• ५ जेठ २०८१, शनिबार

रुकुम पूर्वको पुथा उत्तरगंगामा माओवादीका घर्ती निर्वाचित

blog

गाउँपालिका अध्यक्षमा निर्वाचित घर्ती । तस्बिर : राजु लामिछाने

राजु लामिछाने 

रुकुम पूर्व, जेठ २ गते । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा पुनिराज घर्ती  र उपाध्यक्षमा भुपेन्द्रा बुढा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । घर्तीले ३ हजार ९ सय १३ मत ल्याएर नेपाली कांग्रेसका तेजेन्द्र बुढालाई हराउँनुभएको हो । कांग्रेसका बुढाको पक्षमा २ हजार १ सय १३ मत आएको छ  ।

उपाध्यक्षमा निर्वाचित भुपेन्द्रा बुढाले ४ हजार ५९ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कमला शाही मल्लले २ हजार १० मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार रहनुभएका बागलाल बुढा र उपाध्यक्ष पदका उम्मेदवार धर्म घर्ती बुढा तेस्रो स्थानमा हुनुभएको छ । १४ वडा रहेको पुथा उत्तरगंगा गाउँपालिकामा माओवादीले ११ वडा जितेको छ भने २ एमालेले र १ कांग्रेसले जितेको छ ।