दाङ उपत्यका बचाउन दशवटै पालिकाले बस्ती स्थानान्तरण गर्दै
दाङ उपत्यका बचाउनका लागि यहाँका दश वटै पालिकाले बस्ती स्थानान्तरण र बबई कोरिडोरलाई प्राथमिकता दिने भएका छन् । उपत्यकामा पानीको समस्या बढ्दै गएको र बबई नदीको कटानका कारण खेती योग्य नासिँदै जाने थालेपछि जिल्लाका दश वटै पालिकाहरूले दीर्घकालीन समस्या समाधानका लागि बबई कोरिडोर र पहाडी क्षेत्रको बस्ती स्थानान्तरणलाई प्राथमिकतामा राखेका हुन् ।
इदको खरिदारी सीमापारि
मुस्लिम समुदायको इद नजिकिएसँगै सीमापारि बजारमा चहलपहल बढेको छ । नेपालगञ्ज बजारमा खासै चहलपहल सुरु भएको छैन । सीमापारि रुपैडिहा बजारमा भने किनमेल गर्ने नेपालीको अत्यधिक घुइँचो लाग्ने गरेको छ । दशैँ र तिहारजस्तै इदका लागि पनि अधिकांश नेपाली उपभोक्ता सीमापारि गएर किनमेल गरिरहेको पाइएको छ ।
गर्मीसँगै बढ्दै आगलागी: अधिकांश पालिकासँग छैनन् दमकल
गत चैत १९ गते लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्जस्थित गीता चौधरीको सिलाइकटाइ टेलर र समीर रज्जा बस्दै आएको कोठामा तार सर्ट भई आगलागी भयो। आगलागीबाट सिलाइकटाइ पसलमा कपडा, सिलाउने सामग्रीसँगै नगदसमेत जल्दा पाँच लाखभन्दा बढीको क्षति हुन पुग्यो। आगलागीकै कारण उहाँको दैनिक गरिखानी पेसा गुम्यो। गत चैत २८ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित एक कपडा पसलमा आगलागी भयो। तुलसीपुरको मुख्य बजारमै रहेको याक कपडा पसलमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको बताइएको छ।
‘सङ्घीयताको विरोध गर्नु औचित्यहीन’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले दुई कार्यकाल पनि पूरा नहुँदै सङ्घीयताको विरोध गर्नु सान्दर्भिक नहुने बताउनुभएको छ। प्रेस चौतारी नेपाल रुपन्देहीको २४औँ वार्षिक साधारण सभाको शनिबार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले पर्याप्त परीक्षणबिना र कुनै आधारबिना सङ्घीयताको विरोध गर्नु उचित नभएको तर्क गर्नुभयो।
सियारीका २५० घरधुरीलाई पुर्जा वितरण
रुपन्देहीको सियारी गाउँपालिकामा गाउँ ब्लक अन्तर्गतका २५० घरधुरीलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।
दाङमा बस दुर्घटना, एकको मृत्यु
दाङको घोराही–लमही सडकखण्डमा आज शनिबार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीबाट बुटवल जान लागेको मिनी बस घोराही उपमहानगरपालिका –३ मसोट खोलाको ओरालोमा ब्रेकफेल भएर भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।
पाउने भए होस्दीवासीले शुद्ध पिउने पानी
गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन्। सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय।
एकीकृत घुम्ती शिविरबाट तीन हजार बढीलाई सेवा
गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट तीन हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । सो शिविरबाट तीन हजार ४७६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो ।
सडक कब्जा गरी भौतिक संरचना बनाइँदै
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका न्यायिक समितिका सदस्यले सडक मिचेर संरचना निर्माण गरेपछि उजुरी परेको छ ।
आन्तरिक पर्यटकको रोजाइमा रानीमहल
पाल्पाको श्रीनगर र रानीमहलमा नयाँ वर्षको पहिलो दिनमा १३ हजार बढी आन्तरिक पर्यटक भित्रिएका छन् । पाल्पाको पर्यटकीयस्थल मध्येको पर्यटकको रोजाइमा पर्ने यी दुई स्थलको रानीमहलमा आठ हजार बढी पर्यटक र श्रीनगरमा पाँच हजार बढी पर्यटक भित्रिएको तानसेन नगरपालीकाले जनाएको छ ।
विदेशीले देश लुटे पनि सत्तामा बस्नेहरू बोलेनौँ : अध्यक्ष केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरू बोल्न नसकेको आरोप लगाउनुभएको छ । विदेशी शक्ति केन्द्रले नेपालमा हस्तक्षेप गर्दा पनि ठूला दलका नेताहरू मौन बसेको उहाँले आरोप लगाउनुभयो ।
आधारभूत तहको नतिजा कमजोर
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको आधारभूत तहको नतिजा कमजोर आएको छ । यहाँ सामुदायिक विद्यालयतर्फ ६ दशमलव ५५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । नगरपालिकाले प्रकाशन गरेको परीक्षाफलअनुसार सामुदायिक र संस्थागत विद्यालयका ८९ प्रतिशत विद्यार्थी फेल भएका हुन् ।
बोरिङ गाडेपछि पिउने पानी सहज
रुपन्देही जिल्लाको पश्चिम क्षेत्र आमी, लौसा, बेलभरिया र बकुलघाटका बासिन्दाका लागि नयाँ वर्ष खुसी लिएर आएको छ । वर्षौंदेखि पिउने पानीको अभाव झेलिरहेका ती क्षेत्रका सयौँ घरपरिवारलाई पानी पु-याउने उद्देश्यले बोरिङको व्यवस्था
स्थानीय उद्योगलाई प्रोत्साहन गर्न डोको बुन्ने प्रतियोगिता
नयाँ बर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका –५ ओखरकोटमा डोकोबुन्ने प्रतियोगिता सम्पन भएकोछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने हेतुले सो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
नेपालगञ्जमा इ-रिक्सा दर्ता गर्न समय ताेकियाे
नेपालगञ्ज उपमहानगरपालिकाभित्र अहिले १२ हजार भन्दा बढी इ-रिक्सा सञ्चालनमा छ । तीमध्ये एक हजार नौं सय मात्र उपमहानगरमा दर्ता छन् ।
भैरहवामा संस्कृति रक्षाका लागि दौैड
नयाँ वर्षको अवसरमा भैरहवामा संस्कृति रक्षाका लागि दौड प्रतियोगिता गरिएको छ ।
थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु
गहुँ बालीमा लगाउँदै गरेको थ्रेसरमा बेरिएर कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नः १ बठनपुरमा गहुँ थ्रेसिङ गर्ने क्रममा सोही पालिका वडा नम्बर ४ गजेहडाकी ५० बर्षीया पार्वती नेपालीको मृत्यु भएको हो ।
प्युठानका मल्लरानी र सरुमारानीको बेरुजु शून्य
जिल्लाका दुई वटा पालिकाको बेरुजु शून्य भएको छ । मल्लरानी गाउँपालिका र सरुमारानी गाउँपालिकाको आर्थिक वर्ष २०७८-०७९ को बेरुजु शून्य आएको हो । महालेखा परीक्षकको ६० औँ प्रतिवेदन अनुसार देशभरमा प्युठानका दुई वटा पालिका मात्र शून्य बेरुजु हुने पालिकामा परेका छन् । दुवै पालिकाको आर्थिक वर्ष २०७६-०७७, २०७७-०७८ र २०७८-०७९ को बेरुजु शून्य रहेको छ ।
सीमानाकाका हेल्थडेस्क प्रभावकारी बनाइँदै
भारतबाट फर्कनेमा कोभिड सङ्क्रमण बढ्दै जान थालेपछि लुम्बिनी प्रदेशका सीमानाकाहरूमा कोभिड जाँचमा कडाइ गरिएको छ । रुपन्देही जिल्लाको बेलहिया, नेपालगञ्जको जमुना, कपिलवस्तुको कृष्णनगर, पश्चिम नवलपरासीको महेशपुर, दाङको कोइलाबास नाकामा रहेका हेल्थडेस्कलाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन थालिएको छ । यी नाकामा कोभिड सङ्क्रमण सुुरु हुनासाथ हेल्थडेस्क स्थापना गरेर सीमा वारि–पारि गर्नेहरूको स्वास्थ्य चाँज गर्न थालिएको छ ।
सरुवापत्र बुझ्न मानेनन् शिक्षकले
घोराही उपमहानगरपालिकाले शिक्षकहरूको सरुवा गरे पनि सरुवा भएका धेरैजसो शिक्षकहरूले सरुवाको पत्र बुझ्न मानेका छैनन् । घोराही उपमहानगरपालिकाले चैत ८ गते १०१ जना शिक्षकको सरुवा गरेको थियो । तर सरुवा गरिएका अधिकांश शिक्षकहरूले पत्र अझै बुझेका छैनन् । सरुवा भएका शिक्षकहरू पत्र बुझ्न नआएपछि हुलाकमार्फत पत्र पठाउने तयारी भएको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख विनोद गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार सरुवा भएका १५ जना शिक्षकले मात्र पत्र बुझेका छन् ।
बुद्धभूमिबाट देखिएको सूर्यास्त
बुद्धभूमि ५ राजपुरमा साँझ परेपछि साइकल लिएर घर फर्किदै गरेका बालक।
कार्य सम्पादनमा तिलोत्तमा नगरपालिका उत्कृष्ट
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको कार्यसम्पादन उत्कृष्ट ठहरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन प्रतिवेदनअनुसार नगरपालिका देशभरमा चौथो र लुम्बिनी प्रदेशमा प्रथम भएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो ।
सिद्धार्थ क्याम्पसलाई प्रदेशकै नमुना बनाउने प्रतिबद्धता
कपिलवस्तुको सिद्धार्थ क्याम्पसलाई लुम्बिनी प्रदेशको नमुनाको रुपमा विकास गरिने अध्यक्ष डम्मर शर्माले बताउनुभएको छ । क्याम्पसको १२ औँ सभाबाट अध्यक्ष चयन हुनुभएका शर्माले उच्च शिक्षा अध्ययन गर्न रुपन्देही पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नेगरी शिक्षाको गुणस्तरमा सुधार ल्याउने दाबी गर्नुभयो ।
पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल सुरु
सदरमुकाम खलङ्गाको शिर मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लरानी फुड फेस्टिबल खाना महोत्सव सुरु भएको छ । महोत्सवको प्रतिनिधि सभा सदस्य सूर्य थापाले आज उद्घाटन गर्नुभयो ।