युवा सङ्घको अध्यक्षमा थेबे सर्वसम्मत
नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा सङ्घ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित हुनुभएको छ । नेपालगञ्जमा चैत २७ गतेदेखि जारी महाधिवेशनले बिहीबार थेबेको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
बेसहराको सहारा बन्दै नगरपालिका
तानसेन नगरपालिका बेसहाराका लागि सहारा बनिरहेको छ । मानवीयताको कुनै सीमा नहुने भन्दै तानसेन नगरपालिकाले बेसहारा जीवन बिताइरहेका बृद्धबद्धाको उद्धार गरेको तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहा सिंजालीले जानकारी दिनुभयो ।
जनता आवास निर्माणमा कमसल इट्टा प्रयोग
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको जनता आवास भवनमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको योजनामा निर्माण हुन लागेका ती भवनमा प्रयोग गरिएका इँटा कमसल भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
कोहलपुरमा दश तले भ्यूटावरको निर्माण
पश्चिम नेपालको मुख्य ट्रान्जिटको रूपमा रहेको कोहलपुरमा काठमाडौंको धरहराको झल्को दिने गरी निर्माण गरिएको दश तले भ्यूटावरको निर्माण सम्पन्न भएको छ ।
जमुनाहा नाकाबाट एक वर्षमा ५०७ महिला र बालबालिकाको उद्धार
खुला सिमानाको लाभ उठाउँदै नेपालका महिला तथा बालबालिकालाई ललाई फकाई नाका पार गराएर भारतका विभिन्न सहरमा पुर्याउने कार्य निरन्तर जारी छ ।
चिकित्सक नहुँदा बिरामीलाई सास्ती
दाङको बङ्गलाचुली गाउँपालिका–४, कमिरेचौरमा रहेको ‘बङ्गलाचुली अस्पताल’ विगत सात महिनादेखि चिकित्सकविहीन बनेको छ। अस्पतालमा कार्यरत डा. वसन्त शाह अध्ययनका लागि बाहिर गएपछि अस्पताल डाक्टरविहीन हुन पुगेको हो। अस्पतालमा चिकित्सक नहुँदा बिरामीलाई स्वास्थ्य उपचारमा समस्या परेको छ।
दाउरा प्रयोग गर्ने परिवार घट्दै
लुम्बिनी प्रदेशमा खाना पकाउन दाउराको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या घट्दै गएको देखिएको छ। राष्ट्रिय जनगणना–२०६८ अनुसार लुम्बिनी प्रदेशमा ७१ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा प्रयोग गर्थे। त्यसको १० वर्षपछि राष्ट्रिय जनगणना–२०७८ अनुसार लुम्बिनी प्रदेशमा खाना पकाउन दाउरा प्रयोग गर्ने घरपरिवारको सङ्ख्या करिब १८ प्रतिशतले घटेर ५३ दशमलव ६८ प्रतिशतमा झरेको छ।
लोकस्टार शनी विश्वकर्माको गीत टिकटकमा रुचाइदै
नेपाली मौलिक संस्कृति बोकेको लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ टिकटकमा अत्यधिक रुचाइएको छ । लोकस्टार शनी विश्वकर्मा र करुणा ओलीद्वारा स्वरबद्ध लोक दोहोरी गीति एल्बम ‘खर काटेर’ रिलिज अगावै टिकटकमा अत्यधिक रुचाइएको हो ।
सञ्चारका लागि वडा कार्यालयलाई वाकीटकी
तुलसीपुर उपमहानगरपालिकाले विपद्का समयमा सञ्चार पहुँच बनाउनका लागि १९ वटै वडामा वाकीटकी वितरण गरेको छ ।
ग्यास सिलिन्डर चुहिएर घरमा आगलागी
कपिलवस्तुको यशोधरा गाउँपालिका –८ मधुनगरमा आगलागी हुँदा २ लाख ७० हजार बराबरको क्षति भएको छ ।
विनाकुमारीलाई एक लाखको सर्वोत्कृष्ट उद्यमी पुरस्कार
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी घोषणा गरी सम्मानित गरिएको छ ।
मुसिकोटमा मह दिवस मनाइँदै
आगामी वैशाख ४ गते गुल्मीको मुसिकोट नगरपालिका वडा ८ र ९ मा मह दिवस मनाइने भएको छ । यहाँ रहेको ‘सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रम’ अन्तर्गत मह दिवस मनाउन लागिएको हो ।
ठेक्का हस्तान्तरण नहुँदा ४२ सडक निर्माणका आयोजना अलपत्र
रुपन्देहीका ३४ र नवलपरासी पश्चिमका ८ गरी ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतका ४२ सडक निर्माणका आयोजनाहरू अलपत्र परेका हुन् ।
चन्द्रौटामा २१ करोडको लागतमा प्रदेश सरुवा रोग अस्पताल
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा २१ करोड लागतमा लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ ।
ग्रामीण अल्ट्रासाउण्डले आमा र बच्चाको जोखिम घटाउँदै
मातृ तथा शिशु मृत्युदर कम गर्ने उद्देश्यले सञ्चालन भएको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी देखिएको छ । गर्भवती महिलाहरूको गाउँमै पुगेर अल्ट्रासाउण्ड गर्दा गर्भमा रहेको बच्चाको अवस्था थाहा हुने भएकाले जोखिम कम भएको हो ।
अफिम खेती गर्ने एक जना पक्राउ
अफिम खेती गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले भूमे गाउँपालिका–९ दुधे पोखराका सोही ठाउँमै अफिम खेती गर्ने ४४ वर्षीय कर्णबहादुर पुनलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
जुँगे महादेव मन्दिर पुनर्निर्माण गरिने
नेपालगञ्ज उपमहानगरपालिका –२ स्थित प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्र रहेको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनर्निर्माण गर्न लागिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाले मन्दिर पुनर्निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेपछि टेन्डर आह्वान भई काम सुरु भएको छ। जुङ्गे महादेवको प्रतिमा रहेको मन्दिर तालमाथि रहेको छ। मन्दिर पुनर्निर्माणका लागि तालको पानी सुकाइएको छ। मन्दिर र मूर्ति यथावत् राखेर प्रवेश मार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको छ।
माछापालन व्यवसायमा आकर्षण
घोराही उपमहानगरपालिका–५, धर्ना निवासी मिलन बुढाथोकीले लामो समयदेखि माछापालन गर्दै आउनुभएको छ । ११ वटा पोखरीमा माछापालन गरी उहाँ वार्षिक दुई सय क्विन्टल माछा उत्पादन गर्ने गर्नुहुन्छ ।
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताउनुभएको छ ।
एसइई दिएका २०३ जना छात्रालाई साइकल वितरण
रुपन्देहीको कोटहीमाई गाउँपालिकाले २०७९ सालको एसइई परीक्षामा सहभागी छात्राहरूलाई साइकल वितरण गरेको छ ।
चिनियाँ राजदूतद्वारा प्राचीन तिलौराकोटको भ्रमण
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले कपिलवस्तुको प्राचीन तिलौराकोट भ्रमण गर्नुभएको छ । तिलौराकोट राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो ।
नेपालगञ्ज कारागारमा कैदीबन्दी कोचाकोच
नेपालगञ्जमा गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ ।
क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीलाई समस्या
बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु
माण्डबी गाउँपालिका ५ रम्दी चिनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रा १ त ४१५६ नम्बरको ट्याक्टर दुर्घटनामा नौ बहिनी गाउँपालिका १ स्याउलिवाङ निवासी २५ वर्षीया चम्फा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।