• १३ जेठ २०८१, आइतबार

सन्धिखर्क नगरपालिकामा एमालेका मेयर उपमेयर विजयी

blog

गणेश खनाल

अर्घाखाँची, जेठ ४ गते । सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा (एमाले) का उम्मेदवार कृष्णप्रसाद श्रेष्ठ र मिश्रा आचार्यको बिजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट काग्रेसका मेयर पदकी उम्मेदवार शान्ता भण्डारी र उपमेयरमा गठबन्धन तर्फबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्र भुसाल पराजित हुनुभयो । 

६ स्थानीय तह रहेको जिल्लामा मालारानी गाउँपालिकामा एमालेका उम्मेदवार दलबहादुर भट्टराई, उपाध्यक्षमा दिपा प्रोखरेल, छत्रदेव गाउँपालिकामा काग्रेसका चन्द्रमान श्रेष्ठ, एमालेबाट मनि पन्थि विजयी हुनुभएको छ । 

त्यस्तै, छत्रदेव गाउँपालिकामा एमालेका टेकराज गैरे अध्यक्ष, उपाध्यक्षमा नर्मदा पौडेल, भुमिकास्थान नगरपालिका जनमोर्चाका झविलाल थापा र उपमेयरमा माओवादीका बालकृष्ण बजान्डे विजयी हुनुभएको छ । सितगंगा नगरपालिकामा मतगणना जारी रहेको छ ।