• १९ असार २०८१, बुधबार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

blog

सुजल श्रेष्ठ

प्युठान, जेठ २० गते । जिल्ला प्रहरी कार्यालय प्यूठानले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । ऐरावती गाउँपालिका –१ स्थित अमेलीबाट ४१ वर्षीय निमबहादुर घर्ती र ५० वर्षीय दिलबहादुर सारुलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

दुवै जनालाई हातहतियार तथा खरखजानासम्वन्धी कसूरमा मुद्दा दर्तागरी अदालतमा पेश गरिएको छ । अदालतले ७ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ । गोप्य सूचनाका आधारमा बिहीबार राती ११ बजे उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । 

इलाका प्रहरी कार्यालय विजुवारका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँ र प्रहरीचौकी दाङवाङका प्रहरी सहायक निरीक्षक गिरबहादुर विकको टोलीले गोठमा खानतलासी गरेर हतियार फेला पारेको थियो ।