दानापुर तालमा पर्यटकहरुको चहलपहल
रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा रहेको दानापुर तालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्दैगएको छ । कोरोना संक्रमणको करिव दुई बर्षसम्म सुनसानजस्तै बनेको दानापुर तालमा अहिले घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको हो ।
ग्याँस सिलिण्डर पड्केर बालिकाको मृत्यु
ग्याँस सिलिण्डर पड्केर तनुहँमा एक बालिकाको मृत्यु भएको छ । भिमाद नगरपालिका –९ च्यानडाँडा बस्ने शिवनारायण केसीको छोरी ११ वर्षिया सुवेक्षा केसीको शुक्रबार साँझ नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
यात्रु बोक्ने एम्बुलेन्सलाई कारबाही
भाडामा यात्रु ओसारपसार गरेका कारण एक एम्बुलेन्स कारबाहीमा परेको छ । जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले भाडामा यात्रु बोकेको भन्दै ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।
सूर्यनारायण पुरस्कारबाट बेनीका अग्रज कलाकारद्वय श्रेष्ठ सम्मानित
ठाकुरप्रसाद आचार्यम्याग्दी, जेठ २१ गते । सूर्यनारायण पुरस्कार संस्था बेनी म्याग्दीले दुईजना अग्रज कलाकारलाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्वय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो । बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति, कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै श्रेष्ठद्वयलाई जनही २० हजार रुपियाँसहित पुरस्कार दिइएको छ । प्रत्येक दुई वर्षमा एकजनालाई प्रदान गरिने पुरस्कार कोरोनाका कारण २०७६ र २०७८ मा प्रदान गर्ने पुरस्कार एकैपटक प्रदान गरिएको संस्थाले जनाएको छ । सम्मानित श्रेष्ठद्वय बेनी नगरपालिका ७ र ८ का स्थायी वासिन्दा हुनुहुन्छ । कलाकार श्रेष्ठद्वय बेनीको कला र लोकसंस्कृतिको संरक्षण, विकास र पुस्तान्तरण गराउन सक्रिय हुनुहुन्छ । पुरस्कार वितरण तथा गंगा बुलेटिन बिमोचन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख केसीले नेपाली लोकसंस्कृतिका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मानले थप उर्जा प्राप्त हुने बताउनुभयो । सूर्यनारायण पुरस्कार संस्थाले म्याग्दीको लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।साथ, सूर्यनारायण पुरस्कार प्रदान कार्यक्रमको अवसर पारेर गंगा नामक बुलेटिन विमोचन गरिएको छ ।
ट्याक्टरबाट खसेर दुई जनाको गयो ज्यान
राजु लामिछाने रुकुम पूर्व, जेठ २१ गते । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ४ दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीमा अनुसार मृत्यु हुनेमा सिस्ने गाउँपालिका ४ दादीङकै १५ वर्षीय आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दि बुढा रहनुभएको छ । स्थानीय कोम्बोट खोलाबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दादीङकै ५९ वर्षीया ओइली पुन र ४५ वर्षीय रुद्रबहादुर मल्ल हुनुहुन्छ । मल्लको अवस्था सामान्य छ भने पुनको अवस्था गम्भीर छ । उहाँको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।प्रहरीका अनुसार ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । ट्याक्टर सडकदेखि तल पनि खसेको छैन । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टर चालकको नाम, ठेगाना भने खुलेको छैन । चालक फरार रहेकाले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
विश्व साईकल दिवस : बुटवलमा सचेतनामूलक साईकल र्याली
विश्व साईकल दिवसको अवसरमा बुटवलका साइक्लिस्टहरुको अगुवाईमा सचेतनामूलक साईकल र्याली आयोजना गरिएको छ ।
म्यादी प्रहरीलाई निःशुल्क तालिम
स्थानीय तह निर्वाचन २०७९ मा म्यादी प्रहरी भई काम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने उद्देश्यका साथ तालिम प्रदान गरिएको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीपमूलक तालिम र रोजगारी-स्वरोजगारी वा उत्पादनका क्षेत्रमा जोड़ने कार्यमा सहजीकरण गर्ने उद्देश्यले माग गरिएबमोजिम तालिम गरेका हौँ ।
गुल्मीमा विद्युतीय राहदानीको अनलाइन आवेदन निशुल्क
जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि निःशुल्क अनलाइन आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।
मलको अभावले किसानलाई सास्ती
दाङमा रासायनिक मलको अभाव देखिएको छ । खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभाव हुँदा किसानलाई बर्सेनि सास्ती हुने गरेको छ । धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा पनि मल आवश्यक पर्ने भएपनि अहिले मल अभाव हुँदा समस्या हुने गरेको तुलसीपुर उपमहानगरपालिका–१६ का किसान यज्ञबहादुर चौधरीले बताउनुभयो । “गएको वर्ष पनि समयमै मल नपाएपछि युरिया मलबिना मकै गोडेका हौं, मलबिना धान रोप्यौ”, उहाँले भन्नुभयो, “यस वर्ष पनि समस्या त्यस्तै छ ।” मल
ट्र्याक्टर दुर्घटनामा दुईको ज्यान गयो
रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । वडा नम्बर ४ कै कोम्बोटबाट गिट्टी लोड ग
शिवराज नगरपालिकाले माध्यमिक तह निःशुल्क गर्ने
कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
भरुवा बन्दुकसहित दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय प्यूठानले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । ऐरावती गाउँपालिका –१ स्थित अमेलीबाट ४१ वर्षीय निमबहादुर घर्ती र ५० वर्षीय दिलबहादुर सारुलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
बाँकेका लागि संघीय सरकारबाट चार अर्ब १५ करोड बजेट विनियोजन
सिराज खान नेपालगञ्ज, जेठ २० गते। संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बाँकेका आठ स्थानीय तहलाई चार अर्ब १५ करोड बजेट विनियोजन गरेको छ। सरकारले बाँकेका लागि चालु र पूँजीगत गरी ४ अर्ब १५ करोड ७३ हजार रुपियाँ बजेट विनियोजन गरेको अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले जानकारी दिएको छ। सरकारले बाँकेका लागि चालु आर्थिक वर्ष २०७८/०७९ भन्दा २३ करोड बढी बजेट विनियोजन गरेको हो। सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ५७ करोड ६८ लाख, चालु आव २०७८÷०७९ मा ३ अर्ब ९२ करोड ३६ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो।आगामी आर्थिक वर्षमा बाँकेका आठ स्थानीय तहका लागि चालुतर्फ ३ अर्ब ६६ करोड ४४ लाख र पूँजीगततर्फ ४९ करोड २९ लाख रुपियाँ विनियोजन गरिएको छ। आठ स्थानीय तहलाई सामान्यीकरण अनुदानतर्फ १ अर्ब ४६ करोड १६ लाख, सशर्ततर्फ २ अर्ब ४९ करोड ५८ लाख, विशेषतर्फ १० करोड ८० लाख र समपुरकतर्फ ९ करोड १९ लाख रुपियाँ विनियोजन गरेको जनाइएको छ।सरकारले आगामी आ.व. २०७९/०८० का लागि सबैभन्दा बढी बजेट नेपालगञ्ज उपमहानगरपालिकाको लागि विनियोजन गरेको छ। संघीय सरकारले नेपालगञ्ज उपमहानगरपालिकाका लागि कुल ९५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ। जसमा सशर्त अनुदान ५७ करोड १ लाख, वित्तीय समानिकरण ३३ करोड ९९ लाख, विशेष अनुदान २ करोड र समपुरक अनुदान २ करोड ७५ लाख रुपियाँ रहेको छ।यस्तै कोहलपुर नगरपालिकाले आगामी आ.व.का लागि ५८ करोड १ लाख बजेट पाउने भएको छ। जसमध्ये सशर्त अनुदान ३४ करोड ८४ लाख, वितीय समानिकरण अनुदान २१ करोड ७ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपुरक अनुदान ६० लाख रुपियाँ विनियोजन गरेको छ। खजुरा गाउँपालिकाका लागि सरकारले सशर्त अनुदान ३३ करोड ९५ लाख, वित्तीय समानिकरण १६ करोड ७९ लाख, विशेष अनुदान ८० लाख र समपुरक अनुदान ७० लाख गरेर ५२ करोड २४ लाख रुपियाँ छुट्याएको छ। त्यस्तै, बैजनाथ गाउँपालिकालाई आगामी आवका लागि कुल ४८ करोड ९० लाख विनियोजन गरिएको छ। जसमा सशर्त २९ करोड ३६ लाख, वित्तीय समानिकरण १७ करोड ५० लाख, विशेष अनुदान ५० लाख, समपुरक १ करोड ५४ लाख रुपियाँ रहेको छ।जानकी गाउँपालिकालाई आगामी आर्थिक वर्षका लागि ३५ करोड ४७ लाख रुपियाँ विनियोजन गरिएको छ। जानकीले सशर्ततर्फ १७ करोड ४८ लाख, वित्तीय समानिकरणतर्फ १३ करोड ३९ लाख, विशेष तर्फ ३ करोड र समपुरक तर्फ १ करोड ६० लाख रुपियाँ प्राप्त गर्ने भएको हो। डुडुवा गाउँपालिकाले ३७ करोड ४६ लाख रुपियाँ संघीय सरकारबाट पाउँदैछ। जसमा सशर्ततर्फ २१ करोड ९१ लाख, वित्तीयतर्फको १३ करोड १५ लाख विशेष १ करोड ५० लाख र समपुरकतर्फ ९० लाख रुपियाँ रहेको छ।राप्तीसोनारी गाउँपालिकाका लागि ५२ करोड ७१ लाख रुपियाँ विनियोजन गरिएकोमा सशर्त तर्फको ३४ करोड ६५ लाख वित्तीय समानिकरण १८ करोड ६ लाख रहेको छ। राप्तीसोनारीका लागि विशेष र समपुरक बजेट विनियोजन गरिएको छ।त्यस्तै, नरैनापुर गाउँपालिकाका लागि ३५ करोड १९ लाख रुपियाँ विनियोजन गरिएको छ। नरैनापुरले २० करोड ३८ लाख सशर्त, १२ करोड २१ लाख वित्तिय समानिकरण, विशेषतर्फ १ करोड ५० लाख र समपुरकतर्फ १ करोड १० लाख रुपियाँ बजेट प्राप्त गर्दैछ।
अपाङ्गता भएका सबैले मासिक भत्ता पाउने
जिल्लाको बगनासकाली गाउँपालिकाका अपाङ्गता भएका सबै व्यक्तिहरूले मासिक भत्ता पाउने भएका छन् । बगनासकाली गाउँपालिका कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भई पहेँलो र सेतो कार्ड पाएका व्यक्तिलाई समेत मासिक भत्ता दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री केसीको प्रतिवद्धता : विज्ञापन ऐन तत्काल ल्याउँछौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई विज्ञापन ऐनको मस्यौदा बनाउन र आफूहरुको कार्यकालमै कार्यान्वयनमा ल्याउनेगरी काम गर्न निर्देशन दिनुभयो ।
गिट्टी बालुवाको अवैध उत्खनन् रोक्न गाउँपालिका सक्रिय
लामो समयदेखि हुँदैआएको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खनन् तथा ओसारपसार रोक्न बाँकेको राप्तीसोनारी गाउँपालिकाले कडाई शुरु गरेको छ । राप्तीसोनारीका नदी तथा खोलामा पहिलेदेखि नै भइरहेको अबैध उत्खनन् नियन्त्रण गर्न स्थानीय तहको निर्वाचनलगत्तै विजयी भएका जनप्रतिनिधि सक्रिय भएका हुन् ।
थारू सङ्ग्रहालय आर्थिक सङ्कटमा
लीलाधर वली घोराही, जेठ २० गते ।दाङ घोराही उपमहानगरपालिका–१७, पनौरामास्थित थारू समुदायको सामाजिक तथा सांस्कृतिक पहिचान झल्काउने थारू सङ्ग्रहालय सङ्कटमा परेको छ । जिल्लाकै पुरानो तथा सांस्कृतिक पहिचान बोकेको यो सङ्ग्रहालय १३ वर्षअघि स्थापना गरिएको हो । आर्थिक अभावका सङ्ग्रहालय विगत तीन वर्षदेखि बन्द अवस्थामा छ । देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेहरूको सङ्ख्यामा कमी आएसँगै पछिल्लो समय बन्द भएको हो । सङ्ग्रहालय बन्द गरिँदा अवलोकनका लागि राखिएका सामग्री बिग्रिने खतरा बढेको स्थानीय तेजमान चौधरी बताउनुहुन्छ । विभिन्न सामग्रीहरूमा ढुसी र माकुरीको जालो लाग्न थालेको छ, चौधरीले भन्नुभयो, “नियमित रूपमा खुल्दा सरसफाइ हुन्थ्यो, लामो समय बन्द हुँदा त्यो पनि गर्न सकिएको छैन ।” आर्थिक अभावमा सङ्ग्रहालय रेखदेख गर्ने कर्मचारीको व्यवस्थापनमा पनि समस्या भएको गुनासो उहाँले थियो । दाङ थारू समुदायको उद्गमस्थल भएकाले विश्वभर चिनाउन उक्त सङ्ग्रहालय स्थापना गरिएको थारू समुदायका अगुवाहरू बताउँछन् । राज्यले कुनै पनि सहयोग नगर्दा सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापनमा समस्या भएको थारू कल्याणकारिणी सभा दाङका सचिव प्रकाश चौधरी बताउनुहुन्छ ।सङ्ग्रहालय सञ्चालनमा आएको आर्थिक सङ्कटले थारू समुदायको मौलिक पहिचानको संरक्षण तथा संवद्र्धनमा समस्या देखिएको गुनासो उहाँको छ । उहाँले पुनः सञ्चालनका लागि स्थानीय सरकारसँग सहयोगको माग गर्नुभयो । घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष रामलौटन चौधरी थारू सङ्ग्रहालय सञ्चालन तथा व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने योजना रहेको बताउनुहुन्छ ।“थारू समुदायको कला संस्कृति संरक्षणसँगै अध्ययन गर्न आउनेहरूलाई जानकारी दिने उद्देश्यले स्थापना गरिएको सङ्ग्रहालय समस्यामा छ,” वडाध्यक्ष चौधरीले भन्नुभयो, “अहिले गुरुयोजना निर्माणको काम भइरहेको छ, त्यसपछि सञ्चालन गर्न सकिन्छ ।” सङ्ग्रहालय थारू समुदायसँग मात्र नभई जिल्लाको पहिचान र पर्यटन प्रवद्र्धनसँग जोडिएकाले यसको बृहत् विकासका लागि स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने थारू समुदायका अगुवाहरू बताउँछन् । करिब २५ लाख रुपियाँ लागतमा निर्माण गरिएको सङ्ग्रहालयमा थारु समुदायको परम्परागत सामग्रीहरू माटाका भाडाँकुडा, वेशभूषा, गरगहना, भौका–भौकी, हलो, वर्षातमा ओढ्ने छत्री, धान राख्ने माटोका भाँडा ‘डेहरी’ र काठलगायतका सामग्रीहरू राखिएका छन् ।त्यसैगरी सुत्ने खटिया, खटौली, ढक्या गुन्द्री, पटकी गुन्द्री, कपडा राख्ने भौका, पूजापाठमा प्रयोग हुने देवीदेवताका मूर्तिहरू सङ्ग्रहालयमा सजाइएका छन् ।
इस्माली जनताको इच्छा : निशुल्क शिक्षा
गुल्मी जिल्लाको इस्मा गाउँपालिकाले गाउँ कार्यपालिकाको पहिलो बैठक मार्फत विभिन्न विषयगत समिति गठन गरिएको छ । बैठकमा गाउँपालिकाका आम जनताकाको मनोभावना बुझेर विभिन्न महत्वपूर्ण निर्णय गरेका गरिएको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो ।
जातीय विभेदका कारण श्रीमतीलाई यातना
पाल्पाको तानसेन नगरपालीका ९ दमकडाकी मोना क्षेत्री भुषालले बिगत ३ बर्षदेखी जातीय विभेदको सिकार बन्न पुग्नुभएको छ । उहाँले २०७४ फागुनमा दमकडाका ब्राहमण जातका अनुपम भुषालसँग प्रेम गरी मागी विवाह गर्नुभएको थियो ।
असिना पानीले सल्यानको कपुरकोटमा दुई करोड बराबरको क्षति
सल्यानको कपुरकोटमा परेको असिना पानीले दुई करोड रुपियाँ बराबरको तरकारी तथा फलफूलमा क्षति पुर्याएको छ ।
बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्यमा गठबन्धन निर्वाचित
बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धन दलबाट निर्वाचित हुनुभएको छ । आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य गठबन्धनबाट निर्वाचित हुनुभएको निर्वाचन अधिकृत लेखनाथ पोखरेलले जानकारी दिनुभयो ।
वाणगंगा नगरपालिकामा आइतबार बिदा नहुने
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार बिदा दिने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ ।
कपिलबस्तुको भिक्षुचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु
नारद कोहारतौलिहवा, जेठ १९ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवास्थित भिक्षेचोकमा नमूना चौमुखे गेटको निर्माण कार्य शुरु गरिएको छ । हुलाकी बाटो विस्तार गर्ने क्रममा ४ महिना अघि तौलिहवास्थित प्रशासनचोक नजिकै रहेको विक्रम सम्वत २०१४ साल निर्मित महेन्द्र गेट भत्काइएपछि यो गेटको निर्माण शुरु गरिएको हो ।नमूना गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्डो खनेर निर्माण कार्य थालिएको कपिलबस्तु नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । उहाँले भन्नुभयो “चार कुनामा चार वटा पिलर भएको सेमी सर्कुलर मोडेलको गेट निर्माण थालिएको हो ।”करिब ८३ लाख रुपियाँ लागतको नूमना गेटको निर्माणका लागि एमके मंगलदीप जेभी काठमाडौंसँग निर्माणका लागि सम्झौता भएर निर्माण कार्य केही शुरु भएको हो । हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्रगेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमूना गेट निर्माणका लागि प्रक्रिया थालिएको थियो । गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जिनियर राजेश शैनीले बताउनुभयो । डिजाईन बुल्ड मेथडमा गेटको भित्र स्पाम साढे २८ मिटरको हुनेछ । गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ । गेट २०७९ साउन दोश्रो साता निर्माण सम्पन्न हुने योजना भए पनि सयममा काम नसकिने देखिएको छ ।नमूना गेट निर्माण भएपछि तौलिहवा बजारको समेत चिनारी फेरिने नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘चौमुखे नमूना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिनेछ ।’ ठेकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको नगर प्रमुख पौडेलले बताउनुभयो । तौलिहवाको भिक्षु चोकमा गेट निर्माण गर्न खाल्टो खन्दै । तस्विर - नारद कोहार । तौलिहवा
पूर्वराजा वीरेन्द्रकाे सालिक राख्दा तनाव, प्रहरीद्वारा चार राउण्ड हवाई फायर
अनुमति र सहमति विना नेपालगञ्जको धम्बोझी चोकमा बिहीहबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ । राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।