कपिल ज्ञवाली
सिद्धार्थनगर, चैत २३ गते । विश्व हिन्दु महासङ्घ नेपालको अध्यक्षमा पुनः डा. रामचन्द्र अधिकारी निर्वाचित हुनुभएको छ । महासङ्घको बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको सह अध्यक्षमा शङ्कर खराल निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा यज्ञप्रसाद ओली (कोशी), ज्योत्सना साउद (मधेश), दिनेशकुमार सिजापति (उपत्यका), प्रवीण घिमिरे (बागमती), पार्वता पौडेल, मुक्तिराम अधिकारी (गण्डकी), वेनबहादुर पौडेल क्षेत्री (लुम्बिनी), ऋषिकेशजंग शाह (कर्णाली) र राजप्रसाद जोशी (सुदूरपश्चिम) निर्वाचित हुनुभएको छ ।
त्यस्तै, महासचिवमा रामचन्द्र तिवारी निर्वाचित हुनुभएको छ । सहकोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ र सीता घिमिरे, सचिवमा पुनाराम पोखरेल, प्रेमप्रकाश खड्का, नेत्रनाथ पौडेल र राधा गिरी पण्डित सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक महेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो । त्यस्तै महाधिवेशनबाट कार्यसमिति सदस्य पदमा ६६ जना निर्वाचित हुनुभएको छ ।