गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन माग
उद्योगी व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित एवं पूर्ण रूपमा सञ्चालनमा ल्याउन माग गरेका छन्।
दुर्घटना न्यूनीकरण अभियानमा बाँकेको ट्राफिक प्रहरी सक्रिय
बाँकेको कोहलपुर र नेपालगञ्ज लगायतका राजमार्ग तथा मुख्य सडकमा दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडक सुधार अभियान सुरु गरेको छ ।
एसइई परीक्षार्थीको दुर्घटनामा मृत्यु
एसइई परीक्षा दिएर फर्किएका एक परीक्षार्थीको दुर्घटनामा ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका –४ गोठिबाङ वडा कार्यालय नजिकै भएको दुर्घटनामा बेलबास माध्यमिक विद्यालय तापामा अध्ययनरत प्रतीक घर्तीको ज्यान गएको प्रहरीले जनाएको छ ।
नदीजन्य पदार्थ उत्खनन् गर्ने ट्याक्टर नियन्त्रण
पूर्वी नवलपरासीको मध्यविन्दु–१५ मा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १२ र मध्यविन्दु–१३ मा एक ट्याक्टर सशस्त्र प्रहरी र मध्यविन्दु नगर प्रहरीको संयुक्त टोलिले नियन्त्रणमा लिएको छ ।
आगलागीमा परी गुल्मीमा एक वृद्धको मृत्यु
आगलागीमा परी गुल्मीमा एक जनाको मृत्यु भएको छ । बिहीबार राति घरमा आगलागी हुँदा मदाने गाउँपालिका वडा नम्बर–६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जिसीको मृत्यु भएको हो ।
हस्तान्तरण नहुँदै चुहियो लुम्बिनीको ध्यानकेन्द्र
परामर्शदाताले निर्माण सुरु गर्नभन्दा पहिला नै दिएको सुझावलाई बेवास्ता गर्दा बुद्ध जन्मस्थल लुम्बिनीमा करोडौँ रकम खर्चेर निर्माण गरिएको अन्तर्राष्ट्रिय सभाहल तथा ध्यान केन्द्र चुहिएको छ ।
आगलागीमा परी ८३ वर्षीय वृद्धको मृत्यु
गुल्मीको मदाने गाउँपालिका ६ देउरालीमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।
खोप लगाउन छुटेका बालबालिकाको खोजी
नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।
मुक्त कमलरी आत्मनिर्भर बन्दै
मुक्त कमलरी आत्मनिर्भर र स्वावलम्बनमा जोडिन थालेका छन्। पछिल्ला दिनमा मुक्त कमलरीले विभिन्न पेसा, व्यवसाय गर्न थालेका छन्। आफू आत्मनिर्भर बन्नेक्रममा धेरैजसो मुक्त कमलरी परम्परागत पेसा, व्यवसायभन्दा फरकखालका काम पनि गर्न थालेका छन्। तीमध्येकी आत्मनिर्भरताको बाटोमा हिँड्न थाल्नुभएकी घोराही उपमहानगरपालिका–८ बेलुवाकी मुक्त कमलरी अनिता चौधरी हुनुहुन्छ। उहाँ विगत केही वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ।
दिदीबहिनी मृत्युको अनुसन्धान सुरु
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३, रन्मामा दुई दिदीबहिनी बिहीबार मृत अवस्थामा फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । हेलिकोप्टरमार्फत बिहीबार दिउँसो नेपालगञ्जबाट तालिमप्राप्त कुकुर घटनास्थलमा पु-याएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जानकारी दिएको छ । सडक सञ्जाल र फोन सेवाको पहुँचमा नभएको रन्मा गाउँमा घटना अनुसन्धान र सम्पर्क गर्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।
आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा गुप्ता दह
वारि हिमाल, पारि हिमाल । सिस्नेसँगै टल्किएको द्धवारी हिमाल । हिमालै–हिमालको बीचमा साना–ठूला पहाडका थुम्का । अनि तिनै थुम्काको बीचमा टिलपिलाइरहेका दह, सानो गुप्ता र ठूलो गुप्ता । तिनै दुई गुप्तामा मुस्कुराउँदै फुलेको सिस्ने हिमाल । मनै लोभ्याउने सुन्दर दृश्य ।
विश्व हिन्दु महासङ्घको अध्यक्षमा पुनः अधिकारी
विश्व हिन्दु महासङ्घ नेपालको अध्यक्षमा पुनः डा. रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । महासङ्घको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
मुद्रा सटहीका लागि राष्ट्र बैंक र विकास कोषबीच सम्झौता
लुम्बिनीमा दान वापत संकलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायम मुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सटही हुन नसकेका विभिन्न २० वटा देशका विदेशी मुद्रा सटही गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
लघुवित्तको विरोधमा पीडितको अनसन
बचत गर्ने र बिनाधितो ऋण दिने भन्दै चर्को व्याज लिएर आर्थिक शोषण गरेको भन्दै लघुवित्त वित्तीय संस्थाविरुद्ध पाल्पामा ऋणीले अनसन थालेका छन् ।
बाँकेमा सोलारबाट १० मेगावाट विद्युत उत्पादन गरेर परीक्षण सुरु
गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर ईनर्जी लिमिटेडले बाँके जिल्लामा निर्माण गरेको सोलार परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन गरेको छ ।
सर्प उद्धारकर्ता सारु कान्छाको दैनिकी फेरिँदै
तराईमा गर्मी सुरु हुँदै गर्दा सर्प उद्धारकर्ता सारु कान्छाको दैनिकी पनि फेरिँदै गएको छ ।
रुकुमपूर्वमा दुई दिदी–बहिनी मृत फेला
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदी–बहिनी मृत फेला परेका छन् । बिहीबार बिहान पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मा गाउँका एकै घरका दुई दिदी–बहिनी मृत फेला परेका हुन् ।
पोखरामा ‘बहाव’ को रेडकार्पेट सो
पोखरामा बिहीबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर सो हुने भएको छ। सभागृहस्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर सो हुन लागेको हो।
अन्तर्राष्ट्रिय पिस म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम
लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय शान्ति म्याराथनमा नेपाली सेनाका खगेन्द्रबहादुर भाट प्रथम हुनुभएको छ।
लुम्बिनी पिस म्याराथन : दीपक अधिकारी र राजपुरा पछाईलाई उपाधि
शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा भएको लुम्बिनी पिस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाईले प्रथम स्थान हासिल गर्नुभएको छ।
मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता
लुम्बिनीमा दानबापत सङ्कलित विदेशी मुद्रा सटहीका लागि नेपाल राष्ट्र बैङ्क र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ ।
लुम्बिनीमा म्याराथनको रौनक
शान्ति र समृद्धिका लागि खेलकुद भन्ने मूल नारासहित बुद्ध जन्मस्थलमा लुम्बिनी ‘पिस हाफ म्याराथन’ प्रतियोगिता आयोजना गरिएको छ।
लुम्बिनीमा महिला तथा पुरुष हाफ म्याराथन
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद’ नाराका साथ ‘लुम्बिनी पीस हाफ् म्याराथन प्रतियोगिता’ सुरु भएको छ ।
एचआईभी सङ्क्रमितबाट जन्मिएको शिशु सङ्क्रमणमुक्त
नेपालगञ्जस्थित भेरी अस्पतालको एआरटी सेन्टरमा नियमित औषधि सेवन गर्दै आएका एचआईभी सङ्क्रमित महिलाबाट जन्मिएका पाँच जना शिशु सङ्क्रमणमुक्त रहेको पाइएको छ। पछिल्लो डेढ वर्षयता सङ्क्रमितबाट जन्मेका १८ महिनाभन्दा कम उमेरका पाँच जना शिशु पूर्ण स्वस्थ र सङ्क्रमणमुक्त रहेको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले बताउनुभयो। उहाँका अनुसार अस्पतालबाट नियमित औषधि सेवन गर्दै आएकामध्ये पाँच जना आमाबाट जन्मिएका १८ महिनामुनिका शिशु एचआईभी सङ्क्रमणमुक्त रहेका छन्।