• १७ असार २०८१, सोमबार

ग्याँस सिलिण्डर पड्केर बालिकाको मृत्यु

blog

अमरराज नहर्की

तनहुँ, जेठ २१ गते । ग्याँस सिलिण्डर पड्केर तनुहँमा एक बालिकाको मृत्यु भएको छ । भिमाद नगरपालिका –९ च्यानडाँडा बस्ने शिवनारायण केसीको छोरी ११ वर्षिया सुवेक्षा केसीको शुक्रबार साँझ नौ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

केसीको पक्कीघर कोठामा खाना पकाउने ग्याँस सिलिन्डर अचानक पड्केर घर कोठामा आगलागी हुँदा सुवेक्षाको जलेर घटना स्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।