• ६ जेठ २०८१, आइतबार

ठाकुरबाबाको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी

blog

चाँदनी आचार्य
ठाकुरद्धारा जेठ ४ गते ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार तिलकराम लम्साल विजयी हुनुभएको छ ।

काँग्रेसका उम्मेदवार लम्सालले नौ हजार ४२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का नेत्रराज आचार्यले छ हजार एक मत प्राप्त गरी पराजित हुनुभएको छ ।  लम्साल दुई हजार २२४ मतान्तरले विजयी हुनुभएको हो ।

त्यसैगरी, उपप्रमुखमा नेकपा (एमाले)का विना भट्टराई विजयी हुनुभएको छ । भट्टराईले आठ हजार १७६ मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मञ्जु कुमारी चौधरीले सात हजार ६७४ मत ल्याउनुभयो । ठाकुरबाबा नगरपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अलग–अलग चुनाव प्रतिस्पर्धा गरेका थिए ।