• ११ वैशाख २०८१, मङ्गलबार

विश्व साईकल दिवस : बुटवलमा सचेतनामूलक साईकल र्‍याली

blog

बुटवलमा शनिबार बिहान आयोजित सचेतनामुलक साईकल ¥यालीमा सहभागिहरु । तस्बिर : कपिल ज्ञवाली ।

कपिल ज्ञवाली

सिद्धार्थनगर, जेठ २१ गते । विश्व साईकल दिवसको अवसरमा बुटवलका साइक्लिस्टहरुको अगुवाईमा सचेतनामूलक साईकल र्‍याली आयोजना गरिएको छ । ‘नियमित साइकल चलाऔं पेट्रोलको खर्चले घरधन्दा चलाऔं’ भन्ने मूल नाराका साथ आयोजित र्‍याली बुटवल कालिका मानव ज्ञान मावि परिसरबाट शुरु भएर न्यु होराईजन चोक, तिनकुने, पारी बुटवल जलबिनायक, गोलपार्क, ट्राफिक चोक, रामनगर, बेसक्याम्प, राजमार्ग चौराहा, मणिग्राम हुँदै पुन योगीकुटी आएर समापन भएको थियो । 

र्‍यालीमा सहभागीहरुले साईकल चलाऔं, वातावरण जोगाऔं, पृथ्वी तातिरहेको छ यसलाई रोक्ने एउटै उपाय साईकल जीवनशैली, सामाजिक एकताको अभियान, साईकल अभियान, पेट्रोल खपत रोकौं, आफ्नो दैनिकीमा साईकलको प्रयोग बढाऔं, हरियाली बढाऔं, साईकल चलाऔं, साईकलको चेन झै जोड्छ, साईकिलेहरुबीच भावनात्मक सम्बन्ध, नयां पुस्तालाई साईकलको महत्व बुझाऔं, साईकल चलाउने संस्कार सिकाऔं, साईकिलेको सुरक्षा, साईकल लेन आजको आवश्यकता, प्रत्येक पालिकाको प्राथमिकता, नयाँ पुर्वाधारमा साईकलमैत्री आयोजना, सबैभन्दा माथि, साईकल हामी साथी लगायतका नाराहरु टाँसिएका थिए ।

कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले उद्घाटन गर्दै खेल र मानव स्वस्थ्य एकअर्काको परिपुरक भएको बताउनुभयो । खेलले एउटा ब्यक्तिलाई अनुसासन र स्वस्थ्य जीवनशैली जिउन सिकाउने दाबी गर्दै खेल भावना विकासमा लाग्न सुझाव दिनुभयो । साईक्लिङलाई पर्यटनसंग जोड्ने गरि लुम्बिनीमा प्रदेश सरकारले योजना बनाएको भन्दै आगामी बजेटमा सम्बोधन गर्ने उहाले बताउनुभयो । 

बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले साईकल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने गरि आफुहरु निरन्तर लागेको बताउनुभयो । पेट्रोलियम पदार्थको कम खपतका लागि साईकल जीवनशैली अप्नाउन उपयुक्त हुने उहाको सुझाव छ । 

कार्यक्रममा रुपन्देही जिल्ला साईक्लिङ संघ, नवलपरासी साईक्लिङ संघ, बुटवल युनाईटेड साईक्लिङ क्लब, ह्याप्पी साईक्लिङ क्लब, तिनाउ साईक्लिङ क्लब, बुटवल साईकल ग्रुप, साईकल सिटि बुटवलका करीब एक सय जना साईक्लिस्टहरु सहभागी भएको कार्यक्रम संयोजक रबिलाल सुवेदीले जानकारी दिनुभयो ।