• १७ असार २०८१, सोमबार

ट्याक्टरबाट खसेर दुई जनाको गयो ज्यान

blog

राजु लामिछाने 

रुकुम पूर्व, जेठ २१ गते । रुकुम पूर्वमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । जिल्लाको सिस्ने गाउँपालिका ४ दादीङमा ट्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीमा अनुसार मृत्यु हुनेमा सिस्ने गाउँपालिका ४ दादीङकै १५ वर्षीय आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दि बुढा रहनुभएको छ । 

स्थानीय कोम्बोट खोलाबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना भएको हो । 

दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा दादीङकै ५९ वर्षीया ओइली पुन र ४५ वर्षीय रुद्रबहादुर मल्ल हुनुहुन्छ । मल्लको अवस्था सामान्य छ भने पुनको अवस्था गम्भीर छ । उहाँको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।

प्रहरीका अनुसार ट्याक्टर सडकमै हाइड्रोलिक उठेको अवस्थामा छ । ट्याक्टर सडकदेखि तल पनि खसेको छैन । ट्याक्टरको पछाडिको भागमा बसेका उनीहरु आत्तिएर हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । 

ट्याक्टर चालकको नाम, ठेगाना भने खुलेको छैन । चालक फरार रहेकाले खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।