• ९ जेठ २०८१, बुधबार

शिवराज नगरपालिकाले माध्यमिक तह निःशुल्क गर्ने

blog

जानु पाण्डे

कपिलवस्तु, जेठ २० गते । कपिलवस्तुको शिवराज नगरपालिकाले माध्यमिक तह पूर्णरुपले निःशुल्क गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले नेपालको संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षा कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

“शिवराज नगरपालिका भित्रका विद्यालयले अव कुनै पनि बहानामा शुल्क लिन पाउँदैनन् । विद्यालयलाई नपुग हुने रकम नगरपालिकाबाट अनुदानस्वरुप दिइनेछ” नगर प्रमुख अजय थापाले बताउनुभयो । माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्न १५ करोड रुपियाँ नगरपालिकाले विनियोजन गर्ने तयारी गरेको छ । हाल नपाले विद्यालयसँग आवश्यक छलफल गरिरहेको नगर उपप्रमुख शिवकुमारी थारुले बताउनुभयो ।

आर्थिक बर्ष २०७९÷८० र शैक्षिकसत्र २०८० बाट अनिवार्य आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षा लागु गर्ने निर्णय कार्यपालिकाले गरेको छ । यस सम्बन्धमा गृहकार्य गरी प्रतिवेदन तयार गर्न बैठकले नगर प्रमुख थापाको संयोजकत्वमा कार्यदल गठन गरेको थारुले बताउनुभयो । 

कार्यदलमा उपप्रमुख शिवकुमारी चौधरी, वडा अध्यक्षहरु रिजवान अहमद, रामगोपाल चौधरी, मन्जु मिश्र, माहेताब आलम खा, सामाजिक विकास समितिको संयोजक, आर्थिक प्रशासन शाखा प्रमुख सदस्यहरु रहेका छन । शिक्षा युवा तथा खेलकुद शाखा सदस्य सचिव रहनेगरी कार्यदल गठन गरिएको छ ।