• १२ वैशाख २०८१, बुधबार

गुल्मीमा विद्युतीय राहदानीको अनलाइन आवेदन निशुल्क

blog

रमेश विश्वकर्मा 

गुल्मी, जेठ २१ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि निःशुल्क अनलाइन आवेदन दिने व्यवस्था मिलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयमा विद्युतीय राहदानी बनाउने सेवाग्राहीले अनलाइन आवेदन भर्न असजिलो भएको, महंगो शुल्क तिर्नु परेको, हप्तौसम्म लाइनमा बस्दा पनि पालो नपाइएको जनगुनासो आएपछि निःशुल्क आवेदन दिने व्यवस्था मिलाउन थालिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताउनुभयो । 

सोमबार देखि जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानीको आवेदन सेवा उपलब्ध हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । आफै आवेदन गर्न सक्ने सेवाग्राहीले विद्युतीय राहदानीका लागि आवेदन खुला गरिए अनुसार आफैं अनलाइन आवेदन गर्न सक्ने पौडेलले बताउनुभयो । 

यसरी आवेदन गर्नेको हकमा तोकिएको मिति र समयमा सेवा लिंदा पालो पर्खनु नपर्ने पौडेलले बताउनुभयो । साथै राहदानी विभागबाटै विद्युतीय राहदानी बनाउन पायक हुने सबै सेवाग्राहीले सोही विभागबाट अनलाइन आवेदन खुल्ला गरिए अनुसार नै आवेदन गरि सेवा दिन पनि उहाँले आग्रह गर्नुभएको छ । 

यसका लागि नेपाली नागरिकताको प्रमाण पत्रको सक्कल प्रति, राष्ट्रिय परिचय पत्र, नविकरणका लागि पुरानो राहदानी, नावालकको हकमा नावालक परिचयपत्र र अभिभावकको नागरिकतो प्रमाणपत्रको सक्कल प्रतिहरु आवश्यक पर्ने प्रशासनले जनाएको छ ।