• ९ वैशाख २०८३, बुधबार

ला लिगामा रियलको सहज जित

blog

बल खोस्ने प्रयास गर्दै रियलका भिनिसिय जुनियर । तस्बिर :सिन्ह्वा/रासस

काठमाडौँ, वैशाख ९ गते । रियल म्याड्रिडलले चार खेलको वितविहीन यात्रामा पूर्णविराम लगाएको छ । स्पेनिस ला लिगा अन्तर्गत मङ्गलबार राति भएको खेलमा रियलले अलाभेसलाई २–१ गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलमा रियल म्याड्रिडको जितमा केलियन एम्बापे र भिनिसियस जुनियरले एक एक गोल गर्नुभयो । यस जितसँगै रोमाञ्चक प्रदर्शन गरेको रियलका लागि ३०औँ मिनेटमा केलियन एमबाप्पेको प्रहार अलाभेसका डिफेन्डरमा लागेर दिशा बदलिँदा गोलकिपर एन्टोनियो सिभेरालाई झुक्याउँदै गोल भएको थियो ।

त्यसपछि ५०औँ मिनेटमा भिनिसियस जुनियरले टाढाबाट उत्कृष्ट प्रहार गर्दै रियल म्याड्रिडको अग्रता दोब्बर बनाउनुभयो । खेलअघि र खेलका क्रममा उहाँ पनि केही दर्शकको हुटिङको सिकार बन्नुभएको थियो । गोल गरेपछि उहाँले हात उठाएर समर्थकसँग माफी मागेजस्तो इशारा गर्नुभयो र दर्शकबाट ताली पाउनुभएको थियो ।

जितसँगै दोस्रो स्थानमा रहेको रियलले ३२ खेलबाट ७३ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३१ खेलबाट ७९ अङ्क छ । तेस्रो स्थानमा आसिन भिल्ला रियलको ६१ अङ्क छ । पराजित अलाभेस ३३ अङ्कसहित १७औँ स्थानमा छ । एजेन्सी