• १२ साउन २०८१, शनिबार

बाँकेको राप्तीसोनारी गाउँपालिकामा काँग्रेस विजयी

blog

राप्तीसोनारी गाउँपालिकामा विजयी तप्तबहादुर पौडेल र मनिषा सिंह थारु । तस्बिर : गोरखापत्र

बाँके समाचारदाता

बाँके, जेठ ३ गते । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा ठूलो गाउँपालिकाको रुपमा रहेको बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका तप्तबहादुर पौडेल विजयी हुनुभएको छ । पौडेल १० हजार ११२ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकै मनीषा सिंह थारु विजयी हुनुभएको छ । उहाँ १० हजार १३४ मत प्राप्त गरी उपाध्यक्षमा विजयी हुनुभएको हो । अध्यक्षमा विजयी हुनुभएका पौडेल नेपाली काँग्रेस बाँकेको निवर्तमान सचिव हुनुहुन्छ । 

उपाध्यक्षमा नेकपा एमालेका चमेली वाकवलले ९ हजार ३४१ र नेकपा माओवादी केन्द्रका मञ्जु रोकायले ८ हजार ७९३ मत प्राप्त गर्नुभएको छ । गाउँपालिकाको उपाध्यक्षमा राप्तीसोनारीका ९ वटा वडामध्ये ५ वडामा नेकपा एमाले, ३ वडामा नेकपा माओवादी केन्द्र र १ वडामा राप्रपा विजयी भएको छ ।