• २ जेठ २०८१, बुधबार

आगलागीमा परी गुल्मीमा एक वृद्धको मृत्यु

blog

मदाने गाउँपालिका वडा नम्बर–६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जिसीको घरमा लागेको आगो । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा
गुल्मी, चैत २४ गते । 
आगलागीमा परी गुल्मीमा एक जनाको मृत्यु भएको छ । बिहीबार राति घरमा आगलागी हुँदा मदाने गाउँपालिका वडा नम्बर–६ देउराली निवासी ८३ वर्षका ज्ञानबहादुर जिसीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बिहीबार राति करिब १० बजे एक्कासि घरमा आगलागी हुँदा जिसिको मृत्यु भएको जानकारी दिनुभयो ।

आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । घरमा लागेको आगो नियन्त्रणका लागि प्रहरी निरीक्षकसहितको १४ जनाको टोली घटना स्थल गएको थियो । मृतक जिसी घरमा एक्लै बस्दै आउनुभएको थियो ।

मृतक जिसीका दुई छोरा रोजगारीको सिलसिलामा विदेशमा हुनुहुन्छ । मृतकको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइएको छ । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।