• १७ असार २०८१, सोमबार

सूर्यनारायण पुरस्कारबाट बेनीका अग्रज कलाकारद्वय श्रेष्ठ सम्मानित

blog

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २१ गते । सूर्यनारायण पुरस्कार संस्था बेनी म्याग्दीले दुईजना अग्रज कलाकारलाई सम्मान गरेको छ । शनिबार बेनीमा पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरेर संस्थाले बेनीका कलाकारद्वय ८३ वर्षीय तुलप्रसाद श्रेष्ठ र ६५ वर्षीय प्रकाशकुमार श्रेष्ठलाई सम्मान गरेको हो । 

बेनी नगरपालिकाका प्रमुख सुरत केसी र संस्थाका अध्यक्ष सुवर्णकुमार श्रेष्ठले नेपाली लोकसंस्कृति, कला र साहित्यको विकासमा योगदान पु¥याएको भन्दै श्रेष्ठद्वयलाई जनही २० हजार रुपियाँसहित पुरस्कार दिइएको छ । प्रत्येक दुई वर्षमा एकजनालाई प्रदान गरिने पुरस्कार कोरोनाका कारण २०७६ र २०७८ मा प्रदान गर्ने पुरस्कार एकैपटक प्रदान गरिएको संस्थाले जनाएको छ । 

सम्मानित श्रेष्ठद्वय बेनी नगरपालिका ७ र ८ का स्थायी वासिन्दा हुनुहुन्छ । कलाकार श्रेष्ठद्वय बेनीको कला र लोकसंस्कृतिको संरक्षण, विकास र पुस्तान्तरण गराउन सक्रिय हुनुहुन्छ । 

पुरस्कार वितरण तथा गंगा बुलेटिन बिमोचन कार्यक्रमका प्रमुख अतिथि बेनी नगरपालिकाका प्रमुख केसीले नेपाली लोकसंस्कृतिका क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मानले थप उर्जा प्राप्त हुने बताउनुभयो । सूर्यनारायण पुरस्कार संस्थाले म्याग्दीको लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागेका व्यक्तिहरुलाई सम्मानले प्रोत्साहन मिल्ने उहाँको भनाई थियो ।

साथ, सूर्यनारायण पुरस्कार प्रदान कार्यक्रमको अवसर पारेर गंगा नामक बुलेटिन विमोचन गरिएको छ ।