• १९ असार २०८१, बुधबार

वाणगंगा नगरपालिकामा आइतबार बिदा नहुने

blog

जानु पाण्डे
कपिलवस्तु जेठ १९ गते ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार बिदा दिने नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ ।

नगरपालिकाको सभा हलमा भएको बैठकमा नगरप्रमुख चक्रपाणि अर्यालले आइतबार सार्वजनिक बिदा नदिने र नगरपालिका मातहतका सबै कार्यालय खोल्न निर्देशन दिनुभएको हो ।

आर्थिक मसान्त तथा विद्यालयमा हुने पठनपाठनलाई मध्यनजर गरेर पहिलो चरणमा असार मसान्तसम्म आइतबार पनि कार्यालयहरु सञ्चालन गर्न लागिएको प्रमुख अर्यालले बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विद्यालयको पाठ्यक्रमको संरचना समेतलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विद्यालयबाट प्रदान गरिने सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो ।

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो ।