपछि मत बदर हुने आशङ्काले विभिन्न दलका उम्मेदवार तथा कार्यकर्ता मतदाता शिक्षासहित भोट माग्न व्यस्त बनेका हुन् ।
अठचालीस किलोमिटर सडक कालोपत्रे
दाङमा तीन वर्षको अवधिमा सङ्घीय सरकारको बजेटमा ४८ किलोमिटर सडक निर्माण भएको छ । जिल्लामा सघन सहरी तथा भवन निर्माण आयोजनाले तीन वर्षको अवधिमा ४८ किलोमिटर सडक कालोपत्रे गरेको हो । आयोजना सुरु भएदेखि हालसम्म ठूला आयोजनामार्फत सडक निर्माण गरेको र साना काम पनि भइराखेको आयोजनाले जनाएको छ । यसमध्ये ४२ किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर अन्तिम तयारीमा रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख खड्गबहादुर चौधरीले जानकारी दिनुभएको छ ।
रोल्पाको माडीमा कांग्रेस उम्मेदवार डाँगी घाइते
रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा ९एमाले०का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइेत हुनुभएको छ । तालाबाङ बजारमा चुनावी सभा सकेर फर्कने क्रममा झडप भएको हो । डाँगीलाई रड प्रहार गरी सख्त घाइते बनाएको कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति गोपाल घर्तीले जानकारी दिनुभयो । उहाँलाई उपचारका लागि दाङतर्फ लगिएको छ ।
छ वर्षदेखि पुल निर्माण अलपत्र
पश्चिम नवलपरासीको सुनवल गौरीघाटदेखि रुपन्देहीको केरवानी जोड्ने गरी कचरार खोलामा बन्न लागेको पुलको निर्माण कार्य छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । नवलपरासीको वडा नम्बर ७ को सुनवल गौरीघाटलाई रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ४ को केरवानीसँग जोड्ने गरी दुई जिल्लाको सिमानाका रूपमा रहेको कजरार खोलामा पाँच वर्ष पहिला सडक डिभिजन कार्यालयको रेखदेखमा पुल निर्माण सुरु गरिएको थियो । पुलको दुईतर्फका पिल्लर मात्र बनेको छ भने निर्माण सामग्री यत्रतत्र फालिएको अवस्थामा रहेको सुनवल नगरपालिका–७ का स्थानीयवासी दीपक सुनारले बताउनुभएको छ ।
गृहमन्त्री खाणद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण
बुधबार बिहान निरीक्षण गरी गृहमन्त्री खाणले अन्तर्राष्ट्रिय फ्लाइटबारे जानकारी लिनुभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिनुभयो ।